समाचार

आज साउने सङ्क्रान्ति: परम्परा, प्रकृति र संस्कृतिको संगम

नेपाली समाजमा धार्मिक, सांस्कृतिक तथा प्राकृतिक महत्त्व बोकेको साउने सङ्क्रान्ति आज देशभर विभिन्न परम्पराअनुसार मनाइँदै छ। सौरमासअनुसार साउन महिनाको पहिलो दिनलाई साउने वा कर्कट सङ्क्रान्ति भनिन्छ। यस दिनदेखि सूर्य कर्कट राशिमा प्रवेश गर्ने र दक्षिणायन सुरु हुने धार्मिक मान्यता रहेको छ। साउने सङ्क्रान्तिसँगै नेपाली समाजमा साउन महिनाभर मनाइने धार्मिक तथा सांस्कृतिक गतिविधिको सुरुआत हुन्छ। विशेषगरी शिवभक्तहरूले सोमबार व्रत बस्ने, शिवालयमा पूजा गर्ने, महिलाहरूले हरिया चुरा, पोते र मेहेन्दी लगाउने परम्परा यसै महिनादेखि सुरु हुन्छ। कृषिप्रधान नेपालमा असारभर धान रोपाइँमा व्यस्त… पुरा पढौ

राष्ट्रिय झण्डाका परिकल्पनाकार श्री ३ कुश्माखर उपाध्याय घिमिरेको पूर्णकदको शालिक स्थापना

नेपालको राष्ट्रिय झण्डाका परिकल्पनाकार तथा लमजुङको इतिहासमा विशिष्ट योगदान पु¥याएका राष्ट्रिय व्यक्तित्व श्री ३ कुश्माखर उपाध्याय घिमिरेको पूर्णकदको शालिक स्थापना गरिएको छ । लमजुङको बेसीशहर नगरपालिका–३ रानीकुवामा शुक्रबार विधीपूर्वक पुजाआजा गरी स्थापना गरिएको होे । श्री ३ कुश्माखर उपाध्याय घिमिरे राष्ट्रिय प्रतिष्ठान, लमजुङको पहलमा निर्माण गरिएको शालिक साउन १ गते स्थापना गरिएको हो। शालिक निर्माण तथा स्थापनाका लागि गण्डकी प्रदेश सरकारबाट १५ लाख रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको प्रतिष्ठानले जनाएको छ।कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष श्रीकान्त घिमिरेले शालिक स्थापना गर्नुको उद्देश्य इतिहासमा… पुरा पढौ

सुनको लोभमा मिल्ने साथीको हत्या, मुख्य अभियुक्त पक्राउ, बिलबिनाको सुन किन्ने व्यवसायी पनि नियन्त्रणमा

लमजुङको बेसीशहर नगरपालिका– १ स्थित आकाशेडाँडामाथिको भिरपानी सामुदायिक वनमा मृत फेला परेका ५७ वर्षीय बुद्धिबहादुर बोहोराको हत्या गरी सुनका गहना लुट्ने घटनाका मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय लमजुङले बुधबार पत्रकार भेटघाट कार्यक्रम आयोजना गरी घटनाबारे जानकारी दिएको हो। कार्यक्रममा प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले अनुसन्धानका क्रममा बोहोराको हत्या सुनका गहना लुट्ने उद्देश्यले गरिएको खुलासा भएको जानकारी दिनुभयो। प्रहरीका अनुसार बेसीशहर ८ दनाईफाँटमा बसोबास गर्दै आएका बुद्धिबहादुर बोहरा गत असार २२ गते हराएका थिए भने… पुरा पढौ

“भानु! फर्केर आऊ, शब्दहरू विलीन हुँदैछन्”

