राष्ट्रिय

लमजुङमा विकासको चर्को बहस: नेतृत्वको दाबी र नागरिकका प्रश्न

नेपाल लिडको ‘लिसन सिंहदरबार–समृद्धि यात्रा’अन्तर्गत लमजुङमा आयोजित बहसमा जिल्लाको विकास, पूर्वाधार, पर्यटन, रोजगारी र स्थानीय सरकारको कार्यसम्पादनबारे राजनीतिक नेतृत्व तथा नागरिकबीच चर्को बहस भएको छ। नेपाल लिडको ‘लिसन सिंहदरबार–समृद्धि यात्रा’अन्तर्गत वरिष्ठ पत्रकार राजेन्द्र बानियाँसहितको टोलीले लमजुङको बेसीशहरमा बहस कार्यक्रमको आयोजना गरेका हुन् । कार्यक्रममा लमजुङका सांसद धर्मराज केसीले सरकार गठन भएको छोटो समयमै ठूलो परिवर्तनको अपेक्षा गर्न नहुने बताए। उनले आफू कानून निर्माणका लागि निर्वाचित भए पनि जिल्लाका समस्या प्रत्यक्ष बुझेर समाधानका लागि पहल गरिरहेको उल्लेख गरे। विशेषगरी सुन्दरबजार–भोर्लेटार सडकको… पुरा पढौ

लमजुङमा प्रजिअ र पाँच अधिकारीबीच सम्झौता, शान्ति सुरक्षा, सुशासन, सेवा प्रवाहलाई प्राथमिकता दिने

जिल्ला प्रशासन कार्यालय लमजुङले सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र नतिजामुखी बनाउने उद्देश्यले चालु आर्थिक वर्षका लागि प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनाल र जिल्लाका पाँच अधिकारीबीच कार्यसम्पादन सम्झौता गरेको छ। प्रमुख जिल्ला अधिकारी खनालसँग सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेल, प्रशासकीय अधिकृत नवराज शर्मा दोरङ्गा, प्रशासकीय अधिकृत चन्द्रकान्त तिमिल्सिना, जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेत र सशस्त्र प्रहरी बल आश्रित गुल्म लमजुङका प्रहरी नायब उपरीक्षक विकास अधिकारीले कार्यसम्पादन सम्झौता गर्नुभएको हो। सम्झौतामा जिल्लाको शान्ति सुरक्षा कायम गर्ने,… पुरा पढौ

समाचारको प्रभाव : बेसीसहरमा अलपत्र वृद्धको उद्धार, प्रहरीको भूमिकामाथि स्थानीयको प्रश्न

लमजुङको बेसीसहर नगरपालिका–२ बोहराबेसीको अ‍ैसेलुको झाडीमा अलपत्र अवस्थामा फेला परेका ७२ वर्षीय तेजबहादुर गुरुङको बुधबार उद्धार गरिएको छ। गत असोज ३० गतेदेखि घरबाट हराइरहेका गुरुङ मंगलबार साँझ स्थानीयले अलपत्र अवस्थामा फेला पारेका थिए। बोल्नसमेत नसक्ने अवस्थामा भेटिएका गुरुङलाई स्थानीयले खाना खुवाएर राती पुष्पा धितालको घरमा राखेका थिए। त्यसपछि स्थानीयले प्रहरीलाई खबर गरी उनको उद्धार तथा व्यवस्थापनका लागि आग्रह गरेका थिए। स्थानीयका अनुसार खबर पाएपछि प्रहरी घटनास्थलमा पुगेको थियो। तर, गुरुङलाई देखेर पनि आवश्यक सहयोग नगरी प्रहरी फर्किएको स्थानीयको गुनासो छ।… पुरा पढौ

प्रधानमन्त्री शाहसँग मुख्यमन्त्री पाण्डेको भेट: सडकदेखि सीमा व्यवस्थापनसम्म ९ विषयमा ध्यानाकर्षण

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गरी प्रदेशसँग सम्बन्धित विभिन्न महत्वपूर्ण विषयमा संघीय सरकारको ध्यानाकर्षण गराउनुभएको छ। भेटका क्रममा मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशमा देखिएका विकास, पूर्वाधार, कानुनी तथा प्रशासनिक समस्याको समाधानका लागि संघीय सरकारबाट आवश्यक सहजीकरण र नीतिगत निर्णय हुनुपर्ने विषय उठाउनुभएको हो। मुख्यमन्त्री पाण्डेले नवलपरासी ९बर्दघाट–सुस्तापूर्व० को विनयी त्रिवेणी गाउँपालिकाअन्तर्गत दुम्किबासदेखि त्रिवेणीसम्मको हुलाकी मार्ग निर्माणलाई प्राथमिकताका साथ अघि बढाउन आग्रह गर्नुभएको छ। चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने करिब ८ किलोमिटर सडकखण्ड निर्माणका लागि आवश्यक… पुरा पढौ

क्व्होलासोथारमा पूर्वाधार योजना चैतभित्रै सम्पन्न गर्ने कार्ययोजना

लमजुङको क्व्होलासोथार गाउँपालिकाले आर्थिक वर्ष २०८३ र ८४ मा सञ्चालन हुने पूर्वाधार विकासका योजनाहरू निर्धारित समयमै सम्पन्न गर्ने लक्ष्यसहित कार्यतालिका तयार गरेको छ। गाउँपालिकाले ठूला आयोजनाको बोलपत्र आह्वानदेखि उपभोक्ता समिति गठन, योजना सम्झौता, निर्माण सम्पन्न र भुक्तानीसम्मका कामका लागि निश्चित समयसीमा तोकेको हो। गत शुक्रबार बसेको गाउँ कार्यपालिकाको बैठकले पारित गरेको कार्ययोजना सोमबार सार्वजनिक गरिएको हो। गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङका अनुसार भदौ मसान्तभित्र ठूला आयोजनाको बोलपत्र आह्वान र उपभोक्ता समिति गठन गर्ने लक्ष्य राखिएको छ। त्यसैगरी असोज मसान्तसम्म सबै योजनाको… पुरा पढौ

