समाचार

लमजुङमा बोलेरो जिप दुर्घटना, ७ जना घाइते

लमजुङको दोर्दी गाउँपालिका वडा नं ६ ढुङगेखोला (छोटेखोला) ताजेबाट बेसीशहर तर्फ आउँदै गरेको बस दुर्र्घटना हुँदा ७ जना घाइते भएका छन । आइतबार ग १ ज ७५५५ नम्बरको बेलेरो जिपको ब्रेक फेल भई भित्तामा ठोकिन जाँदा उक्त बलेरोमा सवार ७ जना घाईते भएका हुन् । घाइते हुनेहरुमा दोर्दी गा.पा. ६ बस्ने बर्ष ४४ की मैती कुमारी तामाङ, ५८ वर्षका लाल बहादुर तामाङ, २३ वर्षका नबिन्द्र घले, २१ वर्षका घिसे लामा, ३४ वर्षिय हरीमाया तामाङ, ३० बर्षकी खुसी माया घले र… पुरा पढौ

पहिलो महिला प्रधानमन्त्री सुशीला कार्की

पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गरेका हुन् । त्यस्तै, उनको शपथ ग्रहण आजै बेलुका ९ बजे हुने भएको छ । शुक्रवार दिनभर भएको छलफलपछि प्रतिनिधिसभा विघटन गर्ने गरी सहमति जुटेको हो । शीतल निवास सम्बद्ध स्रोतका अनुसार, कार्कीलाई सरकारको नेतृत्व सुम्पिएपछि मात्रै प्रतिनिधिसभा विघटन गर्ने अडानमा रहेका राष्ट्रपति रामचन्द्र पौडेल पछि हटेका हुन् । आन्दोलनमा रहेका केही युवाले तत्काल आन्दोलनकारी बोलाएर शीतलनिवास घेर्ने चेतावनी दिएपछि आफूले थेग्न नसकेको भन्दै… पुरा पढौ

कारागारबाट १४ हजारभन्दा धेरै कैदीबन्दी फरार

सोमबार भएको जेनजीको प्रदर्शन पछि देशका विभिन्न कारागारबाट १४ हजार ३ सय ७ धेरै कैदीबन्दी भागेका छन् । कारागारबाट भागेका कैदीबन्दीमध्ये १ हजार ४ सय ५५ जनालाई सेना, प्रहरी र सशस्त्र प्रहरीले देशका विभिन्न भागबाट पक्राउ गरेको छ । नेपाल प्रहरीले भागेका अभियुक्त र कैदीबन्दीलाई यथाशीघ्र सम्पर्कमा आउन आग्रह गरेको छ । प्रहरी प्रधान कार्यालयले आज विज्ञप्ति निकालेर ‘जेन–जी’ प्रदर्शनका क्रममा भागेका अभियुक्त र कैदीबन्दीलाई सम्बन्धित जिल्ला प्रहरी कार्यालय, स्थानीय प्रहरी इकाइ वा अन्य सुरक्षा निकायको स्थानीय कार्यालयहरूमा सम्पर्क गर्न… पुरा पढौ

जेनजी प्रदर्शनमा मृत्यु हुने संख्या अहिलेसम्म ३४ पुग्यो

जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या थपिदै गएर ३४ पुगेको छ । मंगलबार भएको प्रर्दशनका क्रममा १९ जनाको मृत्यु भएपनि घाइतेहरुको उपचारको क्रममा मृत्यु हुनेको संख्या बढ्दै गएको हो । स्वास्थ्य मन्त्रालय भदौ २६ गते सार्वजनिक गरेकोे पछिल्लो विवरण अनुसार देशभरका विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेको संख्या ३४ पुगेको जनाएको हो । हाल देशका विभिन्न अस्पतालमा ३ सय २१ जना घाइतेहरुको उपचार भैरहेको छ भने ९ सय ४९ जना उपचारपश्चात डिस्चार्ज भई घर गएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश… पुरा पढौ

लमजुङमा जेनजीको विरोधमा सबै नागरिकको सहभागिता, (फोटो सहित)

लमजुङ जिल्लामा मगंलबार जेन्जीद्धारा आयोजना गरिएको विरोध प्रर्दशनमा हजारौंको सहभागिता रहेको छ । बेसीशहरको भिमसेनस्थान चोकबाट सुरु भएको विरोध जुलुस मनाङे चौतारा हुँदै सेराचोकमा पुगेर प्रधानमन्त्री केपी ओलीको पुत्ला जलाइएको थियो । आन्दोलन जेन्जीको भनिएपनि बेसीशहरका युवाप्रौढ देखि बालबालिका समेत स्वतस्र्फत रुपमा प्राय सवै नागरिकहरु विरोध जुलुसमा सहभागि भएका थिए । सेराचोकमा विरोधको समापन गरिएपनि आक्रोशित भिड फेरी बेसीशहर नगरपालिकाको भवन अगाडी हुँदै जिल्ला प्रशासन चोकमा पुगेर व्यापक नाराबाजी गरेका थिए । भदौ २३ गते सोमबार काठमाडौंमा भएको जेन्सीको विरोध… पुरा पढौ

