समाचार

पौडी खेल्दा दोर्दी खोलामा डुबेर युवक बेपत्ता

लमजुङको दोर्दीमा पौडी खेल्ने क्रममा डुबेर एक जना युवा बेपत्ता भएको छन् । दोर्दी गाउँपालिकाको दोर्दी खोलामा दिउँसो २ बजेतिर १९ बर्षका कुमार प्रजा खोलामा बेपत्ता भएका हुन् । चितवन जिल्लाको कालिका न.पा. १० घर भएका प्रजा वडा नं ३ बौसेमा रहेको उत्तर देवि कृषि तथा पशु फर्ममा काम गर्ने गर्थे ।सोमबार दोर्दी खोलामा पौडि खेल्ने क्रममा डुबी बगाई बेपत्ता भएको भन्ने खबर आएपछि नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोली घटनास्थलमा गई स्थानीयको सहयोगमा खोजि कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय,… पुरा पढौ

बिपिनकी आमा र बहिनीद्धारा इजरायली राष्ट्रपतिसगँ भेट, शिघ्र रिहाइको लागि पहल गरिदिन माग

बिपिन जोशीका आमा र बहिनीले इजरायली राष्ट्रपतिलाई भेटेका छन्। हमासद्वारा बेपत्ता बनाइएका बिपिनको रिहाइका लागि पहल गरिदिन मागसहित उनीहरूले जेरुसेलममा राष्ट्रपति आइज्याक हर्जोगसँग भेटवार्ता गरेकी हुन्। भेटमा आमा पदमा जोशी र बहिनी पुष्पासँगै नेपालका इजरायलस्थित राजदूत धनप्रसाद पण्डित पनि सहभागी थिए। भेटका क्रममा आमा पदमाले आफ्ना छोरा विपिनको शीघ्र रिहाइका लागि अनुरोध गरेकी थिइन्। उनले छोरा निर्दोष विद्यार्थी भएको उल्लेख गर्दै मानवीय दृष्टिले पहल गर्न आग्रह गरेकी थिइन्। त्यस्तै बहिनी पुष्पाले पनि राष्ट्रपति समक्ष विपिनको रिहाइका लागि व्यक्तिगत अपिल गर्दै… पुरा पढौ

आज श्रीकृष्ण जन्माष्टमी मनाइँदै

आज श्रीकृष्ण जन्माष्टमी पुजाआजा गरी ब्रत बसेर मनाइँदै छ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो । पौराणिक कथन अनुसार अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको वताइएको छ । चारैतिर सेनाको कडा सुरक्षा हुँदा पनि भगवान् विष्णुको मोहित पार्ने शक्तिका कारण श्रीकृष्ण जन्मिएका… पुरा पढौ

दोर्दीमा ७ सय रोपनीमा अकबरे खुर्सानी, हालसम्म १२ हजार किलो बिक्रीबाट ३० लाख आम्दानी

लमजुङको दोर्दी गाउँपालिकामा करिब ७ सय रोपनी (लगभग ३५ हेक्टर) क्षेत्रफलमा व्यावसायिक रूपमा अकबरे खुर्सानीको खेतीले उत्पादन दिन सुरु गरेको छ । यो वर्षबाट व्यवसायिक रुपमा सुरु गरिएको अकबरे खुर्सानी खेतीबाट अहिलेसम्म १२ हजार किलो बिक्री भएर ३० लाख रुपैयाँ भन्दा बढी आम्दानी भैसकेको छ । गाउँपालिकाको सहयोगमा दोर्दीका किसानहरुले खेर गइरहेको खेतबारीमा अकबरे खुर्सानी लगाएका छन् । करिब गाउँपालिका भरिका ३ सय भन्दा बढी किसानहरूले खुर्सानी खेतीमा संलग्न भएका छन् । दोर्दी गाउँपालिका यसअघि २० रोपनीमा परीक्षणका रुपमा खुर्सानी… पुरा पढौ

आज साउनको अन्तिम सोमबार, शिवालयमा भक्तजनको घुँइचो

साउन महिनाको अन्तिम सोमबार लमजुङका विभिन्न स्थानमा रहेका शिवालय मन्दिर तथा धामहरुमा भक्तजनहरुको भिड लागेको छ । साउन महिनाभरी बसेको व्रतको आज अन्तिम दिन हिन्दू धर्मावलम्बीले शिवको विधिपुर्वक पूजा आराधना गरेका छन् । साउने सोमबारको अवसरमा लमजुङको मध्यनेपाल नगरपालिका –७ करापुटारस्थित ईशानेश्वर महादेव मन्दिरमा सोमबार बिहान हजारौं भक्तजनले पूजा आराधना गरेका छन् । साउन महिना र सोमबार भगवान् शिवको प्रिय महिना एवं बार भएकाले शिवालयमा पूजा, आराधना गर्ने वैदिक कालदेखिको परम्परा छ । सन्तानेश्वर महादेवका रुपमा प्रख्यात रहेको ईशानेश्वर महादेव… पुरा पढौ

