समाचार

लमजुङमा चक्कु प्रहार गरी हत्या प्रयास गरेको आरोपमा एक पक्राउ

स्याम्पल फोटो, एआईबाट निर्मित लमजुङको बेसीशहरमा एक युवकलाई चक्कु प्रहार गरी गम्भीर घाइते बनाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार साउन १७ गते राति करिब ८ बजे बेसीशहर नगरपालिका–८ मजुवाखोलास्थित क्षेत्रमा भएको घटनामा झ्याङखोला निवासी ३२ वर्षीय साजन थापा मगरलाई पक्राउ गरिएको हो। प्रहरीका अनुसार साजन थापा मगरले मोरङको पथरीशनिश्चरे नगरपालिका–६ प्रगतीटोल स्थायी घर भई हाल बेसीशहर नगरपालिका–८ सेरामा बस्दै आएका ३० वर्षीय सनम तामाङमाथि धारिलो हतियार ९चक्कु० प्रहार गरेका थिए। चक्कु प्रहारबाट तामाङको… पुरा पढौ

बन्धक बनाई जबर्जस्ती चेक काट्न लगाएको आरोपमा एक पक्राउ

स्याम्पल फोटो, एआईबाट निर्मित लमजुङमा एक फार्म सञ्चालकलाई रातभर शरीर बन्धक बनाई कुटपिट तथा मानसिक यातना दिँदै जबर्जस्ती चेक काट्न लगाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार तनहुँको शुक्लागण्डकी नगरपालिका–६ निवासी ३३ वर्षीय अर्जुन खनाललाई शरीर बन्धक तथा आपराधिक लाभ ९एक्सटर्सन० सम्बन्धी कसुरमा पक्राउ गरी अनुसन्धान अघि बढाइएको हो। प्रहरीका अनुसार २०८३ जेठ २२ गते बेलुका करिब ७:३० बजेदेखि मध्यनेपाल नगरपालिका–१ जितास्थित ग्रिन ग्रो एग्रो फार्मका सञ्चालक भक्तपुर नगरपालिका–७ निवासी ५६ वर्षीय बलराम साँयजुलाई… पुरा पढौ

लमजुङ समाज माल्टाको नयाँ कार्यसमिति चयन, मनमोहन अधिकारी अध्यक्षमा निर्वाचित

माल्टामा रहेका लमजुङवासी नेपालीहरूको साझा संस्था लमजुङ समाज माल्टाको सन् २०२६ कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरिएको छ। नवगठित कार्यसमितिको अध्यक्षमा मनमोहन अधिकारी निर्वाचित हुनुभएको छ। आइतबार सम्पन्न पहिलो अधिबेसनबाट समितिको वरिष्ठ उपाध्यक्षमा चक्र गुरुङ र सोमराज गुरुङ, उपाध्यक्षमा विकास गुरुङ, विकास गुरुङ तथा विकास बोहोरा चयन हुनुभएको छ। महिला उपाध्यक्षमा रिया गुरुङ र यम कुमारी गुरुङ रहनुभएको छ। त्यसैगरी सचिवमा पवन घिमिरे तथा उपसचिवमा आशिष अधिकारी निर्वाचित हुनुभएको छ। सचिवमा निर्वाचित पवन घिमिरे नयाँदीप डट कम www.nayadip.com का माल्टा… पुरा पढौ

लमजुङमा शान्ति, सद्भाव र राष्ट्रिय एकताको सन्देश, बेँसीशहर र सुन्दरबजारमा सद्भाव र्‍याली

