समाचार

सबै कक्षा कोठामा डिजिटल माध्यममा पढाउने नगरपालिकाको लक्ष्य

लमजुङको बेसीशहर नगरपालिका अन्तरगतका सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षकहरुलाई सूचना प्रविधि सम्वन्धी प्रशिक्षक प्रशिक्षण कार्यक्रम प्रदान गरिएको छ । बेसीशहर नगरपालिकाकाको आयोजनामा विहिबार विद्यालयका आई.टी फोकल शिक्षकहरुका लागि शिक्षण सिकाइ क्रियाकलापमा प्रविधिको उपयोग सम्बन्धमा प्रशिक्षक प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो । बेसीशहर नगरपालिकाका उपप्रमुख पद्मा गुरुङको प्रमुख आतित्थ्यथा रहेको सो कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुमन अधिकारीले शिक्षण सिकाइमा सूचना प्रविधिको महत्वको बारेमा जानकारी गराउनुभएको थियो । प्रमुख अधिकारीले प्रविधि मैत्रि शिक्षण सिकाइ र अनुगमन कार्यक्रमको उद्धेश्यमा प्रकाश पार्दै दीर्घकालमा… पुरा पढौ

नवौं लमजुङ महोत्सवको अवसरमा मर्स्याङ्दी नदीमा र्याफ्टिङ, पर्यटकको आकर्षण बढ्दो

नवौं लमजुङ महोत्सवको अवसरमा लमजुङको मर्स्याङ्दी नदीमा सञ्चालन गरिएको र्याफ्टिङ कार्यक्रमले आन्तरिक तथा बाह्य पर्यटकको ध्यान तानेको छ। महोत्सवलाई थप आकर्षक बनाउने उद्देश्यले नदीमा साहसिक पर्यटन गतिविधि समावेश गरिएपछि बेसीशहर आसपासको क्षेत्र चहलपहलयुक्त बनेको छ। महोत्सव अवधिभर मस्र्याङ्दी नदीमा सुरक्षित रूपमा र्याफ्टिङको व्यवस्था गरिएको आयोजकले जनाएको छ। साहसिक खेलमा खेलमध्ये पर्ने र्याफटिङ लागि मर्सयाङदी नदी विश्वकै उत्कृष्ट १० मा पर्दछ । मर्स्याङ्दी नदीको विच विचमा बनेको जलविद्युत परियोजनाले अहिले यसको दुरी समेत घटाएको छ । महोत्सवको अवसरमा आयोजित र्याफ्टिङ लागि… पुरा पढौ

आज शहीद दिवश

देश र जनताका लागि शहादत प्रदान गर्ने शहीदहरूको सम्मानमा आज देशभर विभिन्न कार्यक्रमका साथ शहीद दिवस मनाइँदैछ । इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रतासहित जनताका पक्षमा भएका आन्दोलनमा मृत्युवरण गरेका वीर सपुतहरूको सम्मानमा आज विविध कार्यक्रमका साथ देशभर शहीद दिवस मनाइने परम्परा छ । प्रजातन्त्र, नागरिक अधिकार र स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौंको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा… पुरा पढौ

नवौं लमजुङ महोत्सवको एक हप्तासम्म ३० हजार दर्शकद्धारा अवालोकन

लमजुङको बेसीशहरमा जारी नवौं लमजुङ महोत्सवमा अहिलेसम्म ३० हजार भन्दा बढीले अवलोकन गरेका छन् । माघ ८ गतेबाट सञ्चालन भएको लमजुङ महोत्सवको एक हप्तामा ३० हजारले अलोकन गरेका आयोजकले जनाएको छ । लमजुङ महोत्सव चलिरहेको २ दिन सम्म मौसम परिवर्तन भएर पानी परेपछि महोत्सवका केही कार्यक्रम समेत स्थगगित गरिएको थियो । यसका कारण योजना अनुसार सोचेको जस्तो कारोबार हुन नसकेको आयोजक लमजुङ उद्योग बाणिज्य संघका अध्यक्ष भरत श्रेष्ठले बताउनुभयो । स्थानीय उत्पादनमा वृद्धि, उद्योग–व्यापार, व्यवसायमा उन्नतिः कला, संस्कृति र पर्यटन… पुरा पढौ

चिती साहित्य समाजको १५ औं स्थापनाका दिवसमा विभिन्न कार्यक्रम

लमजुङको बेसीशहर नगरपालिका वडा नं ११ चितिमा रहेको चिती साहित्य समाजको आफ्नो १५ औं स्थापना दिवस एबं बार्षिकोत्सव विभिनन कार्यक्रमका साथ सम्पन्न भएको छ। बेसीशहर कार्किडाँडा बरबोटबेसीमा रहेको जनगागृति बिद्यालयमा कार्यक्रम सम्पन्न भएको हो। सो अवसरमा बेसीशहर नगरपालिका वडा नं ११ भित्रका माध्यमिक र आधारभुत विद्यालयहरु विचमा सुशासनका लागि विद्यार्थीहरुको भुमिका विषयक कविता प्रतियोगितामा आयोजना गरिएको थियो । प्रतियोगितामा जनकल्याण माध्यमिक विद्यालय उदिपुरकी छात्रा स्वस्तिका जोशि प्रथम ,जनजागृति आधारभुत विद्यालयका अरुण परियार द्धितीय, लोकराज आदर्श माध्यमिक बिद्यालयकी छात्रा सर्मिला तामाङ… पुरा पढौ