पहिरोले जलविद्युत् आयोजना १ कामदारको मृत्यु, ३ जना गम्भीर घाइते

लमजुङको मस्र्याङ्दी गाउँपालिका–६, नाइँचे गाउँ नजिकै भीरबाट खसेको पहिरोले लागेर एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने ३ जना गम्भीर घाइते भएका छन् । । मृत्यु हुनेमा बेसीशहर नगरपालिका वडा नं १० रातमाटे घर भई हाल बेसीशहर ८ बस्ने ४४ वर्षका मनध्वज गुरुङ रहेका छन् । पहिरो लाग्दा गम्भिर घाइते ३ जनालाई उपचारका लागि बेंसीसहरस्थित प्रदेश अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । घाइते हुनेहरुमाम दोर्दी गाउँपालिका–५ का २२ वर्षीय विराज गुरुङ, मध्यनेपाल नगरपालिका–७ बस्ने ३२ वर्षीय प्रितम लामा… पुरा पढौ

ब्रह्मकुमारी इश्वरीय विश्वविद्यालयद्धारा सामुहिक राखी कार्यक्रम

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन पर्वको अवसरमा रहेका ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयद्धारा राखी बाध्ने कार्यक्रमको आयोजना गरिएको छ । लमजुङको बेसीशहरमा रहेको ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय शाखामा सामुहिक रक्षा बन्धन राखी बाधिएको हो । कार्यक्रममा बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याललाई शाखाकी प्रमुख राधा भण्डारीले राखी बाँधेर कार्यक्रमको सुरुवात गर्नुभएको थियो । राखी बाँन्नको लागि शिक्षक, प्राध्यापक, प्रहरी, व्यापारी, लगायत सर्वधारणको बाक्लो उपस्थिति रहेको थियो । जनैपूर्णिमाको दिन राखी बाध्नु भनेको सबै आत्माहरु एकअर्काको भाई भाई भएकोले एक अर्कामा… पुरा पढौ

जनैपूर्णिमाको अवसरमा देशव्यापी पूजापाठ र उत्सव

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवम् जनै पूर्णिमा आज मनाइँदैछ। जनैपूर्णिमा हिन्दु धर्मावलम्बीहरूले सबेरै घरमा लिपपोत गरी शुद्ध गरेपछि कुनै प्रकारको रोगव्याधि नलागी सधैं सुख र शान्ति होस् भन्ने कामनासहित ब्राह्मण पुरोहितद्वारा नाडीमा रक्षाबन्धन बाँधेर मनाउने गर्दछन्। बिहानैदेखि हिन्दू धर्मावलम्बीहरूले नदी, ताल, पोखरीमा स्नान गरी पूजाअर्चना गरेका छन्। सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन तथा विचलित नहोऊ भनी डोरो बाँधेर… पुरा पढौ

कारागारमा झडप, एक जनाको मृत्यु, ४७ जना घाइते

कैलाली जिल्ला काराकारमा रहेका कैदीबन्दीबीच भएको झडपमा परी एक जनाको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका–४ का ४० वर्षीय भरत चौधरीमाथि शुक्रबार राति कुटपिट भएको थियो । कुटपिटबाट गम्भीर घाइते चौधरीको उपचारका क्रममा मृत्यु भएको कैलाली प्रहरीले जनाएको छ । ‘ए’ ब्लक र ‘बी’ब्लकका कैदीहरूको समूहबीच झगडा भएको बताइएको छ। दुई समूहबीच भएको झडपमा घाइते भएका ४७ जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजकुमारसिंहका अनुसार कैलाली कारागारभित्र दुई समूहबीच केही दिनयता लगातार झडप भइरहेको छ… पुरा पढौ

करिव एक महिनापछि एकतर्फी खुल्यो लमजुङको मुख्य बाटो

सुख्खा पहिरो खसेर भत्किएको करिब १ महिनापछि लमजुङ उदिपुरको बाटो एकतर्फी खुलाईएको छ । गत असार २४ बेँसीसहर–डुम्रे सडकअन्तर्गत लमजुङको बेँसीसहर नगरपालिका–१, उदीपुर नजिकै अँधेरी खोलामा सुक्खा पहिरो खसेर जोखिम बढेपछि सडक आंशिक बन्द गरिएको थियो । अहिले सडकको तल्लो भागमा जालमा ढुङ्गा भर्ने काम सकिएकाले यातायात सञ्चालनका लागि एकतर्फी बाटो खुलाईएको हो । ग्याविन जाली भरेर बाँकी रहेको खाली ठाउमा कङ्क्रिटले भर्ने र त्यो सेटभएपछि त्यसको केही दिनमा दुईतर्फि बाटो सञ्चालन गर्ने प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले बताउनुभयो ।… पुरा पढौ