राष्ट्रिय

पत्रकार किशोर श्रेष्ठ पक्राउ, गोपनीयता उल्लंघनसम्बन्धी आरोपमा अनुसन्धान

काठमाडौँ — पत्रकार तथा ‘जनआस्था साप्ताहिक’का सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार उनलाई बुधबार साँझ ललितपुरस्थित निवासबाट पक्राउ गरिएको हो। श्रेष्ठविरुद्ध वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। उनलाई पक्राउ गर्न उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंको टोली परिचालन गरिएको थियो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेका अनुसार श्रेष्ठविरुद्ध एक जना व्यक्तिले उजुरी दिएका छन्। प्रहरीका अनुसार केही दिनअघि उनको सञ्चारमाध्यममा प्रकाशित भएको तस्बिरसँग सम्बन्धित विषयमा… पुरा पढौ

लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

एआइद्धारा निर्माण गरिएको फोटो लागूऔषध (गाँजा) कसूर मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक जना प्रतिवादीलाई लमजुङ प्रहरीले पक्राउ गरी कारागार चलान गरेको छ। पक्राउ पर्नेमा सुन्दरबजार नगरपालिका–७ माछापुच्छ्रे टोल स्थायी घर भएका ४५ वर्षीय रामशरण सापकोटा रहेका छन्। प्रहरीका अनुसार प्रहरी वरिष्ठ हवल्दाररप्रहरी वरिष्ठ नायब निरीक्षक हरी नारायण श्रेष्ठको जाहेरीले वादी नेपाल सरकार र प्रतिवादी रामशरण सापकोटा समेत रहेको लागूऔषध कसूर मुद्दामा लमजुङ जिल्ला अदालतबाट २०८१ चैत १२ गते भएको फैसला उच्च अदालत पोखराबाट २०८२ माघ १३ गते… पुरा पढौ

७५ वर्षीया काली सार्कीको ह-त्या आरोपमा अच्छामी पक्राउ

एआइद्धारा निर्मित फोटो लमजुङको राइनास नगरपालिका–६ फूलबारीमा ७५ वर्षीया काली सार्कीको हत्या भएको छ। हत्या आरोपमा प्रहरीले सोही ठाउँका ४८ वर्षीय प्रेम अच्छामीलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। प्रहरीका अनुसार गत साउन २३ गते राति करिब ९ बजे काली सार्की आफ्नै घरको कोठामा घाँटी काटिएको अवस्थामा मृत फेला परेकी थिइन्। घटनाबारे जानकारी पाएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा काली सार्कीसँग गाँजा किन्ने क्रममा पैसाको विषयमा विवाद भएको र सोही विवादपछि प्रेम अच्छामीले मृतककै घरमा रहेको हँसियाले उनको… पुरा पढौ

बुद्धिबहादुर हत्या प्रकरण विजय लामिछाने पुर्पक्षका लागि कारागार चलान

एआइद्धारा निर्मित फोटो बुद्धिबहादुर बोहरा हत्या आरोपमा पक्राउ परेका विजय लामिछानेलाई जिल्ला अदालत लमजुङले पुर्पक्षका लागि कारागार चलान गरेको छ। घटनामा लुटिएको सुनको गहना खरिद गरेको आरोपमा पक्राउ परेका दीपक सुनार भने १ लाख ६० हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्। आज मगंलबार जिल्ला अदालत लमजुङमा प्रतिवादीद्वयको बयान कार्य सम्पन्न भएपछि माननीय न्यायाधीश शिशिरराज ढकालको इजलासले विजय लामिछानेलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। लमजुङ बेसीशहर नगरपालिका–८ दनाईफाँटका ५७ वर्षीय बुद्धिबहादुर बोहरा गत असार २२ गतेदेखि हराएका… पुरा पढौ

हजारौँ दर्शकको सहभागितामा छैटौँ हामखोला झरना महोत्सव

लमजुङको मर्स्याङ्दी गाउँपालिका–८, भुलभुलेस्थित पर्यटकीय हामखोला झरनाको प्रवर्द्धन तथा संरक्षण गर्ने उद्देश्यले आयोजना गरिएको छैटौँ हामखोला झरना महोत्सव–२०८३ शनिबार र आइतबार गरी दुई दिन सञ्चालन भएर सम्पन्न भएको छ। महोत्सवको अन्तिम दिन आइतबार हामखोला झरना अवलोकन तथा महोत्सवमा सहभागी हुन हजारौँ दर्शक तथा पर्यटकहरू मर्स्याङ्दी गाउँपालिका–८ भुलभुले पुगेका थिए। जिल्लाका विभिन्न स्थानसँगै आसपासका क्षेत्रबाट समेत उल्लेख्य संख्यामा दर्शकहरू महोत्सवमा सहभागी भएका थिए। महोत्सवमा स्थानीय कला, संस्कृति, खानाका परिकार तथा स्थानीय उत्पादनको प्रदर्शनीसँगै विभिन्न सांगीतिक तथा मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गरिएको थियो।… पुरा पढौ

