समाचार

बेंसीशहरमा आधुनिक तरकारी खेतीसम्बन्धी निःशुल्क प्रशिक्षण

लमजुङको बेंसीशहरमा आधुनिक प्रविधिबाट तरकारी उत्पादन, व्यवस्थापन तथा बजारीकरणसम्बन्धी एकदिने निःशुल्क प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। स्थानीय तहका अगुवा कृषकलाई लक्षित गरी वरण्डा रेष्ट्रो एण्ड इभेन्ट्सले आयोजना गरेको प्रशिक्षणमा आधुनिक कृषि प्रविधिको प्रयोग, उत्पादन लागत न्यूनीकरण, उत्पादन वृद्धि र बजारीकरणका विषयमा जानकारी दिइएको हो। पछिल्लो समय परम्परागत कृषि प्रणालीबाट मात्रै अपेक्षित आम्दानी लिन कठिन भइरहेको अवस्थामा कृषकलाई आधुनिक प्रविधि तथा व्यावसायिक कृषि प्रणालीतर्फ आकर्षित गर्ने उद्देश्यले प्रशिक्षण आयोजना गरिएको आयोजकले जनाएको छ। प्रशिक्षणमा कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, लमजुङ… पुरा पढौ

किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति, पक्राउविरुद्ध पत्रकार महासङ्घको धर्ना

काठमाडौं — जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठलाई अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ। न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले बुधबार श्रेष्ठमाथि अनुसन्धान गर्न तीन दिनको म्याद थपको अनुमति दिएको हो। श्रेष्ठलाई प्रहरीले बुधबार राति ललितपुरको नख्खुस्थित आफ्नै निवासबाट वैयक्तिक गोपनीयताको हननसम्बन्धी कसुरमा पक्राउ गरेको थियो। श्रेष्ठको पक्राउको विरोधमा नेपाल पत्रकार महासङ्घले जिल्ला प्रहरी परिसर काठमाडौं अगाडि धर्ना दिएको छ। महासङ्घले समाचार प्रकाशनको विषयलाई लिएर सम्पादकलाई पक्राउ गर्नु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको भन्दै… पुरा पढौ

देउवाको सन्देश: परिवर्तनको बाटो सरल हुँदैन, धैर्य र साहसका साथ अघि बढौँ

काठमाडौं — नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले स्वास्थ्य उपचारपछि सार्वजनिक सन्देश जारी गर्दै पछिल्लो राजनीतिक घटनाक्रमबाट आफूले महत्वपूर्ण पाठ सिकेको बताएका छन्। करिब पाँच महिनापछि स्वास्थ्य उपचार सकेर सार्वजनिक भएका देउवाले आफूलाई स्वास्थ्यलाभको कामना गर्ने तथा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेका छन्। उनले २०८२ सालका राजनीतिक घटनाक्रमले नेपाली राजनीतिमा नयाँ पुस्ता र परिवर्तनको चाहना थप बलियो बनाएको उल्लेख गरेका छन्। देउवाले नेपाली कांग्रेसको लामो राजनीतिक इतिहास, लोकतन्त्र र परिवर्तनका लागि पार्टीले गरेको योगदान स्मरण गर्दै आगामी दिनमा पनि जनताको… पुरा पढौ

पत्रकार किशोर श्रेष्ठ पक्राउ, गोपनीयता उल्लंघनसम्बन्धी आरोपमा अनुसन्धान

काठमाडौँ — पत्रकार तथा ‘जनआस्था साप्ताहिक’का सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार उनलाई बुधबार साँझ ललितपुरस्थित निवासबाट पक्राउ गरिएको हो। श्रेष्ठविरुद्ध वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। उनलाई पक्राउ गर्न उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंको टोली परिचालन गरिएको थियो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेका अनुसार श्रेष्ठविरुद्ध एक जना व्यक्तिले उजुरी दिएका छन्। प्रहरीका अनुसार केही दिनअघि उनको सञ्चारमाध्यममा प्रकाशित भएको तस्बिरसँग सम्बन्धित विषयमा… पुरा पढौ

लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

एआइद्धारा निर्माण गरिएको फोटो लागूऔषध (गाँजा) कसूर मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक जना प्रतिवादीलाई लमजुङ प्रहरीले पक्राउ गरी कारागार चलान गरेको छ। पक्राउ पर्नेमा सुन्दरबजार नगरपालिका–७ माछापुच्छ्रे टोल स्थायी घर भएका ४५ वर्षीय रामशरण सापकोटा रहेका छन्। प्रहरीका अनुसार प्रहरी वरिष्ठ हवल्दाररप्रहरी वरिष्ठ नायब निरीक्षक हरी नारायण श्रेष्ठको जाहेरीले वादी नेपाल सरकार र प्रतिवादी रामशरण सापकोटा समेत रहेको लागूऔषध कसूर मुद्दामा लमजुङ जिल्ला अदालतबाट २०८१ चैत १२ गते भएको फैसला उच्च अदालत पोखराबाट २०८२ माघ १३ गते… पुरा पढौ

