समाचार

आचारसंहिताको पूर्ण रुपमा पालना गर्न प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय लमजुङले निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्न राजनीतिक दल, उम्मेदवार तथा सम्बन्धित पक्षलाई सचेत गराएको छ । जिल्ला प्रशासन कार्यालयले बिहीबार एक सूचना जारी गर्दै निर्वाचन आचारसंहिता २०८२ को कडाइका साथ कार्यान्वयन गर्न आग्रह गरेको हो ।सूचनामा स्थानीय प्रशासनको अनुमतिबिना सार्वजनिक स्थलमा जुलुस, आमसभा, कोणसभा वा कुनै किसिमको भेला गर्न नपाइने उल्लेख छ । साथै, यस्ता कार्यक्रम गर्नुअघि कम्तीमा २४ घण्टाअगावै स्थानीय प्रशासन र प्रहरीलाई मिति, समय, मार्ग तथा स्थानको जानकारी गराउनुपर्ने उल्लेख छ । एकै समयमा… पुरा पढौ

माघ २० गतेभित्र नागरिकका हातहतियार बुझाउन प्रशासन कार्यालयको अनुरोध

जिल्ला प्रशासन कार्यालय लमजुङले माघ २० गतेभित्र आफूसँग भएका इजाजतप्राप्त हातहतियार (बन्दुक) बुझाउन नागरिकलाई अनुरोध गरेको छ । कार्यालयले निर्वाचन नजिकियकाले एक सूचना जारी गर्दै आफूसगँ भएको हातहतियार बुझाउन अनुरोध गरेको हो । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित तथा शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन प्रशासनले हतियार बुझाउन आग्रह गरेको छ । निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउन माघ २० गते भन्दा अघि नै सबैखाले हतियार बुझाउन प्रसासनद्धारा निकालिएको सूचनामा आग्रह गरिएको छ । जिल्ला प्रशासन… पुरा पढौ

नवौं लमजुङ महोत्सवको विहिबार उद्घाटन गरिने, लण्डन ब्रिज मुख्य आकर्षक

लमजुङ उद्योग बाणिज्य संघको आयोजनामा भोली बिहीबारदेखि बेसीशहर नगरपालिका ७ सहजी खेलमैदानमा हुने नवौं लमजुङ महोत्सवको तयारी सकिएको छ। महोत्सवको गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले उद्घाटन गर्नुहुने छ । स्थानीय उत्पादनमा वृद्धि, उद्योग–व्यापार, व्यवसायमा उन्नतिः कला, संस्कृति र पर्यटन प्रवद्र्धन समग्र लमजुङको सम्वृद्धि भन्ने नाराका साथ माघ ८ गतेदेखि २० गतेसम्म सञ्चालन हुने महोत्सवको तयारी पुरा भएको आयोजक लमजुङ उद्योण बाणिज्य संघले जनाएको हो। महोत्सवका लागि मुख्य प्रायोजक, सहप्रायोजक, प्रायोजक तथा प्रवद्र्धक तय गर्ने, सचिवालय तथा उपसमिति… पुरा पढौ

यशोब्रह्म माविको ६४ औं वार्षिकोत्सव तथा ६३ औं अभिभावक दिवस सम्पन्न

लमजुङको बेसीशहर नगरपालिका वडा नं ३ बाहुनबेसीमा रहेको यशोब्रम्हा माध्यमिक विद्यालयको ६४ औँ बार्षिक उत्सव तथा ६३ औं अभिभावक दिवस सम्पन्न भएको छ । सोमवार आयोजित वार्षिकोत्सव समारोहको कार्यक्रमका प्रमुख अतिथि बेसीशहर नगरपालिकाका प्रमुख गुमासिंह अर्यालले उद्घाटन गर्नुभएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलक दुलालको अध्यक्षतामा भएको बार्षिक उत्सव समारोहलाई सम्बोधन गर्नुहुदै नगरप्रमुख अर्यालले विद्यालयमा गुणस्तरीय शिक्षा कायम राख्न शिक्षक, विद्यार्थी र अभिभावक तीन पक्षको महत्वपूर्ण भूमिका रहने वताउनुभयो । बालमैत्रि शैक्षिक वातावरण निमार्णको लागि समुदायमा रहेका हरेक व्यक्तिहरु… पुरा पढौ

चुनावका लागि लमजुङमा १२ वटा दलहरुले उमेदवारी दर्ता

आगामी फागुन २१ गते हुने प्रतिनिधी सभाको चुनावका लागि लमजुङमा १२ वटा दलहरुले उमेदवारी मनोनयन दर्ता गराएका छन् । सोमबार जिल्लाको बेसीशहरमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आएर दलहरुले आफ्नो उमेदवारको नाम दर्ता गराएका हुन् । लमजुङ जिल्लाबाट प्रतिनिधी सभा चुनावको लागि नेपाली काँग्रेसबाट गमप्रसाद गुरुङ, नेकपा एमाले पृथ्वीसुब्बा गुरुङ नेपाली कम्युनिस्ट पार्टीबाट हरिजङ तामाङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट ई. धर्म केसीको उमेदवारी दर्ता गरिएको छ । त्यस्तैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कविन्द्रजंङ गुरुङ, रिपब्लिक पार्टीबाट भरत गुरुङ, नेमकिपाबाट गुजेश्वरी प्रजापती मगजु,… पुरा पढौ