मर्स्याङ्दी गाउँपालिका जगतस्थित तातोपानी कुण्ड पर्यटकीय गन्तव्य

लमजुङको मर्स्याङ्दी गाउँपालिका– ४ जगत स्थित तातोपानी कुण्डको पर्यटकीय गन्तव्य बनेको छ । गतवर्ष स्तरोन्ती गरिएको जाडो सिजनमा तातोपानी कुन्डमा सयौंको संख्यामा आन्तरिक पर्यटक पुग्ने गरेका हुन् । विश्वकै ख्यातिप्राप्त दश पर्यटकीय पदमार्गमध्ये एक रहेको अन्नपूर्ण चक्रीय पदमार्गको रुपमा रहेको बेसीशहर– चामे– थोराङ– मुक्तिनाथ पदमार्गमा पर्ने जगत बजारबाट १० मिनेटको दुरीमा मस्र्याङदी नदीकिनारमा सो तातोपानी कुण्ड रहेको छ ।यो तातोपानी कुण्डमा गएर शरीर डुबाउँदा बाथ, हाडजोर्नी तथा छालासम्बन्धी धेरै रोगहरू निको हुने जनविश्वास रहेको बेसीशहर नगरपालिका वडा नं ३ निर्मला… पुरा पढौ

लमजुङमा १० जना कुष्ठरोगी उपचारत, समयमै उपचार गरे पूर्ण रूपमा निको हुने

लमजुङ जिल्लामा हाल १० जना कुष्ठरोगका बिरामी उपचारत रहेको प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङले जनाएको छ । आइतबार ७३ औँ विश्व कुष्ठरोग दिवसको अवसरमा लमजुङमा आयोजित अन्तरक्रिया कार्यक्रममा कुष्ठरोगको अवस्था, लक्षण, पहिचान तथा उपचार विधिबारे जानकारी दिइएको थियो । अन्तरक्रिया कार्यक्रममा क्षयरोग सुपरभाइजर निरोज श्रेष्ठले कुष्ठरोग समयमै उपचार गरे पूर्ण रूपमा निको हुने रोग भएको बताउनुभयो । शरीरमा नचिलाउने लाटो, फुस्रो दागहरु देखा परेमा, हातखुट्टा झमझाउमा वा चेतना शक्ति हराएमा, हातखुट्टा तथा आँखाको मांशपेशीहरु कमजोर भएमा, स्सनायुहरु सुन्निएमा वा पिडा भएमा,… पुरा पढौ

विदाई हुँदै गर्दा डीएसपी बोहराद्धारा ११ महिनाको प्रगति विवरण सार्वजनिक

जिल्ला प्रहरी कार्यालय लमजुङमा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) रेशम बोहराको ११ महिनाको लमजुङ बसाई प्रगति विवरण सार्वजनिक गर्नु भएको छ । लमजुङबाट सरुवा भएर जिल्ला प्रहरी कार्यालय दाङ जान लाग्नुभएका बोहराले शनिबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले आफ्नो कार्यकालको प्रगति विवरण सार्वजनिक गर्नुभएको हो । गत वर्ष फागुन महिनामा जिम्मेवारी सम्हालेका डीएसपी बोहराले शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा नागरिक–प्रहरी समन्वयलाई प्राथमिकतामा राखी काम गरेको जानकारी दिएका गराउनुभएको छ । सो क्रममा जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका १ सय ७५… पुरा पढौ

मैले चिनेको गमप्रसाद गुरुङ

२०६२ देखि ०६४ साल सम्म लमजुङ जिल्लाको बेसीशहरमा रहको सेर्सोक नामक गैरसरकारी संस्थामा काम गर्ने जिम्मेवारी लिएपछि म गमप्रसाद गुरुङसँग अलि नजिक हुन पाए । उहाँ त्यस संस्थाको अध्यक्षको जिम्मेवारीमा हुनुहुन्थ्यो । संस्थामा रहँदा उहाँले खेलेको भूमिकाका कारण म आज पनि उहाँलाई सम्झिरहन्छु। उहाँको पहिचान गर्ने सम्झने गतिविधिहरू यस्ता छन् । पश्चिम लमजुङका बस्तीहरूमा महिला, गरिब, सीमान्तकृत तथा पिछडिएका समुदायको सहभागिता बढाउँदै नेतृत्व, व्यवस्थापन र निर्णय क्षमता विकासका लागि स्वावलम्बी समूह गठन गर्ने क्रममा संगै हिंडदा उहाँलाई सामाजिक सहजकर्ताको रूपमा… पुरा पढौ

नवौं लमजुङ महोत्सवको बेसीशहरमा सुरु, झाँकी र्यालीमा नेवा खल प्रथम

स्थानीय उत्पादनमा वृद्धि, उद्योग–व्यापार, व्यवसायमा उन्नतिः कला, संस्कृति र पर्यटन प्रवद्र्धन समग्र लमजुङको सम्वृद्धि भन्ने नाराका साथ नवौं लमजुङ महोत्सव २०८२ सुरु भएको छ । महोत्सवको एक समारोहका विच गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले उद्घाटन गर्नुभएको हो । कार्यक्रम उद्घाटन पूर्व विहिबार बेसीशहरको सेराबजारबाट निस्किएको विभिन्न जातजाती,, समुदाय, आमा समूह तथा विद्यार्थी लगायतको झाँकी जुलुस बेसीशहर बजार परिक्रमा गरी बेसीशहर नगरपालिका ७ सहजी खेलमैदानमा पुगेको थियो ।प्रर्दशन गरिएको झाँकी र्यालीमा बेसीशहर नेवा खल प्रथम भएको छ ।… पुरा पढौ