राष्ट्रिय

सेवा विस्तारसँगै एचडीसीएस–नमुना सामुदायिक अस्पतालमा बिरामीको आकर्षण बढ्यो

सेवा विस्तार, विशेषज्ञ चिकित्सकीय सेवा, आधुनिक स्वास्थ्य उपकरणको प्रयोग तथा समुदाय केन्द्रित स्वास्थ्य कार्यक्रमहरूको प्रभावकारी सञ्चालनसँगै लमजुङको सुन्दरबजारस्थित एचडीसीएस–नमुना सामुदायिक अस्पतालप्रति सेवाग्राहीको विश्वास उल्लेखनीय रूपमा बढेको छ। आर्थिक वर्ष २०८२र८३ मा अस्पतालमा उपचारका लागि आउने बिरामीको सङ्ख्या अघिल्लो वर्षको तुलनामा उल्लेख्य रूपमा वृद्धि भएको अस्पतालले जनाएको छ। अस्पतालका सूचना अधिकारी शोभा ठकुरीका अनुसार आर्थिक वर्ष २०८२र८३ मा अस्पतालले उपचारात्मक तथा प्रवर्द्धनात्मक स्वास्थ्य सेवामार्फत हजारौँ नागरिकलाई प्रत्यक्ष लाभ पुर्‍याएको छ। अस्पतालले नयाँ स्वास्थ्य सेवा थप्नुका साथै विद्यमान सेवाको गुणस्तरमा निरन्तर सुधार… पुरा पढौ

चैत मसान्तभित्र सबै विकास योजना सम्पन्न गर्ने लक्ष्यसहित मर्स्याङ्दीको कार्ययोजना सार्वजनिक

लमजुङको मर्स्याङ्दी गाउँपालिकाले आर्थिक वर्ष २०८३ र ८४ का विकास आयोजना समयमै सम्पन्न गराउने उद्देश्यले विस्तृत कार्यान्वयन कार्ययोजना लागू गरेको छ। गाउँकार्यपालिकाको नयाँ आर्थिक वर्षको पहिलो बैठकबाट स्वीकृत उक्त कार्ययोजनाले योजना छनोटदेखि निर्माण सम्पन्न र भुक्तानीसम्मका सम्पूर्ण प्रक्रिया निश्चित समयसीमाभित्र सम्पन्न गर्ने व्यवस्था गरेको हो। कार्ययोजनाअनुसार १५ लाख रुपैयाँभन्दा माथिका विकास योजनाको ठेक्का प्रक्रिया भदौ १५ गतेभित्र अघि बढाइनेछ। उपभोक्ता समितिमार्फत सञ्चालन हुने योजनाका लागि आवश्यक समिति गठन पनि यही अवधिभित्र पूरा गरिने गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताउनुभयो । त्यसैगरी,… पुरा पढौ

भानु र घाँसीको शालिक तोडफोड गर्ने एक जना पक्राउ

लमजुङको मध्यनेपाल नगरपालिका–४, दुईपिप्लेस्थित रिस्ती खोलाको पुल नजिक रहेको भानु घाँसी संवाद पार्कमा रहेका आदिकवि भानुभक्त आचार्य र प्रेरणादायी घाँसी खड्कबहादुर ठाडा मगरको शालिक तोडफोड गर्ने आरोपमा एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार साउन ७ गते राति करिब १०:३० बजे अज्ञात व्यक्तिले शालिकमा तोडफोड गरी क्षति पुर्‍याएका थिए। घटनापछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो। अनुसन्धानका क्रममा शालिक तोडफोडमा संलग्न रहेको आरोपमा तनहुँको व्यास नगरपालिका–७ स्थायी घर भएका ३४ वर्षीय रोशन कुँवरलाई साउन ८ गते इलाका प्रहरी… पुरा पढौ