‘हाम्रो मर्स्याङ्दीः हाम्रो गौरव’ जीवनी पुस्तक प्रकाशन गरिने

लमजुङको मर्स्याङ्दी गाउँपालिकाले गाउँपालिकासँग सम्बन्धित राष्ट्रिय व्यक्तित्व तथा सामाजिक अभियन्ताहरूको योगदान समेटेर जीवनी पुस्तक प्रकाशन गर्ने भएको छ। गाउँपालिकाको चालु आर्थिक वर्ष २०८३ र ०८४ को स्वीकृत कार्यक्रमअन्तर्गत ‘राष्ट्रिय व्यक्तित्व तथा सामाजिक अभियन्ताहरूको जीवनी प्रकाशन’ कार्यक्रम कार्यान्वयन गर्ने सम्बन्धमा मगंलबार सामाजिक विकास समितिका संयोजक तिलबहादुर गुरुङको अध्यक्षतामा बैठक सम्पन्न भएको हो। गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ, प्रमुख प्रशासकीय अधिकृत विज्ञान पौडेललगायतको उपस्थितिमा सम्पन्न बैठकले मर्स्याङ्दीको इतिहास, कला, साहित्य, संगीत, राजनीति, समाजसेवा तथा विकासका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएका व्यक्तित्वहरूको योगदान र प्रेरणादायी… पुरा पढौ

७५ वर्षीया काली सार्कीको ह-त्या आरोपमा अच्छामी पक्राउ

एआइद्धारा निर्मित फोटो लमजुङको राइनास नगरपालिका–६ फूलबारीमा ७५ वर्षीया काली सार्कीको हत्या भएको छ। हत्या आरोपमा प्रहरीले सोही ठाउँका ४८ वर्षीय प्रेम अच्छामीलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। प्रहरीका अनुसार गत साउन २३ गते राति करिब ९ बजे काली सार्की आफ्नै घरको कोठामा घाँटी काटिएको अवस्थामा मृत फेला परेकी थिइन्। घटनाबारे जानकारी पाएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा काली सार्कीसँग गाँजा किन्ने क्रममा पैसाको विषयमा विवाद भएको र सोही विवादपछि प्रेम अच्छामीले मृतककै घरमा रहेको हँसियाले उनको… पुरा पढौ

बुद्धिबहादुर हत्या प्रकरण विजय लामिछाने पुर्पक्षका लागि कारागार चलान

एआइद्धारा निर्मित फोटो बुद्धिबहादुर बोहरा हत्या आरोपमा पक्राउ परेका विजय लामिछानेलाई जिल्ला अदालत लमजुङले पुर्पक्षका लागि कारागार चलान गरेको छ। घटनामा लुटिएको सुनको गहना खरिद गरेको आरोपमा पक्राउ परेका दीपक सुनार भने १ लाख ६० हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्। आज मगंलबार जिल्ला अदालत लमजुङमा प्रतिवादीद्वयको बयान कार्य सम्पन्न भएपछि माननीय न्यायाधीश शिशिरराज ढकालको इजलासले विजय लामिछानेलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। लमजुङ बेसीशहर नगरपालिका–८ दनाईफाँटका ५७ वर्षीय बुद्धिबहादुर बोहरा गत असार २२ गतेदेखि हराएका… पुरा पढौ

हजारौँ दर्शकको सहभागितामा छैटौँ हामखोला झरना महोत्सव

लमजुङको मर्स्याङ्दी गाउँपालिका–८, भुलभुलेस्थित पर्यटकीय हामखोला झरनाको प्रवर्द्धन तथा संरक्षण गर्ने उद्देश्यले आयोजना गरिएको छैटौँ हामखोला झरना महोत्सव–२०८३ शनिबार र आइतबार गरी दुई दिन सञ्चालन भएर सम्पन्न भएको छ। महोत्सवको अन्तिम दिन आइतबार हामखोला झरना अवलोकन तथा महोत्सवमा सहभागी हुन हजारौँ दर्शक तथा पर्यटकहरू मर्स्याङ्दी गाउँपालिका–८ भुलभुले पुगेका थिए। जिल्लाका विभिन्न स्थानसँगै आसपासका क्षेत्रबाट समेत उल्लेख्य संख्यामा दर्शकहरू महोत्सवमा सहभागी भएका थिए। महोत्सवमा स्थानीय कला, संस्कृति, खानाका परिकार तथा स्थानीय उत्पादनको प्रदर्शनीसँगै विभिन्न सांगीतिक तथा मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गरिएको थियो।… पुरा पढौ

हङकङबाट लमजुङका दुई पीडित परिवारलाई साढे ८ लाख सहयोग

हङकङमा रहेका लमजुङवासीले जिल्लाका दुई पीडित परिवारलाई कुल ८ लाख ५७ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन्। लमजुङ सेवा समिति हङकङ सम्पर्क समिति लमजुङले सोमबार बेसीशहरस्थित रेडियो मर्स्याङ्दीको कार्यालयमा आयोजित कार्यक्रममा बेसीशहर नगरपालिका–५ नाल्मा गैरी गाउँका मुखको क्यान्सरबाट पीडित ७० वर्षीय सुरेन्द्रकुमार गुरुङ र बेसीशहर नगरपालिका–१० बाँझाखेत रातमाटाका पहिरोमा ज्यान गुमाएका लगनध्वज गुरुङको परिवारलाई जनही ४ लाख २८ हजार ५ सय रुपैयाँका दरले सहयोग रकम हस्तान्तरण गरेको हो। समितिका अनुसार सुरेन्द्रकुमार गुरुङको उपचारका लागि तथा मृतक लगनध्वज गुरुङको परिवारलाई… पुरा पढौ