हङकङबाट लमजुङका दुई पीडित परिवारलाई साढे ८ लाख सहयोग

हङकङमा रहेका लमजुङवासीले जिल्लाका दुई पीडित परिवारलाई कुल ८ लाख ५७ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन्। लमजुङ सेवा समिति हङकङ सम्पर्क समिति लमजुङले सोमबार बेसीशहरस्थित रेडियो मर्स्याङ्दीको कार्यालयमा आयोजित कार्यक्रममा बेसीशहर नगरपालिका–५ नाल्मा गैरी गाउँका मुखको क्यान्सरबाट पीडित ७० वर्षीय सुरेन्द्रकुमार गुरुङ र बेसीशहर नगरपालिका–१० बाँझाखेत रातमाटाका पहिरोमा ज्यान गुमाएका लगनध्वज गुरुङको परिवारलाई जनही ४ लाख २८ हजार ५ सय रुपैयाँका दरले सहयोग रकम हस्तान्तरण गरेको हो। समितिका अनुसार सुरेन्द्रकुमार गुरुङको उपचारका लागि तथा मृतक लगनध्वज गुरुङको परिवारलाई… पुरा पढौ

बन्धक बनाई जबर्जस्ती चेक काट्न लगाएको आरोपमा एक पक्राउ

स्याम्पल फोटो, एआईबाट निर्मित लमजुङमा एक फार्म सञ्चालकलाई रातभर शरीर बन्धक बनाई कुटपिट तथा मानसिक यातना दिँदै जबर्जस्ती चेक काट्न लगाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार तनहुँको शुक्लागण्डकी नगरपालिका–६ निवासी ३३ वर्षीय अर्जुन खनाललाई शरीर बन्धक तथा आपराधिक लाभ ९एक्सटर्सन० सम्बन्धी कसुरमा पक्राउ गरी अनुसन्धान अघि बढाइएको हो। प्रहरीका अनुसार २०८३ जेठ २२ गते बेलुका करिब ७:३० बजेदेखि मध्यनेपाल नगरपालिका–१ जितास्थित ग्रिन ग्रो एग्रो फार्मका सञ्चालक भक्तपुर नगरपालिका–७ निवासी ५६ वर्षीय बलराम साँयजुलाई… पुरा पढौ

लमजुङ समाज माल्टाको नयाँ कार्यसमिति चयन, मनमोहन अधिकारी अध्यक्षमा निर्वाचित

माल्टामा रहेका लमजुङवासी नेपालीहरूको साझा संस्था लमजुङ समाज माल्टाको सन् २०२६ कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरिएको छ। नवगठित कार्यसमितिको अध्यक्षमा मनमोहन अधिकारी निर्वाचित हुनुभएको छ। आइतबार सम्पन्न पहिलो अधिबेसनबाट समितिको वरिष्ठ उपाध्यक्षमा चक्र गुरुङ र सोमराज गुरुङ, उपाध्यक्षमा विकास गुरुङ, विकास गुरुङ तथा विकास बोहोरा चयन हुनुभएको छ। महिला उपाध्यक्षमा रिया गुरुङ र यम कुमारी गुरुङ रहनुभएको छ। त्यसैगरी सचिवमा पवन घिमिरे तथा उपसचिवमा आशिष अधिकारी निर्वाचित हुनुभएको छ। सचिवमा निर्वाचित पवन घिमिरे नयाँदीप डट कम www.nayadip.com का माल्टा… पुरा पढौ

लमजुङमा शान्ति, सद्भाव र राष्ट्रिय एकताको सन्देश, बेँसीशहर र सुन्दरबजारमा सद्भाव र्‍याली

देशका विभिन्न भाग, विशेषगरी तराईका केही जिल्लामा पछिल्ला दिनमा देखिएका हिंसात्मक घटना, धार्मिक तथा सामाजिक तनाव र त्यसबाट भएको मानवीय क्षतिप्रति चिन्ता व्यक्त गर्दै लमजुङमा शान्ति, सद्भाव र राष्ट्रिय एकताको पक्षमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ। धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी भाइचारालाई थप मजबुत बनाउने उद्देश्यले ूभाषा, धर्म, संस्कारमा विविधता हाम्रो पहिचान, एकता हाम्रो प्रतिबद्धताू भन्ने नारासहित ॐकार परिवार लमजुङको आयोजनामा बेँसीशहरमा संयुक्त सद्भाव र्‍याली निकालिएको हो। र्‍यालीमा विश्व हिन्दु महासंघ लमजुङ, ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय राजयोग प्रशिक्षण केन्द्र… पुरा पढौ

जन्मदिनमा वृक्षारोपण गर्दै मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ

लमजुङको मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले आफ्नो जन्मदिन वृक्षारोपण गरेर मनाउनुभएको छ। साउन १५ मा परेको जन्मदिनको अवसरमा गाउँपालिका परिसरमा एभोकाडो तथा गुलमोहरका बिरुवा रोप्दै उहाँले वातावरण संरक्षण, हरियाली प्रवर्द्धन र दिगो विकासप्रतिको प्रतिबद्धता व्यक्त गर्नुभएको हो। वृक्षारोपण कार्यक्रममा गाउँपालिका जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाको सहभागिता रहेको थियो। कार्यक्रममा अध्यक्ष गुरुङले प्रकृतिको संरक्षण र स्वच्छ वातावरण निर्माणका लागि प्रत्येक नागरिकले वृक्षारोपणलाई जीवनशैलीसँग जोड्नुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले जन्मदिनजस्ता व्यक्तिगत खुसीका अवसरलाई सामाजिक तथा वातावरणीय हितसँग जोड्दा सकारात्मक सन्देश प्रवाह हुने बताउनुभयो। गाउँपालिकाले… पुरा पढौ