देशका विभिन्न भाग, विशेषगरी तराईका केही जिल्लामा पछिल्ला दिनमा देखिएका हिंसात्मक घटना, धार्मिक तथा सामाजिक तनाव र त्यसबाट भएको मानवीय क्षतिप्रति चिन्ता व्यक्त गर्दै लमजुङमा शान्ति, सद्भाव र राष्ट्रिय एकताको पक्षमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ। धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी भाइचारालाई थप मजबुत बनाउने उद्देश्यले ूभाषा, धर्म, संस्कारमा विविधता हाम्रो पहिचान, एकता हाम्रो प्रतिबद्धताू भन्ने नारासहित ॐकार परिवार लमजुङको आयोजनामा बेँसीशहरमा संयुक्त सद्भाव र्‍याली निकालिएको हो। र्‍यालीमा विश्व हिन्दु महासंघ लमजुङ, ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय राजयोग प्रशिक्षण केन्द्र… पुरा पढौ

जन्मदिनमा वृक्षारोपण गर्दै मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ

लमजुङको मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले आफ्नो जन्मदिन वृक्षारोपण गरेर मनाउनुभएको छ। साउन १५ मा परेको जन्मदिनको अवसरमा गाउँपालिका परिसरमा एभोकाडो तथा गुलमोहरका बिरुवा रोप्दै उहाँले वातावरण संरक्षण, हरियाली प्रवर्द्धन र दिगो विकासप्रतिको प्रतिबद्धता व्यक्त गर्नुभएको हो। वृक्षारोपण कार्यक्रममा गाउँपालिका जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाको सहभागिता रहेको थियो। कार्यक्रममा अध्यक्ष गुरुङले प्रकृतिको संरक्षण र स्वच्छ वातावरण निर्माणका लागि प्रत्येक नागरिकले वृक्षारोपणलाई जीवनशैलीसँग जोड्नुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले जन्मदिनजस्ता व्यक्तिगत खुसीका अवसरलाई सामाजिक तथा वातावरणीय हितसँग जोड्दा सकारात्मक सन्देश प्रवाह हुने बताउनुभयो। गाउँपालिकाले… पुरा पढौ

सेवा विस्तारसँगै एचडीसीएस–नमुना सामुदायिक अस्पतालमा बिरामीको आकर्षण बढ्यो

सेवा विस्तार, विशेषज्ञ चिकित्सकीय सेवा, आधुनिक स्वास्थ्य उपकरणको प्रयोग तथा समुदाय केन्द्रित स्वास्थ्य कार्यक्रमहरूको प्रभावकारी सञ्चालनसँगै लमजुङको सुन्दरबजारस्थित एचडीसीएस–नमुना सामुदायिक अस्पतालप्रति सेवाग्राहीको विश्वास उल्लेखनीय रूपमा बढेको छ। आर्थिक वर्ष २०८२र८३ मा अस्पतालमा उपचारका लागि आउने बिरामीको सङ्ख्या अघिल्लो वर्षको तुलनामा उल्लेख्य रूपमा वृद्धि भएको अस्पतालले जनाएको छ। अस्पतालका सूचना अधिकारी शोभा ठकुरीका अनुसार आर्थिक वर्ष २०८२र८३ मा अस्पतालले उपचारात्मक तथा प्रवर्द्धनात्मक स्वास्थ्य सेवामार्फत हजारौँ नागरिकलाई प्रत्यक्ष लाभ पुर्‍याएको छ। अस्पतालले नयाँ स्वास्थ्य सेवा थप्नुका साथै विद्यमान सेवाको गुणस्तरमा निरन्तर सुधार… पुरा पढौ

चैत मसान्तभित्र सबै विकास योजना सम्पन्न गर्ने लक्ष्यसहित मर्स्याङ्दीको कार्ययोजना सार्वजनिक

