समाचार

सरकारी तालिकाभन्दा अगावै लमजुङमा पठनपाठन सुरु, स्थानीय निर्णयमै कक्षा सञ्चालन

सरकारले तोकेको शैक्षिक कार्यतालिकाभन्दा अगावै लमजुङमा विद्यालयहरूमा पठनपाठन सुरु गरिएको छ। नयाँ शैक्षिक सत्र वैशाख १५ गतेदेखि सुरु गर्ने र वैशाख २१ गतेबाट नियमित कक्षा सञ्चालन गर्ने संघीय सरकारको निर्णय रहे पनि जिल्लामा वैशाख १० गतेदेखि नै कक्षाहरू सञ्चालनमा ल्याइएको हो। स्थानीय तहको समन्वयमा नगरपालिका तथा गाउँपालिकाका प्रतिनिधि र विद्यालयका प्रधानाध्यापकहरूको बैठकले वैशाख १० गतेदेखि नै पठनपाठन सुरु गर्ने निर्णय गरेको स्रोतले जनाएको छ। सोही निर्णयका आधारमा जिल्लाका अधिकांश निजी तथा सामुदायिक विद्यालयहरूले कक्षा सञ्चालनमा ल्याएका हुन्। शिक्षा मन्त्रालयले देशभर… पुरा पढौ

सरकारी विज्ञापनमा विभेद भएको भन्दै पत्रकारले पठाए प्रधानमन्त्रीलाई ज्ञापनपत्र

नेपाल पत्रकार महासंघ, लमजुङ शाखाले सरकारी विज्ञापन वितरणमा विभेद गरिएको भन्दै प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र पेश गरेको छ। प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनाल मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाइएको हो । विहिबार जिल्ला प्रशासन कार्यालयमा पुगेर बुझाइएको ज्ञापनपत्रमा हालै जारी गरिएको सरकारी निर्णय तथा परिपत्र तत्काल खारेज गर्न माग गरिएको छ। ज्ञापन पत्र बुझाउनको लागि नेपाल पत्रकार महासंघ लमजुङ शाखाका अध्यक्ष सन्देश पौडेल, केन्द्रिय सदस्य कृष्ण केसी लगायत पुुर्व अध्यक्ष तथा पत्रकाहरुको उपस्थिती रहेको थियो । महासंघले सरकारी विज्ञापनलाई सरकारी सञ्चारमाध्यममा मात्र सीमित गर्ने… पुरा पढौ

अस्पतालद्वारा नसर्ने रोगहरुको निःशुल्क स्वास्थ्य परीक्षण सुरु

लमजुङको सुन्दरबजार - ६ मा रहेको एच.डि.सि.एस. नमुना सामुदायिक अस्पतालले नसर्ने रोगसम्बन्धी निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सुरु गरेको छ। अस्पतालले मुटु, मधुमेह (सुगर), उच्च रक्तचाप (प्रेसर), मिर्गौला, कोलेस्ट्रोल, आँखा, मानसिक स्वास्थ्य तथा युरिनसम्बन्धी विभिन्न रोगहरूको निःशुल्क परीक्षण सुरु गरेको जनाएको छ। निशुल्क परीक्षणका क्रममा समस्या देखिएका विरामीहरुलाई अस्पतालमा दिइने सेवा समेत निशुल्क गरिने निर्देशक श्रेष्ठले बताउनुभयो । अस्पतालका अनुसार प्रत्येक महिनाको ५ गते उक्त परीक्षण कार्यक्रम सञ्चालन हुने गरेको छ। फागुन महिनाबाट सुरु गरिएको कार्यक्रममा पहिलो महिनामा १ सय ५… पुरा पढौ

प्रहरीको तीन महिनाको प्रगती विवरण सार्वजनिक, बैंकिङ कसूर र आत्महत्या बढ्दा प्रहरी सक्रिय

जिल्ला प्रहरी कार्यालय लमजुङले चालु आर्थिक वर्ष २०८२\८३ को तेस्रो त्रैमासिक (माघ–चैत) को प्रगति विवरण सार्वजनिक गरेको छ। प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतका अनुसार यस अवधिमा शान्ति सुरक्षा र अपराध नियन्त्रणमा मिश्रित नतिजा देखिएको छ। तीन महिनामा जिल्लाभर ६० वटा मुद्दा दर्ता भएका छन्। दर्ता भएका मुद्दामध्ये जम्मा प्रतिवादी ४० वटा छन् भने जसमध्ये पक्राउ परेका २१ जना र बाँकी १९ जना फरार छन् । तीमध्ये १४ वटा बैंकिङ कसूरका मुद्दा परेका छन् भने १३ जनाले आत्महत्या गरेको दुःखद… पुरा पढौ

कानुनी स्पष्टता बिना शेयर बिक्री ? मर्स्याङ्दी बचाउ अभियानको विरोधबीच दिव्य ज्योतिको कदम

लमजुङको सदरमुकाम बेसीशहर भएर बग्ने मर्स्याङ्दी नदी क्षेत्रको संरक्षणको माग गर्दै सक्रिय “मर्स्याङ्दी बचाउ अभियान” ले विरोध जनाइरहेका बेला दिव्य ज्योति हाइड्र पावर लिमिटेडले संस्थापक शेयर बिक्री प्रक्रिया अघि बढाएको छ। बेसीसहर नगरपालिका–८ का स्थानीय तथा अभियानमा आबद्ध सुरेश कुमार प्रधानले सूचना अधिकार ऐन, २०६४ अनुसार कम्पनीसँग विस्तृत जानकारी माग गरेका छन्। उनले कम्पनीको कानुनी हैसियत, शेयर जारी गर्ने अनुमति, बोर्डको निर्णय, शेयर वितरण दर तथा मूल्य निर्धारणको आधारबारे स्पष्ट जानकारी माग गरेका हुन्। प्रधानले विशेषगरी आयोजनासम्बन्धी कानुनी र प्राविधिक… पुरा पढौ

