राष्ट्रिय

पाठेघरको क्यान्सरबाट जोगिने एच.पि.भि खोप कार्यक्रम सुरु हुँदै

महिलामा देखिने पाठेघरको मुखको क्यान्सर रोकथामका लागि एच.पि.भि (ह्युमन पापिलोमा भाइरस) खोप कार्यक्रमको आयोजना गरिएको छ । एच.भि.पी खोप कार्यक्रम २०८२ को बारेमा प्रदेश स्वास्थ्य कार्यालय लमजुङले शुक्रबार अभिमुखीकरण कार्यक्रमको आयोजना गरी जानकारी गराएको हो । लमजुङ जिल्लाभित्रका सम्पूर्ण विद्यालयका कक्षा ६ मा अध्ययनरत बालबालिकाहरुलाई आगामी माघ २६ गते देखि २९ गतेसम्म एच.भि.पी खोप लगाइने तथा सो समयमा छुट भएका किशोरीहरुलाई फागुन १ गते देखि ३ गते सम्म प्रदेश अस्पताल लमजुङ खोप केन्द्रबाट खोप लगाउन सकिने कार्यक्रममा जानकारी गराइएको छ… पुरा पढौ

सबै कक्षा कोठामा डिजिटल माध्यममा पढाउने नगरपालिकाको लक्ष्य

लमजुङको बेसीशहर नगरपालिका अन्तरगतका सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षकहरुलाई सूचना प्रविधि सम्वन्धी प्रशिक्षक प्रशिक्षण कार्यक्रम प्रदान गरिएको छ । बेसीशहर नगरपालिकाकाको आयोजनामा विहिबार विद्यालयका आई.टी फोकल शिक्षकहरुका लागि शिक्षण सिकाइ क्रियाकलापमा प्रविधिको उपयोग सम्बन्धमा प्रशिक्षक प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो । बेसीशहर नगरपालिकाका उपप्रमुख पद्मा गुरुङको प्रमुख आतित्थ्यथा रहेको सो कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुमन अधिकारीले शिक्षण सिकाइमा सूचना प्रविधिको महत्वको बारेमा जानकारी गराउनुभएको थियो । प्रमुख अधिकारीले प्रविधि मैत्रि शिक्षण सिकाइ र अनुगमन कार्यक्रमको उद्धेश्यमा प्रकाश पार्दै दीर्घकालमा… पुरा पढौ

नवौं लमजुङ महोत्सवको अवसरमा मर्स्याङ्दी नदीमा र्याफ्टिङ, पर्यटकको आकर्षण बढ्दो

नवौं लमजुङ महोत्सवको अवसरमा लमजुङको मर्स्याङ्दी नदीमा सञ्चालन गरिएको र्याफ्टिङ कार्यक्रमले आन्तरिक तथा बाह्य पर्यटकको ध्यान तानेको छ। महोत्सवलाई थप आकर्षक बनाउने उद्देश्यले नदीमा साहसिक पर्यटन गतिविधि समावेश गरिएपछि बेसीशहर आसपासको क्षेत्र चहलपहलयुक्त बनेको छ। महोत्सव अवधिभर मस्र्याङ्दी नदीमा सुरक्षित रूपमा र्याफ्टिङको व्यवस्था गरिएको आयोजकले जनाएको छ। साहसिक खेलमा खेलमध्ये पर्ने र्याफटिङ लागि मर्सयाङदी नदी विश्वकै उत्कृष्ट १० मा पर्दछ । मर्स्याङ्दी नदीको विच विचमा बनेको जलविद्युत परियोजनाले अहिले यसको दुरी समेत घटाएको छ । महोत्सवको अवसरमा आयोजित र्याफ्टिङ लागि… पुरा पढौ

आज शहीद दिवश

देश र जनताका लागि शहादत प्रदान गर्ने शहीदहरूको सम्मानमा आज देशभर विभिन्न कार्यक्रमका साथ शहीद दिवस मनाइँदैछ । इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रतासहित जनताका पक्षमा भएका आन्दोलनमा मृत्युवरण गरेका वीर सपुतहरूको सम्मानमा आज विविध कार्यक्रमका साथ देशभर शहीद दिवस मनाइने परम्परा छ । प्रजातन्त्र, नागरिक अधिकार र स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौंको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा… पुरा पढौ

नवौं लमजुङ महोत्सवको एक हप्तासम्म ३० हजार दर्शकद्धारा अवालोकन

लमजुङको बेसीशहरमा जारी नवौं लमजुङ महोत्सवमा अहिलेसम्म ३० हजार भन्दा बढीले अवलोकन गरेका छन् । माघ ८ गतेबाट सञ्चालन भएको लमजुङ महोत्सवको एक हप्तामा ३० हजारले अलोकन गरेका आयोजकले जनाएको छ । लमजुङ महोत्सव चलिरहेको २ दिन सम्म मौसम परिवर्तन भएर पानी परेपछि महोत्सवका केही कार्यक्रम समेत स्थगगित गरिएको थियो । यसका कारण योजना अनुसार सोचेको जस्तो कारोबार हुन नसकेको आयोजक लमजुङ उद्योग बाणिज्य संघका अध्यक्ष भरत श्रेष्ठले बताउनुभयो । स्थानीय उत्पादनमा वृद्धि, उद्योग–व्यापार, व्यवसायमा उन्नतिः कला, संस्कृति र पर्यटन… पुरा पढौ

