समाचार

मर्स्याङ्दीमा दशैं लक्षित हाटबजार सञ्चालन

लमजुङको मर्स्याङ्दी गाउँपालिकामा नजिकिदै गरेको नेपालीहरुको महान् पर्व वडा दशैंलाई लक्षित हाटबजार सञ्चालन गरिएको छ। कृषि तथा पशु हाटबजार सञ्चालन समितिले मस्र्याङ्दी गाउँपालिका ३ खुदीस्थित कृषि तथा पशु सेवा केन्द्र परिसरमा हाटबजार सञ्चालन गरेको छ । असोजको १० गते शुक्रबारदेखि सुरु हाटबजार १२ गते सम्म सञ्चालनमा आउने छ । हाटबजारमा किसानले उत्पादन गरेका तरकारी फलफुल, माछा, मासु तथा दशैंका लागि भनेर भेडाबाख्रा समेत बिक्रिका लागि ल्याएका छन् । बजार मुल्य भन्दा केही सस्तो हुने र गाउँठाउँमा उत्पादन भएको अर्गानिक तरकारी… पुरा पढौ

कमला घिमिरेको दशैं आयो

नेपालीहरुको महान् पर्व वडा दशैं निजिकिदै गर्दा शिक्षा क्षेत्रमा सक्रिय लमजुङ घर भई काठमाडौ निवासी कमला घिमिरे अधिकारीद्धारा रचना गरिएको दशैं आयो बालगीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । बालबालिकालाई लक्षित गरी रचना गरिएको बालगित दशैं आयो गीतको म्युजिक भिडियो निर्माण गरिएको हो । बालबालिकालाई गीतको माध्यमबाटै नवदुर्गा भगवतीको पुजा गरिने, दशैंमा रमाईलो गर्ने, मिठो मसिनो कुरा खाएर, नयाँ लुगा लगाउने, पिङ खेल्नुका साथै ठूलाबढाको हातको टिका र जमरा लगाएर आर्शिबाद लिने लगायतका कुराहरु समेटिएको रचनाकार घिमिरेले बताउनुभयो । हालसम्म… पुरा पढौ

वडा दशैं सुरु, आज घटस्थापना

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने हिन्दुहरूको महान् पर्व बडा दसैँ आजदेखि प्रारम्भ भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाउने गरिन्छ । बडा दसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दसैँ घरमा वैदिक विधि पूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत… पुरा पढौ

त्रिवेणी क्लवको अध्यक्षमा टेकजङ गुरुङ

लमजुङ जिल्लाकै प्रतिष्ठित क्लब त्रिवेणी युवा क्लबको १३ औ अधिवेशनबाट अध्यक्ष टेकजङ गुरुङ निर्विरोध निर्वाचित हुनुभएको छ । शनिबार सदरमुकाम बेसीशहरमा भएको क्लवको १३ औँ अधिवेशनले गुरुङलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।त्यस्तैगरी क्लवको उपाध्यक्ष्मा खुसीजङ गुरुङ र इन्द्रसुब्बा राना, कोषाध्यक्षमा केश बहादुर राना रहनुभएको छ । त्यस्तैगरीक सदस्यहरुा विकास अधिकारी, अच्युत पौडेल, गणेश गुरुङलाई निर्विरोध निर्वाचित गरिएको छ भने बाँकी सदस्यहरु बैठकबाट चयन गरिने क्लवका अध्यक्ष राजकुमार घिमिरेले बताउनुभयो । त्रिवेणी युवाक्लबले जिल्लाकै सर्वाधिक पुरस्कार राशिको त्रिवेणी कप फुटबल… पुरा पढौ

एसईईमा जिल्ला उत्कृष्ट हुने ५ जना पुरस्कृत

शिक्षा दिवशको अवसरमा लमजुङ जिल्लाबाट २०८२ को माध्यमिक परीक्षामा एसईई उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरु र विद्यालयलाई पुरस्कृत गरी सम्मान गरिएको छ । जिल्लाभरमा ४ जिपिए ल्याएर प्रथम हुने २ जना कुशुमाकर मा.वि, रामबजारका सदिक्षा अधिकारी र फ्युचर स्टार मा.वि भोटेओडारका सौजन्य अधिकारीलाई रु ७⁄७ हजारका साथमा प्रमाणपत्र दिएर सम्मान गरिएको छ । त्यस्तैगरी ३.९७ जिपिए ल्याएर द्धितीय हुने इशानेश्वर मा.वि भोर्लेटारका सचिन वि.कलाई ५ हजार, ३.९६ जिपिए ल्याएर तृतीय हुने जनकल्याण मावि उदीपुरका अनुपा जोशी र युनिर्भसल एकेडेमीका प्राप्ती सुयँललाई… पुरा पढौ