वृक्षरोपण अभियानलाई रोटरी क्लबको साथ

जन्मदिनमा वृक्षरोपण अभियान नेपाललाई रोटरी क्लब लमजुङले साथ दिने भएको छ। २०८३ साउन ७ गते रोटरी क्लब लमजुङका संस्थापक सदस्य, लमजुङ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा आदिवासी जनजाति महासंघ लमजुङका अध्यक्ष रामकुमार श्रेष्ठको शुभ जन्मदिनको अवसरमा आदिवासी जनजाति महासंघ लमजुङको भवन परिसरमा वृक्षरोपण कार्यक्रम आयोजना गरिएको थियो। सोही अवसरमा क्लबले अब आफ्ना प्रत्येक सदस्यको जन्मदिन वृक्षरोपण गरेर मनाउने निर्णय गरेको छ। आफ्नो जन्मदिनमा वृक्षरोपण गर्दै संस्थापक सदस्य श्रेष्ठले अबदेखि प्रत्येक जन्मदिन फजुल खर्च र तडकभडक नगरी प्रकृति तथा वातावरण संरक्षणमा… पुरा पढौ

विश्व नवनिर्माण र शान्तिका लागि ऐतिहासिक दिन

ऐतिहासिक दिन २०७५ मंसिर २९ (१५ डिसेम्बर २०१८) मा "जन्मदिनमा वृक्षरोपण अभियान नेपाल" को शुभारम्भ भयो। यस अभियानको मूल उद्देश्य मानिसको पृथ्वीमा अवतरण भएको दिन अर्थात् शुभ जन्मदिनलाई प्रकृतिसँग, सत्कर्मसँग र पुण्यकर्मसँग जोड्दै प्रत्येक व्यक्तिले आफ्नो जन्मदिनमा कम्तीमा एउटा बिरुवा रोप्ने संस्कार स्थापित गर्नु हो। अभियानले प्रकृतिको दोहनलाई निरुत्साहित गर्दै हराभरा वातावरण, स्वच्छ जल, स्वच्छ जमिन र स्वच्छ वायुमण्डल निर्माण गर्ने लक्ष्य लिएको छ। बढ्दो प्रदूषण न्यूनीकरण, पृथ्वीको तापक्रम घटाउने प्रयास, प्राणीमैत्री वातावरण निर्माण तथा पवित्र विचार, असल कर्म र… पुरा पढौ

आजबाट मनसुन थप सक्रिय हुँदै, लमजुङका जोखिमपूर्ण सडकमा रात्रिकालीन यातायात बन्द

मनसुन प्रणाली थप सक्रिय भएसँगै बाढी तथा पहिरोको जोखिम बढेपछि लमजुङका जोखिमपूर्ण सडक खण्डमा रात्रिकालीन सवारी आवतजावतमा रोक लगाइएको छ। जिल्ला प्रहरी कार्यालय लमजुङले जिल्ला सुरक्षा समिति लमजुङको निर्णयअनुसार जोखिमयुक्त सडक खण्डमा रातिको समयमा सवारी सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाएको जनाएको छ। अविरल वर्षाका कारण पहिरो खस्ने, सडक अवरुद्ध हुने र यात्रुहरू बीच बाटोमै अलपत्र पर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै सुरक्षा सतर्कता अपनाइएको हो। जल तथा मौसम विज्ञान विभागले आज साउन २ गते देखि ५ गते सम्म मनसुन थप सक्रिय हुने… पुरा पढौ

वर्षे बिदा र बाल्यकाल

उबेला वर्षे बिदाको महत्व छुट्टै हुन्थ्यो, जुन आज पनि स्मृतिमा ताजै रहेको छ। जेठको अन्तिमतिर परीक्षा सकिएलगत्तै असारदेखि साउनको अन्त्यसम्म गरी करिब दुई महिना लामो वर्षे बिदा हुन्थ्यो। भदौ १ गतेबाट मात्र विद्यालय खुल्थ्यो। बिदा सुरु भएलगत्तै सुरु हुन्थ्यो हाम्रो दुई महिनाको वर्षे बिदाको दिनचर्या। ग्रामीण परिवेश र कृषि नै मुख्य आयस्रोत भएकाले असार र साउनलाई विशेष महत्व दिइन्थ्यो। माना रोपेर मुरी उब्जाउने बेला भएकाले बालकदेखि वृद्धसम्म सबैका आ–आफ्नै कार्य विभाजन हुन्थे। घरभन्दा पल्लो गाउँमा रहेको सरस्वती मिलन प्राथमिक विद्यालयमा… पुरा पढौ