लमजुङमा ४ दलले गरे उमेदवारको टुङ्गो

आगामी फागुन २१ गते गर्न लागिएको प्रतिनिधी सभाको चुनावका लागि लमजुङमा ४ दलले आफ्नो उमेद्वारको टुङ्गो लगाएका छन् । लमजुङ जिल्लाबाट आगामी निर्वाचनका नेपाली काग्रेंस, नेकपा एमाले, नेपाली कम्प्युनिष्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले उमेदवारको टुङ्गो लगाएको होे । नेपाली काँग्रेसले गमप्रसाद गुरुङलाई उम्मेदवार बनाएको छ। यस्तै, नेकपा एमाले पृथ्वीसुब्बा गुरुङलाई मैदानमा उतारेको छ भने नेपाली कम्युनिस्ट पार्टीले हरिजङ तामाङलाई र राष्ट्रिय स्वतन्त्र पार्टीबाट ई. धर्म केसीलाई उमेदवारी दिएको छ । नेपाली काँग्रेसबाट उम्मेदवार बनेका गमप्रसाद गुरुङ पार्टीको तल्लो तहदेखि… पुरा पढौ

नवौं लमजुङ महोत्सवको ८० प्रतिशत तयारी

लमजुङ उद्योग बाणिज्य संघको आयोजनामा आगामी बिहीबार देखि बेसीशहर नगरपालिका ७ सहजी खेलमैदानमा हुने नवौं लमजुङ महोत्सवको ८० प्रतिशत तयारी सकिएको छ। स्थानीय उत्पादनमा वृद्धि, उद्योग–व्यापार, व्यवसायमा उन्नतिः कला, संस्कृति र पर्यटन प्रवद्र्धन समग्र लमजुङको सम्वृद्धि भन्ने नाराका साथ माघ ८ गतेदेखि २० गतेसम्म सञ्चालन हुने महोत्सवको ८० प्रतिशत तयारी सकिएको आयोजक लमजुङ उद्योण बाणिज्य संघले जनाएको हो। महोत्सवका लागि मुख्य प्रायोजक, सहप्रायोजक, प्रायोजक तथा प्रवद्र्धक तय गर्ने, सचिवालय तथा उपसमिति गठन, अतिथि निमन्त्रणा, टिकट छपाई, आवश्यक कर्मचारी व्यवस्थापन देखि… पुरा पढौ

नेपाली कम्युनिस्ट पार्टीबाट लमजुङमा हरिजङ् तामाङ उमेद्वार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कम्युनिस्ट पार्टीले लमजुङमा हरिजङ् तामाङलाई उम्मेदवार बनाउने भएको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आइतबार उनलाई उम्मेदवारको टिकटको निश्चित गरेका हुन् । युवा नेता तामाङ् लमजुङ्ग जिल्ला अस्पतालका निवर्तमान अध्यक्ष, नेपाल तामाङ घेदुङ गण्डकीको पनि निवर्तमान अध्यक्ष पनि हुन । तामाङले कानुन विषयमा स्नातक गरिसकेका छन् भने पिएडीका लागि एम.फिल गरिरहेका छन् तामाङ नेकपा भित्र जनपक्षिय, बैचारिक एवम विकासप्रेमी नेताको रुपमा परिचित छन् । तामाङ पार्टी भित्र निष्ठावान तवरले अविचलित… पुरा पढौ

लमजुङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै लमजुङ सदरमुकाम बेसीसहरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। कार्यालयको उद्घाटन न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत शिशिरराज ढकालले गर्नुभएको हो। उद्घाटन कार्यक्रममा बोल्दै उहाँले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, पारदर्शी, शान्तिपूर्ण र मर्यादित रूपमा सम्पन्न गर्न सबै पक्षको साथ र सहयोग अपरिहार्य रहेको बताउनुभयो। निर्वाचन सफल बनाउन सबै सरोकारवाला निकाय जिम्मेवार भएर लाग्नुपर्ने उहाँको भनाइ थियो। जिल्ला निर्वाचन कार्यालय लमजुङका निर्वाचन अधिकारी यादवराज आचार्यका अनुसार कार्यालय स्थापना भएसँगै निर्वाचनका सम्पूर्ण आवश्यक… पुरा पढौ

भिक्षु, कुकुर र शान्ति पदयात्राले विश्वको ध्यानाकर्षण

काषाय वस्त्रमा सजिएका भिक्षुहरू । हातमा लामो लट्ठी, दायाँ–बायाँ काँधमा भिरेका झोली भिरेका भिक्षुहरूको लस्कर, साथमा एउटा कुकुर न त कुनै नारा, भाषण वा होहल्ला नै । तर यो यात्राले अहिले सारा विश्वको ध्यान खिचेको छ । उनीहरू धर्मको प्रचार गर्न वा धर्मको विरोध गर्न पदयात्रामा निस्केका होइनन् । भिक्षुहरूको भनाइ छ, ‘यो आत्मचिन्तन र करुणाको सन्देश बोकेको ध्यान हो ।’ यो कुनै सामान्य पदयात्रा होइन, यो त अशान्त बन्दै गएको विश्व र विभाजित समाजमा ‘शान्ति, सचेतना र करुणा’ को… पुरा पढौ