समाचार

भोटेकोशी बाढी: ९३९ शव फेला, ३९२५ अझै सम्पर्कविहीन

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये हालसम्म ९३९ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सोमबार साँझ ६ बजेसम्म उक्त संख्यामा शव भेटिएको हो। प्राधिकरणका अनुसार बाढीपछि ३ हजार ९२५ जना अझै सम्पर्कविहीन छन् भने २७९ जना घाइते भएका छन्। हालसम्म ११ हजार ३७९ जनाको उद्धार गरिएको छ। सम्पर्कविहीनको खोजी तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित विभिन्न प्राविधिक तथा विदेशी टोलीसमेत परिचालित छन्। विशेषगरी जलविद्युत् आयोजनाका… पुरा पढौ

तीज कार्यक्रम स्थगित गर्दै लमजुङ समाज माल्टाले दियो बाढीपीडितलाई ५० हजार

माल्टामा रहेका लमजुङवासी नेपालीहरूको साझा संस्था लमजुङ समाज माल्टाले रसुवाका बाढीपीडितका लागि रु ५० हजार आर्थिक सहयोग गरेको छ। नजिकिँदै गरेको तीजको अवसरमा कार्यक्रम गर्ने तयारी गरेको समाजले देशमा विपद् परेको भन्दै कार्यक्रम स्थगित गरी त्यसका लागि छुट्याइएको रकम बाढीपीडितको सहयोगमा उपलब्ध गराएको हो। समाजका अध्यक्ष मनमोहन अधिकारीका अनुसार विपद्को समयमा पीडितलाई सहयोग गर्नु उचित ठानेर तीज कार्यक्रमको स्थगित गरी सोको लागि जम्मा गरिएएको रकम सहयोग प्रधानमन्त्री राहत तथा उद्धार कोषमा जम्मा गरिएको हो। संस्थाका सचिव पवनबाबु घिमिरेले सहयोग रकमबारे… पुरा पढौ

बेपत्ता पारिएका व्यक्तिको अवस्था सार्वजनिक गर्न इन्सेकको माग

लमजुङ । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका व्यक्तिको अवस्था तत्काल सार्वजनिक गर्दै पीडित परिवारलाई न्याय दिलाउन इन्सेकले सरकारसँग माग गरेको छ। बेपत्ता पारिएका व्यक्तिहरूको १६औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा सोमबार इन्सेक लमजुङ प्रतिनिधि सुमित्रा भुजेलले प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई ज्ञापनपत्र बुझाएकी हुन्। इन्सेकले द्वन्द्व सकिएको लामो समय बितिसक्दा पनि बेपत्ता परिवारले सत्य, न्याय र परिपूरण पाउन नसकेको जनाएको छ। विस्तृत शान्ति सम्झौतामा ६० दिनभित्र बेपत्ताको अवस्था सार्वजनिक गर्ने प्रतिबद्धता भए पनि त्यसको कार्यान्वयन हुन नसकेको उसको… पुरा पढौ

त्रिवेणी युवा क्लबद्वारा बाढीपीडितलाई दुई लाख सहयोग

लमजुङको बेसीशहरस्थित त्रिवेणी युवा क्लबले बाढीपीडितको राहत तथा उद्धारका लागि दुई लाख रुपैयाँ सहयोग गरेको छ। क्लबले सोमबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा उक्त रकम जम्मा गरेको हो। बाढीबाट प्रभावितको राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम सहयोग गरिएको क्लबले जनाएको छ। क्लबका अध्यक्ष टेकजङ गुरुङको नेतृत्वमा पदाधिकारी, सदस्य, पूर्वअध्यक्ष तथा सल्लाहकारसहितको टोलीले सोमबार प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनाललाई उहाँकै कार्यकक्षमा भेटेर सहयोगबारे जानकारी गराएको थियो। भोटेकोशी नदीमा आएको बाढीबाट रसुवा र नुवाकोटलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति… पुरा पढौ

बोलेर होइन गरेर देखाउ: शव व्यवस्थापनमा हतार नगर्न सुझाव दिएका सचिव निरौलालाई नै कामको जिम्मा

बाढी तथा विपद्का क्रममा भेटिएका शव व्यवस्थापनमा हतार नगर्न सरकारलाई सुझाव दिएका कोशी प्रदेशका सचिव कोषहरि निरौलालाई बाढी प्रभावित रसुवामा काजमा खटाइएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णयअनुसार निरौलालाई टिमुरे क्षेत्रलाई केन्द्र बनाएर काम गर्ने गरी रसुवा पठाइएको हो। उनले बाढीपछि बेपत्ता तथा मृत्यु भएका व्यक्तिको खोजी, उद्धार, राहत र शव व्यवस्थापनमा समन्वय गर्नेछन्। निरौलाले केही दिनअघि सामाजिक सञ्जालमार्फत पहिचान नखुलेका शव तत्काल गाड्नुभन्दा पहिले आफन्तको खोजी र शवको पहिचानलाई प्राथमिकता दिन सरकारलाई सुझाव दिएका थिए। बाढीमा आफन्त… पुरा पढौ