जेन जी प्रदर्शनमा १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाको उपचार चल्दै, गृहमन्त्री रमेश लेखकले दिए राजिनामा

जेन जी भनिने नवयुवा पुस्ताको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा अहिलेसम्म १९ जनाको ज्यान गएको छ ।अस्पतालहरूको विवरण अनुसार ज्यान गुमाउनेको संख्या १९ जना पुगेको हो । प्रहरीले आधिकारिक रूपमा पुष्टि गरिसकेको छैन । अस्पतालहरूको विवरण अनुसार काठमाण्डौको राष्ट्रिय ट्रमा सेन्टरमा मात्रै ८ जनाको ज्यान गएको छ । यस्तै एभरेस्ट अस्पताल बानेश्वरमा ३, सिभिल अस्पतालमा ३, त्रिवि शिक्षणमा १ र केएमसीमा २ जनाको ज्यान गएको हो । यस्तै इटहरीको सुनसरीमा प्रहरीको गोली लागेर २ जनाको ज्यान गएको हो । अस्पतालहरूको… पुरा पढौ

प्रदेश अस्पताल लमजुङले गण्डकी प्रदेशमै सबैभन्दा धेरै बढी सेवाग्राहीलाई सेवा दिन सफल

प्रदेश अस्पताल लमजुङले आ.व २०८१\८२ मा गण्डकी प्रदेशमै सबैभन्दा धेरै बढी सेवाग्राहीलाई सेवा दिन सफल भएको छ । विहिबार समितिको तीन बर्षे कार्यकाल पूरा गरेको अबसरमा आफ्नो कार्यअबधि भरको प्रगति बिवरण पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो। यो बर्ष मात्रै अस्पतालले १ लाख १३ हजार ८ सय ३७ जनाको उपचार गरि सेवा प्रदान गरेको छ । जुन अघिल्लो आ,व को तुलनामा २५% ले बृद्वी हो । २०५८ सालदेखि एच.डि.सि.एस ( मानव बिकास तथा सामुदायिक संस्था) ले सञ्चालन गरेको जिल्ला अस्पताल… पुरा पढौ

आज तीज पर्व महादेवको पूजाआराधना गरी मनाइँदै

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजाआराधना गरी मनाइँदै छ ।आजको दिनमा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेव पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ । सोही मान्यताअनुसार वरदानविपरीत पार्वतीका पिता हिमालयले पार्वतीको इच्छाविपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरूलाई आफ्नो समस्या सुनाएको र पार्वती समस्यामा परेको थाहा पाएपछि साथीले… पुरा पढौ

आज तीजको दर खाने दिन

नेपाली हिन्दु महिलाले मनाउने चाड तीज अन्तर्गत सोमबार दर खाने दिन। विभिन्न मीठा परिकारका साथ दर खाइदैछ। आजको दिन माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने परम्परा छ । दरलाई तीजको व्रतको पूर्वतयारीको रूपमा पनि लिइन्छ । भोलिको तीजमा व्रत बस्नुपर्ने भएकाले दरका रूपमा सात्विक पदार्थ खानुपर्छ भन्ने मान्यता छ । तीजको पहिलो दिनलाई दर खाने दिन भनिन्छ। सनातन हिन्दू धर्मावलम्बी नेपाली महिलाले विशेष तयारीका साथ तीज पर्व मनाउने क्रम यो दिन बाट प्रारम्भ हुन्छ। महिला यो दिन माछामासु वाहेक चोखो चिज… पुरा पढौ

लमजुङमा अपराधिक घटनामा कमी

लमजुङमा अपराधका घटनामा कमी आएको छ । गतवर्षको तुलनामा आर्थिक वर्ष २०८१⁄०८२ मा जिल्ला प्रहरी कार्यालय लमजुङको तत्थ्याङ्क हेर्दा अपराधिक घटनामा कमी आएको हो । एक वर्षको अवधीमा कार्यालयमा दर्ता भएको तत्थ्याङ हेर्दा १ सय ९४ वटा मुद्धा दर्ता भएको छ । जसमा १ सय २२ दर्ता फछ्यौट भएको छ । गतवर्ष ०८०⁄०८१ मा २ सय ७ मुद्धा दर्ता भएको थियो, जसमा १ सय ३२ मुद्धा फछ्र्यौैट भएको थियो । यो वर्ष जिल्ला प्रहरी कार्यालय लमजुङले विभिन्न अपराधमा संलग्न रही… पुरा पढौ