आदरणीय निर्णायकज्यूहरू... आज म कविता लिएर आएको होइन। म एउटा देशको हराउँदै गएको आवाज बोकेर आएको छु। म एउटा आमाको आँखाभरि जमेको प्रतीक्षा बोकेर आएको छु। म एउटा युवाको अधुरो सपना बोकेर आएको छु। र... म एउटा प्रश्न बोकेर आएको छु— भानु! तिमीले लेखेको नेपाल कहाँ हरायो? भानु! फर्केर आऊ। तिम्रो रामायण अझै पुस्तकका पानामा सुरक्षित छ। तर... रामको सत्य मानिसको व्यवहारबाट विलीन हुँदैछ। भरतको त्याग सुविधाको भीडमा हराउँदैछ। हनुमानको निष्ठा लोभको बजारमा बेचिँदैछ। र... सीताको धैर्य हरेक आमाको आँखाबाट… पुरा पढौ

भानु जयन्तीका अवसरमा लक्ष्मीनारायण पुस्तकालयमा कवितावाचन प्रतियोगिता

लमजुङको बेसीशहरस्थित श्री लक्ष्मीनारायण सामुदायिक पुस्तकालयले २१५औँ भानु जयन्तीका अवसरमा खुला कवितावाचन प्रतियोगिता तथा प्रवचन गोष्ठी आयोजना गरेको छ। महिलाहरुका विचमा मात्रै आयोजना गरिएको खुला कवितावाचन प्रतियोगितामा अमृता घिमिरे प्रथम, कमला केसी द्वितीय, कमला दनाई तृतीय तथा सृजना बराल सान्त्वना हुनुभएको थियो। विजेताहरूलाई प्रमाणपत्रसहित पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा वक्ताहरूले आदिकवि भानुभक्त आचार्यको व्यक्तित्व र कृतित्वका साथै नेपाली भाषा, साहित्य तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनमा उहाँले पुर्‍याउनुभएको योगदानबारे चर्चा गर्नुभएको थियो। यस्ता साहित्यिक कार्यक्रमले नयाँ पुस्तामा साहित्यप्रतिको रुचि… पुरा पढौ

भानु जयन्तीमा बेसीसहरमा प्रभातफेरी र कविता वाचन

आदिकवि भानुभक्त आचार्यको २ सय १३औँ जन्मजयन्तीका अवसरमा लिस्नो साहित्यिक मञ्च नेपाल, बेसीसहर लमजुङले प्रभातफेरी तथा कविता वाचन कार्यक्रम आयोजना गरेको छ। बेसीसहरको मनाङे चौताराबाट सुरु भएको प्रभातफेरी विभिन्न स्थानको परिक्रमा गर्दै जिल्ला समन्वय समिति लमजुङको सभाहलमा पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो। लिस्नो साहित्यिक मञ्चका अध्यक्ष कमला दनाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति लमजुङका प्रमुख पुर्णबहादुर गुरुङ प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनाल, प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेत, सशस्त्र प्रहरी निरीक्षक झपेन्द्र… पुरा पढौ

फुलबारी दिदीबहिनी समूहको अध्यक्षमा खातुन मियाँ चयन

लमजुङको बेँसीसहर नगरपालिका–८, नारायणस्थानस्थित फुलबारी दिदीबहिनी समूहको प्रथम साधारणसभा तथा प्रथम अधिवेसन सम्पन्न भएको छ। समूहले शनिबार गोरखाको बारपाकमा साधारणसभा आयोजना गरेको हो। अधिवेसनले खातुन मियाँको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। नवगठित कार्यसमितिको प्रथम उपाध्यक्षमा घना धनाई, द्वितीय उपाध्यक्षमा सोबिता बोहोरा, सचिवमा दुर्गा खनिया, सहसचिवमा बालकुमारी बोहरा, कोषाध्यक्षमा सायरा मिया तथा सहकोषाध्यक्षमा शान्ता श्रेष्ठ चयन हुनुभएको छ। त्यसैगरी सदस्यहरूमा बुद्धिका थापा, सीता थापा, दुर्गा थापा, नरमाया श्रेष्ठ, विमला श्रेष्ठ, विष्णु श्रेष्ठ, सरस्वती श्रेष्ठ, शान्ता बानियाँ, अमृता खत्री, सुनिता बस्नेत… पुरा पढौ