भोटेकोसीको बाढीपछि मर्स्याङ्दी करिडोरमा पूर्वसावधानी, सेन्सर र साइरन जडान

भोटेकोसी नदीमा आएको विनाशकारी बाढीले विभिन्न गाउँ तथा बस्तीमा ठूलो क्षति पुर्‍याएपछि लमजुङको मर्स्याङ्दी करिडोरमा पनि सम्भावित बाढीको जोखिम न्यूनीकरणका लागि पूर्वसावधानी अपनाइएको छ। मनाङबाट लमजुङ हुदैँ बग्ने मर्स्याङ्दी नदीमा अचानक आउन सक्ने बाढी तथा अन्य जोखिमपूर्ण अवस्थाबाट स्थानीय नागरिकलाई समयमै सचेत गराउन करिडोरका विभिन्न जोखिम युक्त क्षेत्रमा अत्याधुनिक सेन्सर तथा साइरन प्रणाली जडान गरिएको हो। दिव्यज्योति हाइड्रोपावर लिमिटेडले मर्स्याङ्दी बेँसी जलविद्युत् आयोजनाअन्तर्गत प्रभावित तथा जोखिमयुक्त क्षेत्रमा केही महिनाअघि नै उक्त प्रणाली जडान गरेको जनाएको छ। भोटेकोसीमा बाढीपछि भएको ठूलो… पुरा पढौ

शव गाड्ने निर्णय किन गरियो? आफन्तले कसरी पाउँछन् ?

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि विभिन्न जिल्लामा फेला परेका शवको संख्या ६ सय नाघेको छ। अधिकांश शवको अझै पहिचान हुन सकेको छैन। अत्यधिक गर्मीका कारण शव सड्न थालेपछि दुर्गन्ध फैलिनुका साथै संक्रमण तथा महामारीको जोखिम बढेपछि सरकारले पहिचान नखुलेका शवलाई अस्थायी रूपमा जमिनमा गाड्ने निर्णय गरेको हो। प्रहरीका अनुसार रसुवामा १३, धादिङमा ४९, गोरखामा ५४, नवलपरासी पूर्वमा १५८, नुवाकोटमा ४१, चितवनमा २३३, तनहुँमा ३१ र नवलपरासी पश्चिममा ४७ शव फेला परेका छन्। सबै शवलाई लामो समयसम्म सुरक्षित राख्न… पुरा पढौ

रसुवाबाट उद्धार गरिएका लमजुङवासी घरतर्फ फर्किए

लमजुङ । रसुवाको बाढी–पहिरोबाट उद्धार गरी काठमाडौं ल्याइएका लमजुङका ११ जना नागरिकलाई सुरक्षित रूपमा घरतर्फ पठाइएको छ। उनीहरूलाई काठमाडौंमा खाना तथा बसोबासको व्यवस्था गरी आवश्यक लत्ताकपडासहित सुरक्षित रूपमा लमजुङतर्फ पठाइएको हो। माथिल्लो त्रिशूली जलविद्युत् आयोजना क्षेत्रमा बाढी–पहिरोका कारण फसेका उनीहरूलाई समन्वय तथा उद्धार टोलीको अथक प्रयासपछि हेलिकप्टरमार्फत त्रिशूली ल्याइएको थियो। त्यसपछि सम्बन्धित कम्पनीको व्यवस्थापनमा काठमाडौं ल्याई उनीहरूको खानाबस्ने व्यवस्था गरिएको थियो। लमजुङबाट प्रतिनिधिसभा सदस्य धर्मराज केसीका तर्फबाट खटिएको टोलीले काठमाडौंमा उनीहरूसँग भेट गरी स्वास्थ्य तथा अवस्थाबारे जानकारी लिएको थियो। टोलीले… पुरा पढौ

भोटेकोशी बाढीपीडितका लागि लमजुङका दम्पतीले गरे ५ लाख सहयोग

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि लमजुङका एक दम्पतीले ५ लाख रुपैयाँ सहयोग गरेका छन्। बेसीशहर नगरपालिका–१०, सालडाँडाका सुवास भण्डारी र पुष्पा अर्याल भण्डारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा ५ लाख रुपैयाँ जम्मा गरेका हुन्। रोजगारीका क्रममा दुवै जना हाल माल्टामा रहेका छन्। स्थायी घर सालडाँडा भएका भण्डारी दम्पती पछिल्लो समय चितवनको भरतपुर महानगरपालिका–११, पार्वतीपुरमा बस्दै आएका छन्। विदेशमा रहे पनि देशमा परेको विपद्को पीडामा साथ दिन आफूहरूले सहयोग गरेको उनीहरूले बताएका… पुरा पढौ

भोटेकोशी बाढीपछि राष्ट्रकवि माधवप्रसाद घिमिरेका जेठा छोरा इन्दिवर सम्पर्कविहीन

लमजुङ । रसुवाको भोटेकोशीमा बुधबार आएको भीषण बाढीपछि राष्ट्रकवि माधवप्रसाद घिमिरेका ज्येष्ठ सुपुत्र इन्जिनियर इन्दिवर घिमिरे सम्पर्कविहीन भएका छन्। नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको अपर त्रिशूली–३ बी जलविद्युत् आयोजनाका प्रोजेक्ट म्यानेजर घिमिरे बुधबार बिहानदेखि परिवारको सम्पर्कमा नरहेको जनाइएको छ। बाढीका कारण आयोजनाको क्षेत्रमा क्षति पुगेपछि उनको अवस्थाबारे परिवार चिन्तित बनेको छ। परिवारका अनुसार इन्दिवरको खोजी तथा उद्धार भइरहेको छ। परिवारले उनी सकुशल भेटिने आशा व्यक्त गरेको छ। इन्दिवर घिमिरेको पुर्ख्यौली घर लमजुङको मर्स्याङ्दी गाउँपालिका–६, बाहुनडाँडा हो। उनी पछिल्लो समय काठमाडौं महानगरपालिका–२६, कपुरधारामा… पुरा पढौ