चिती साहित्य समाजको १५ औं स्थापनाका दिवसमा विभिन्न कार्यक्रम

लमजुङको बेसीशहर नगरपालिका वडा नं ११ चितिमा रहेको चिती साहित्य समाजको आफ्नो १५ औं स्थापना दिवस एबं बार्षिकोत्सव विभिनन कार्यक्रमका साथ सम्पन्न भएको छ। बेसीशहर कार्किडाँडा बरबोटबेसीमा रहेको जनगागृति बिद्यालयमा कार्यक्रम सम्पन्न भएको हो। सो अवसरमा बेसीशहर नगरपालिका वडा नं ११ भित्रका माध्यमिक र आधारभुत विद्यालयहरु विचमा सुशासनका लागि विद्यार्थीहरुको भुमिका विषयक कविता प्रतियोगितामा आयोजना गरिएको थियो । प्रतियोगितामा जनकल्याण माध्यमिक विद्यालय उदिपुरकी छात्रा स्वस्तिका जोशि प्रथम ,जनजागृति आधारभुत विद्यालयका अरुण परियार द्धितीय, लोकराज आदर्श माध्यमिक बिद्यालयकी छात्रा सर्मिला तामाङ… पुरा पढौ

मैले चिनेको गमप्रसाद गुरुङ

२०६२ देखि ०६४ साल सम्म लमजुङ जिल्लाको बेसीशहरमा रहको सेर्सोक नामक गैरसरकारी संस्थामा काम गर्ने जिम्मेवारी लिएपछि म गमप्रसाद गुरुङसँग अलि नजिक हुन पाए । उहाँ त्यस संस्थाको अध्यक्षको जिम्मेवारीमा हुनुहुन्थ्यो । संस्थामा रहँदा उहाँले खेलेको भूमिकाका कारण म आज पनि उहाँलाई सम्झिरहन्छु। उहाँको पहिचान गर्ने सम्झने गतिविधिहरू यस्ता छन् । पश्चिम लमजुङका बस्तीहरूमा महिला, गरिब, सीमान्तकृत तथा पिछडिएका समुदायको सहभागिता बढाउँदै नेतृत्व, व्यवस्थापन र निर्णय क्षमता विकासका लागि स्वावलम्बी समूह गठन गर्ने क्रममा संगै हिंडदा उहाँलाई सामाजिक सहजकर्ताको रूपमा… पुरा पढौ

नवौं लमजुङ महोत्सवको बेसीशहरमा सुरु, झाँकी र्यालीमा नेवा खल प्रथम

स्थानीय उत्पादनमा वृद्धि, उद्योग–व्यापार, व्यवसायमा उन्नतिः कला, संस्कृति र पर्यटन प्रवद्र्धन समग्र लमजुङको सम्वृद्धि भन्ने नाराका साथ नवौं लमजुङ महोत्सव २०८२ सुरु भएको छ । महोत्सवको एक समारोहका विच गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले उद्घाटन गर्नुभएको हो । कार्यक्रम उद्घाटन पूर्व विहिबार बेसीशहरको सेराबजारबाट निस्किएको विभिन्न जातजाती,, समुदाय, आमा समूह तथा विद्यार्थी लगायतको झाँकी जुलुस बेसीशहर बजार परिक्रमा गरी बेसीशहर नगरपालिका ७ सहजी खेलमैदानमा पुगेको थियो ।प्रर्दशन गरिएको झाँकी र्यालीमा बेसीशहर नेवा खल प्रथम भएको छ ।… पुरा पढौ

आचारसंहिताको पूर्ण रुपमा पालना गर्न प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय लमजुङले निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्न राजनीतिक दल, उम्मेदवार तथा सम्बन्धित पक्षलाई सचेत गराएको छ । जिल्ला प्रशासन कार्यालयले बिहीबार एक सूचना जारी गर्दै निर्वाचन आचारसंहिता २०८२ को कडाइका साथ कार्यान्वयन गर्न आग्रह गरेको हो ।सूचनामा स्थानीय प्रशासनको अनुमतिबिना सार्वजनिक स्थलमा जुलुस, आमसभा, कोणसभा वा कुनै किसिमको भेला गर्न नपाइने उल्लेख छ । साथै, यस्ता कार्यक्रम गर्नुअघि कम्तीमा २४ घण्टाअगावै स्थानीय प्रशासन र प्रहरीलाई मिति, समय, मार्ग तथा स्थानको जानकारी गराउनुपर्ने उल्लेख छ । एकै समयमा… पुरा पढौ

माघ २० गतेभित्र नागरिकका हातहतियार बुझाउन प्रशासन कार्यालयको अनुरोध

जिल्ला प्रशासन कार्यालय लमजुङले माघ २० गतेभित्र आफूसँग भएका इजाजतप्राप्त हातहतियार (बन्दुक) बुझाउन नागरिकलाई अनुरोध गरेको छ । कार्यालयले निर्वाचन नजिकियकाले एक सूचना जारी गर्दै आफूसगँ भएको हातहतियार बुझाउन अनुरोध गरेको हो । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित तथा शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन प्रशासनले हतियार बुझाउन आग्रह गरेको छ । निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउन माघ २० गते भन्दा अघि नै सबैखाले हतियार बुझाउन प्रसासनद्धारा निकालिएको सूचनामा आग्रह गरिएको छ । जिल्ला प्रशासन… पुरा पढौ