अन्तर्राष्ट्रिय साहित्यिक कार्यक्रममा लक्ष्मीप्रसाद मिश्र दोहोरो सम्मानित

लमजुङको सुन्दरबजार नगरपालिका–७, पाउदी निवासी साहित्यकार लक्ष्मीप्रसाद मिश्र अन्तर्राष्ट्रिय साहित्यिक कार्यक्रममा दोहोरो सम्मानबाट सम्मानित हुनुभएको छ। चारु साहित्य प्रतिष्ठान, लुम्बिनी प्रदेशको आयोजनामा दाङको लमहीमा असार २६ र २७ गते सम्पन्न नेपाल–भारत अन्तर्राष्ट्रिय चारु महोत्सव, प्रतिष्ठानको आठौँ वार्षिकोत्सव तथा २१३ औँ भानु जयन्तीको अवसरमा आयोजित कार्यक्रममा मिश्र सम्मानित हुनुभएको हो। चारु साहित्य प्रतिष्ठान लुम्बिनी प्रदेशका अध्यक्ष तेजप्रसाद खनालको अध्यक्षता तथा लमही नगरपालिकाकी उपप्रमुख लक्ष्मी योगीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल र भारतका साहित्यकारहरूको सहभागिता रहेको थियो। कार्यक्रममा नेपाल–भारतका सात वटा चारु… पुरा पढौ

दोर्दी गाउँपालिकाद्वारा अनुदानमा कृषकलाई कृषि उपकरण वितरण

लमजुङको दोर्दी गाउँपालिकाले कृषि यान्त्रीकरण तथा नगदेबालीमा प्रविधि हस्तान्तरण कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदानमा कृषकलाई विभिन्न कृषि उपकरण वितरण गरेको छ। गाउँपालिकाका अनुसार कार्यक्रममार्फत ६१ वटा मिनी टिलर, ४ वटा कफी पल्पर मेसिन, ५ वटा ग्रास कटर मेसिन, १७ वटा मकै छोडाउने मेसिन तथा ३ वटा इलेक्ट्रिक ड्रायर कृषकलाई हस्तान्तरण गरिएको हो। उपकरण वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष युवराज अधिकारी ले आधुनिक कृषि प्रविधिको प्रयोगले उत्पादन लागत घटाउने, उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने र कृषिलाई व्यवसायमुखी बनाउन महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो। उहाँले… पुरा पढौ

जन्मोत्सवमा ‘आमा’ पुस्तक विमोचन

पूर्व राष्ट्रसेवक तथा नागरिक संघ नेपालका केन्द्रीय अध्यक्ष चेतबहादुर रावल ‘प्रविन’ को जन्मोत्सवको अवसरमा उहाँद्वारा लिखित ‘आमा’ पुस्तकको विशेष समारोहका बीच विमोचन गरिएको छ। पोखरामा भएको पुस्तकको विमोचन कार्यक्रममा संघका केन्द्रीय सल्लाहकार संयोजक सोमलाल कँडेल र तुलसी कँडेल ले संयुक्त रूपमा गर्नुभएको थियो। उहाँहरूले पुस्तकले मातृत्व, पारिवारिक मूल्य र समाजप्रतिको उत्तरदायित्वलाई जीवन्त रूपमा प्रस्तुत गरेको उल्लेख गर्दै लेखक रावललाई बधाई तथा सफलताको शुभकामना व्यक्त गर्नुभयो। सोही अवसरमा संघका संरक्षक शिवप्रसाद न्यौपाने, वरिष्ठ उपाध्यक्ष गंगा हमालपुरी, प्रथम उपाध्यक्ष रामचन्द्र पराजुली, द्वितीय… पुरा पढौ