आज माता तिर्थ औँसी : आमाप्रति श्रद्धा र सम्मान व्यक्त गर्दै

आज देशभर “माता तिर्थ औँसी” (आमाको मुख हेर्ने दिन) श्रद्धा र सम्मानका साथ मनाइएको छ। प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन मनाइने यस पर्वमा जीवित आमालाई मिठाइ तथा उपहार दिएर सम्मान गर्ने र दिवंगत आमाको सम्झनामा तीर्थस्थलमा पूजा–आराधना गर्ने परम्परा रहेको छ। विशेषगरी काठमाडौँको माता तिर्थ, गोकर्ण, देवघाट लगायतका धार्मिक स्थलहरूमा बिहानैदेखि श्रद्धालुहरूको भीड लागेको देखिएको थियो। आमा नभएकाहरूले माता तिर्थ कुण्डमा स्नान गरी आमाको आत्माको शान्तिको कामना गर्दै तर्पण अर्पण गरेका छन्। यस दिन आमाले सन्तानलाई आशीर्वाद दिने तथा… पुरा पढौ

प्रदेश अस्पताल लमजुङद्वारा अन्तरक्रिया तथा कार्यशाला गोष्ठी आयोजना

प्रदेश अस्पताल लमजुङले आफूले प्रवाह गरिरहेको स्वास्थ्य सेवाबारे जानकारी आदान–प्रदान गर्ने उद्देश्यले स्थानीय तह तथा सरोकारवालाहरूसँग अन्तरक्रिया तथा समन्वयात्मक कार्यशाला गोष्ठी आयोजना गरेको छ। अस्पताल व्यवस्थापन समितिका अध्यक्ष विजय गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति लमजुङका अध्यक्ष पुरनबहादुर गुरुङ प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. शिशिर देवकोटा, सर्जन डा. विवेक पौडेल तथा डा. अमृत अधिकारीले अस्पतालले प्रदान गरिरहेका सेवा तथा हालसम्म सम्पन्न गरेका कार्यहरूको बारेमा विस्तृत जानकारी गराउनुभएको थियो। बेसीशहरस्थित प्रदेश अस्पताल लमजुङ ५० शय्याको… पुरा पढौ

गण्डकी प्रदेशमा मन्त्रीमण्डल पुनर्गठन

गण्डकी प्रदेश सरकारले मन्त्रीमण्डल पुनर्गठन गर्दै नयाँ मन्त्रीहरूलाई जिम्मेवारी सुम्पिएको छ। मुख्यमन्त्री सुरेन्द्र पाण्डेले पुराना सबै मन्त्रीलाई बिदा दिँदै नयाँ टिम गठन गरेका हुन्। सत्ता साझेदारीमा रहेका नेपाली कांग्रेस र नेकपा एमालेबीच सुरुमा आलोपालो नेतृत्वको सहमति भए पनि अहिलेको अवस्थाले कांग्रेसले नै सरकारको नेतृत्व निरन्तर गर्ने संकेत दिएको छ। नयाँ मन्त्रीमण्डलमा दुवै दलबाट समान चार–चार जना मन्त्री समावेश छन्। कांग्रेसतर्फ जीत शेरचन अर्थ, नन्दप्रसाद न्यौपाने ऊर्जा, जलस्रोत तथा खानेपानी, रेखा गुरुङ सामाजिक विकास, युवा तथा खेलकुद तथा नम्डु गुरुङ वन… पुरा पढौ

आज देखि नयाँ वर्ष सुरु, हर्षोल्लासका साथ मनाइँदै

आजदेखि विसं २०८३ प्रारम्भ भएको छ । आज वैशाख १ गते वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । नयाँ वर्षलाई उत्साह, नयाँ उमङ्ग र नयाँ सुरुआतका रूपमा पनि लिने गरिन्छ । संसारभर नयाँ वर्षलाई विशेष पर्वका रूपमा मनाउने प्रचलन रहेका छन् । त्यसैमध्येको नेपालमा वैशाख १ गतेलाई नयाँ वर्षका रूपमा मानाइँदै आइएको छ । सबैभन्दा पूरानो संवत्का रूपमा विक्रम संवत् स्थापित छ । सोही संवत्को आज पहिलो दिन हो । आज सूर्यले मीन राशिको भोग… पुरा पढौ

राइनासकोटमा लालिगुँरास ढकमक्क, पर्यटकको भीडले होमस्टे भरिभराउ

लमजुङ जिल्लाको राइनास नगरपालिका–९ स्थित राइनासकोट यतिबेला लालिगुँरासले राताम्य बनेको छ। वसन्त ऋतु सुरु भएसँगै डाँडाकाँडामा ढकमक्क फुलेका गुराँस हेर्न जिल्ला भित्र तथा बाहिरबाट दैनिक हजारौं पर्यटकहरू आउने गरेका छन्। यहाँको मनमोहक दृश्य, हिमालको दृश्यावलोकन र गुरुङ संस्कृतिको अनुभव लिन आउने पर्यटकको संख्या पछिल्ला दिनमा उल्लेख्य रूपमा बढेको स्थानीयवासी बताउँछन्। सामाजिक सञ्जालमा तस्बिर तथा भिडियो भाइरल भएपछि अझ बढी पर्यटक आकर्षित भएका हुन्। राइनासकोटमा भूकम्पपछिको पुनर्निर्माणसँगै सामुदायिक होमस्टे सञ्चालनमा आएको हो। यहाँको होमस्टे औपचारिक रूपमा सन् २०१७ डिसेम्बर ८ (२०७४… पुरा पढौ