जन्मदिनमा वृक्षरोपण अभियान: केक काटेर बत्ती निभाउने संस्कारको विकल्प बन्दै

जन्मदिनलाई केवल व्यक्तिगत उत्सवका रूपमा नभई प्रकृति संरक्षण, सत्कर्म र सामाजिक उत्तरदायित्वसँग जोड्ने उद्देश्यले सुरु गरिएको ‘जन्मदिनमा वृक्षरोपण अभियान’ देश तथा विदेशमा विस्तार हुँदै गएको छ। जन्मदिनको अवसरमा केक काटेर मैनबत्ती निभाउने प्रचलनको विकल्पमा कम्तीमा एउटा बिरुवा रोपेर हुर्काउने संस्कारको विकास गर्ने उद्देश्यले सुरु गरिएको अभियानले अहिले वातावरण संरक्षणसँगै असल संस्कार र हरित संस्कृतिको सन्देश प्रवाह गरिरहेको छ। २०७५ साल मंसिर २९ गते अर्थात् १५ डिसेम्बर २०१८ मा ‘जन्मदिनमा वृक्षरोपण अभियान नेपाल’को औपचारिक शुभारम्भ गरिएको थियो। अभियानको मूल परिकल्पना मानिसको… पुरा पढौ

राष्ट्रिय युवा संघ लमजुङद्वारा रक्तदान कार्यक्रम आयोजना

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी लमजुङको आयोजनामा शनिबार बेसीशहरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। बेसीशहरस्थित नेकपा एमाले जिल्ला कार्यालय ‘मदन आश्रित भवन’मा कार्यक्रम आयोजना गरिएको हो। रगतको आवश्यकता परेका बिरामीहरूलाई सहज रूपमा रगत उपलब्ध गराउन सहयोग पुर्‍याउने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ। आकस्मिक अवस्था तथा उपचारका क्रममा रगत आवश्यक पर्ने बिरामीलाई समयमै रगत उपलब्ध गराउन रक्तदान महत्वपूर्ण हुने भएकाले सामाजिक उत्तरदायित्वका रूपमा कार्यक्रम आयोजना गरिएको बताइएको छ। कार्यक्रममा राष्ट्रिय युवा संघ लमजुङका २२ जना युवाले रक्तदान… पुरा पढौ

‘माया गुरुङ सांगीतिक साँझ’ सफल बनाउन लमजुङका संघसंस्थाको सामूहिक प्रतिबद्धता

लमजुङ सदरमुकाम बेँसीशहरमा आगामी असोज १० गते आयोजना हुने ‘माया गुरुङ सांगीतिक साँझ–२०८३’ सफल बनाउन जिल्लाका विभिन्न संघसंस्थाले सामूहिक प्रतिबद्धता जनाएका छन्। राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति लमजुङको आयोजनामा हुने सांगीतिक साँझलाई जिल्लाकै साझा सांस्कृतिक अभियानका रूपमा अघि बढाउने प्रतिबद्धता सहभागीहरूले जनाएका हुन्। शनिबार जिल्ला समन्वय समितिको सभाहलमा आयोजित अन्तरक्रिया तथा छलफल कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, विभिन्न जातीय तथा सामाजिक संघसंस्थाका प्रतिनिधि, महिला समूह तथा कला–संस्कृतिसँग सम्बन्धित संस्थाका प्रतिनिधिहरूले कार्यक्रम सफल बनाउन आवश्यक सहयोग गर्ने बताएका थिए।… पुरा पढौ

किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति, पक्राउविरुद्ध पत्रकार महासङ्घको धर्ना

काठमाडौं — जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठलाई अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ। न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले बुधबार श्रेष्ठमाथि अनुसन्धान गर्न तीन दिनको म्याद थपको अनुमति दिएको हो। श्रेष्ठलाई प्रहरीले बुधबार राति ललितपुरको नख्खुस्थित आफ्नै निवासबाट वैयक्तिक गोपनीयताको हननसम्बन्धी कसुरमा पक्राउ गरेको थियो। श्रेष्ठको पक्राउको विरोधमा नेपाल पत्रकार महासङ्घले जिल्ला प्रहरी परिसर काठमाडौं अगाडि धर्ना दिएको छ। महासङ्घले समाचार प्रकाशनको विषयलाई लिएर सम्पादकलाई पक्राउ गर्नु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको भन्दै… पुरा पढौ

देउवाको सन्देश: परिवर्तनको बाटो सरल हुँदैन, धैर्य र साहसका साथ अघि बढौँ

काठमाडौं — नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले स्वास्थ्य उपचारपछि सार्वजनिक सन्देश जारी गर्दै पछिल्लो राजनीतिक घटनाक्रमबाट आफूले महत्वपूर्ण पाठ सिकेको बताएका छन्। करिब पाँच महिनापछि स्वास्थ्य उपचार सकेर सार्वजनिक भएका देउवाले आफूलाई स्वास्थ्यलाभको कामना गर्ने तथा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेका छन्। उनले २०८२ सालका राजनीतिक घटनाक्रमले नेपाली राजनीतिमा नयाँ पुस्ता र परिवर्तनको चाहना थप बलियो बनाएको उल्लेख गरेका छन्। देउवाले नेपाली कांग्रेसको लामो राजनीतिक इतिहास, लोकतन्त्र र परिवर्तनका लागि पार्टीले गरेको योगदान स्मरण गर्दै आगामी दिनमा पनि जनताको… पुरा पढौ