आज विश्वकर्मा पूजा

आज विश्वकर्मा पूजा र वास्तु दिवस । स्वर्ग लोक, मत्र्यलोक (मध्य लोक) र पाताल लोक, गरी तीन लोकको निर्माण गरेका भगवान् विश्वकर्मा पूजा वर्षाको अन्त्य र शरद ऋतु प्रारम्भ हुने बेलामा मनाउने गरिन्छ। ज्योतिष शास्त्र अनुसार असोज १ गते को दिन मनाउने गरिएको विश्वकर्मा पूजाको दिन सूर्यदेव कन्या राशिमा प्रवेश गर्छन्। विश्वकर्मा पूजा महोत्सव आज कन्या संक्रान्ति, लगायत कार्तिक शुक्ल प्रतिपदा (गोवर्धन पूजा) को दिन पनि मनाउने चलन रहेको पाइन्छ। नेपालमा दसैँको उपलक्षमा महानवमी अर्थात् कालरात्रिको दिन गुप्त पूजा गरी… पुरा पढौ

आज देशभर शोक बिदा

सरकारले जेनजी युवाको प्रदर्शनको क्रममा ज्यान गुमाएकाहरुको सम्मानमा आज देशभर शोक बिदा दिएको छ ।भदौ २३ र २४ जेनजी आन्दोलनमा मृत्यु भएकाहरुको सम्मानमा यही भदौ ३० गतेको अन्तरिम सरकार मन्त्रिपरिषद बैठकले असोज १ गते राष्ट्रिय शोक मनाउन सार्वजनिक बिदा दिने घोषणा गरेको थियो । सो निर्णय अनुसार आज नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा छ । यसैगरी राष्ट्रिय झण्डा आधा झुकाइने छ । मृत्यु भएकाहरुको मंगलबार शवयात्रासहित पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको थियो ।… पुरा पढौ

विद्यालयमा क्यान्सरबारे सचेतना कार्यक्रम

नेपालमा अर्बुद रोग निवारण संस्थाको ४३ औं स्थापना दिवसको अवसरमा क्यान्सर रोगबारे सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । संस्थाको जिल्ला शाखा लमजुङको आयोजनामा बेसीशहर नगरपालिका वडा नं ३ मा रहेको यशोब्रह्ममा माध्यमिक विद्यालयमाम सचेतना कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले कार्यक्रमको उदघाटन गर्दै क्यान्सर प्राणघातक रोग भएकाले यो लाग्न नदिनु नै बेस हो र त्यसका लागि हामी सबैले प्रयास गरौं, समयमा स्वास्थ्य जाँच गरौं भन्नुभयो ।सचेतनाका लागि यो कार्यक्रमको आयोजक जस्ता संस्थाले प्रयास… पुरा पढौ

यशोब्रह्म माविका विद्यार्थीहरुलाई विद्यालय पोषाक वितरण

लमजुङको बेसीशहर नगरपालिका वडा नं ३ मा यशोब्रह्म माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई विद्यालयको पोषाक वितरण गरिएको छ । बेसीशहर २ निवासी सुुनिल कडेँलले १० जना विद्यार्थीहरुलाई निशुल्क विद्यालय पोषाक वितरण गर्नुभएको हो । विद्यालयमा रहेका न्यून अवस्थाका बालबालिकालाई केही सहज होस् भन्ने उद्धेश्यले विद्यालय पोषाक वितरण गरेको कडेँलले बताउनुभयो । उहाँ पुर्व नेपाल आर्मी हाल समाजसेवा तथा व्यवासय गर्दै हुनुहुन्छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलक दुलालको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सूर्यप्रसाद बरालले सहयोगी कडेललाई धन्यवाद दिनुभएको थियो ।कार्यक्रममा वरिष्ठ… पुरा पढौ

लमजुङबाट ३० जना र देशभरबाट ३ हजार ७ सय २३ कैदीबन्दी पक्राउ

’जेन–जी’ आन्दोलनको मौकामा भागेकामध्ये ३ हजार ७ सय २३ कैदीबन्दी पक्राउ परेका छन् । देशभरका विभिन्न कारागारबाट गरी १० हजार ३ सय २० कैदीबन्दी फरार रहेकामा आज आइतबार दिउँसोसम्म ३ हजार ७ सय २३ जना कैदीबन्दी पक्राउ गरी कारागारमा पु¥याएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो । अझै धेरै कैदीबन्दी जेल बाहिर रहेकोले सर्तकता अपनाउनुपर्ने उहाँको भनाइ छ । यस्तै प्रदर्शनका कारण प्रहरी कार्यालयका हिरासतबाट फरार भएकामध्ये १ सय ३९ जना थुनुवा पक्राउ परेका… पुरा पढौ