लमजुङको मर्स्याङ्दी गाउँपालिकाले आर्थिक वर्ष २०८३ र ८४ का विकास आयोजना समयमै सम्पन्न गराउने उद्देश्यले विस्तृत कार्यान्वयन कार्ययोजना लागू गरेको छ। गाउँकार्यपालिकाको नयाँ आर्थिक वर्षको पहिलो बैठकबाट स्वीकृत उक्त कार्ययोजनाले योजना छनोटदेखि निर्माण सम्पन्न र भुक्तानीसम्मका सम्पूर्ण प्रक्रिया निश्चित समयसीमाभित्र सम्पन्न गर्ने व्यवस्था गरेको हो। कार्ययोजनाअनुसार १५ लाख रुपैयाँभन्दा माथिका विकास योजनाको ठेक्का प्रक्रिया भदौ १५ गतेभित्र अघि बढाइनेछ। उपभोक्ता समितिमार्फत सञ्चालन हुने योजनाका लागि आवश्यक समिति गठन पनि यही अवधिभित्र पूरा गरिने गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताउनुभयो । त्यसैगरी,… पुरा पढौ

भानु र घाँसीको शालिक तोडफोड गर्ने एक जना पक्राउ

लमजुङको मध्यनेपाल नगरपालिका–४, दुईपिप्लेस्थित रिस्ती खोलाको पुल नजिक रहेको भानु घाँसी संवाद पार्कमा रहेका आदिकवि भानुभक्त आचार्य र प्रेरणादायी घाँसी खड्कबहादुर ठाडा मगरको शालिक तोडफोड गर्ने आरोपमा एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार साउन ७ गते राति करिब १०:३० बजे अज्ञात व्यक्तिले शालिकमा तोडफोड गरी क्षति पुर्‍याएका थिए। घटनापछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो। अनुसन्धानका क्रममा शालिक तोडफोडमा संलग्न रहेको आरोपमा तनहुँको व्यास नगरपालिका–७ स्थायी घर भएका ३४ वर्षीय रोशन कुँवरलाई साउन ८ गते इलाका प्रहरी… पुरा पढौ

वरिष्ठ लोकगायिका माया गुरुङको सम्मानमा ‘सांगीतिक साँझ–२०८३’ घोषणा

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति लमजुङले वरिष्ठ लोकगायिका माया गुरुङको सम्मानमा आयोजना गर्न लागिएको ‘सांगीतिक साँझ–२०८३’ कार्यक्रमको औपचारिक घोषणा गरेको छ। शनिबार बेसीशहरमा आयोजित पत्रकार सम्मेलनमार्फत कार्यक्रम सार्वजनिक गर्दै आयोजकले नेपाली लोकसंगीतको संरक्षण, स्रष्टाको सम्मान तथा नयाँ पुस्तालाई लोकसंस्कृतिप्रति आकर्षित गर्ने उद्देश्यका साथ विशेष सांगीतिक साँझ आयोजना गर्न लागिएको जनाएको हो। प्रतिष्ठानका अनुसार कार्यक्रम आगामी असोज १० गते बेसीशहरस्थित फुलबारी मञ्चमा आयोजना हुनेछ। कार्यक्रममा देशका चर्चित लोक तथा दोहोरी कलाकारहरूको प्रस्तुति रहनेछ भने वरिष्ठ लोकगायिका माया गुरुङको… पुरा पढौ

सहयोगी हातहरूको साथमा २४ वर्षदेखि ज्येष्ठ नागरिकको सहारा बन्दै सर्वोदय सेवाश्रम

लमजुङको सर्वोदय सेवाश्रमले आफ्नो २४औँ स्थापना दिवस वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन सार्वजनिक, शुभकामना आदानप्रदान तथा सहयोगी संस्था र व्यक्तिहरूलाई सम्मान गर्दै सम्पन्न गरेको छ। लमजुङ जिल्ला समन्वय समितिका प्रमुख पूर्णबहादुर गुरुङको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनाल, जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेत, सशस्त्र प्रहरी बलका प्रमुख विकास अधिकारी, प्रदेश अस्पताल लमजुङका अध्यक्ष विजय गुरुङ, ज्येष्ठ नागरिक संघ लमजुङका कोषाध्यक्ष हरिप्रसाद अधिकारी, विश्व हिन्दु महासंघ लमजुङका वरिष्ठ उपाध्यक्ष कमल अधिकारी, नमुना सामुदायिक अस्पताल… पुरा पढौ