दुर्घटनामा परेका मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ थप उपचारका लागि काठमाडौं प्रस्थान

लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ जल्केनीमा शनिबार गाउँपालिकाको बोलेरो जिप दुर्घटनामा परी घाइते भएका मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ थप उपचारका लागि काठमाडौं प्रस्थान गरेका छन्। दुर्घटनापछि अध्यक्ष गुरुङलाई तत्काल प्रदेश अस्पताल, लमजुङ लगेर उपचार गरिएको थियो। चिकित्सकीय परीक्षणका क्रममा उनको ढाड र टाउकोमा सामान्य चोट तथा दुखाइ देखिएपछि थप उपचारका लागि शनिबार दिउँसो काठमाडौं प्रस्थान गरेका हुन्। शनिबार बिहान करिब ११ः२५ बजे बेसीशहर–चामे सडकखण्डअन्तर्गत जल्केनीमा गाउँपालिकाको ग १ झ ३३१ नम्बरको बोलेरो जिप सडकबाट करिब ४० मिटर तल मर्स्याङ्दी नदी किनारतर्फ… पुरा पढौ

सुनको लोभमा मिल्ने साथीको हत्या, मुख्य अभियुक्त पक्राउ, बिलबिनाको सुन किन्ने व्यवसायी पनि नियन्त्रणमा

लमजुङको बेसीशहर नगरपालिका– १ स्थित आकाशेडाँडामाथिको भिरपानी सामुदायिक वनमा मृत फेला परेका ५७ वर्षीय बुद्धिबहादुर बोहोराको हत्या गरी सुनका गहना लुट्ने घटनाका मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय लमजुङले बुधबार पत्रकार भेटघाट कार्यक्रम आयोजना गरी घटनाबारे जानकारी दिएको हो। कार्यक्रममा प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले अनुसन्धानका क्रममा बोहोराको हत्या सुनका गहना लुट्ने उद्देश्यले गरिएको खुलासा भएको जानकारी दिनुभयो। प्रहरीका अनुसार बेसीशहर ८ दनाईफाँटमा बसोबास गर्दै आएका बुद्धिबहादुर बोहरा गत असार २२ गते हराएका थिए भने… पुरा पढौ

भानु जयन्तीका अवसरमा लक्ष्मीनारायण पुस्तकालयमा कवितावाचन प्रतियोगिता

लमजुङको बेसीशहरस्थित श्री लक्ष्मीनारायण सामुदायिक पुस्तकालयले २१५औँ भानु जयन्तीका अवसरमा खुला कवितावाचन प्रतियोगिता तथा प्रवचन गोष्ठी आयोजना गरेको छ। महिलाहरुका विचमा मात्रै आयोजना गरिएको खुला कवितावाचन प्रतियोगितामा अमृता घिमिरे प्रथम, कमला केसी द्वितीय, कमला दनाई तृतीय तथा सृजना बराल सान्त्वना हुनुभएको थियो। विजेताहरूलाई प्रमाणपत्रसहित पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा वक्ताहरूले आदिकवि भानुभक्त आचार्यको व्यक्तित्व र कृतित्वका साथै नेपाली भाषा, साहित्य तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनमा उहाँले पुर्‍याउनुभएको योगदानबारे चर्चा गर्नुभएको थियो। यस्ता साहित्यिक कार्यक्रमले नयाँ पुस्तामा साहित्यप्रतिको रुचि… पुरा पढौ