स्वास्थ्य

शव गाड्ने निर्णय किन गरियो? आफन्तले कसरी पाउँछन् ?

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि विभिन्न जिल्लामा फेला परेका शवको संख्या ६ सय नाघेको छ। अधिकांश शवको अझै पहिचान हुन सकेको छैन। अत्यधिक गर्मीका कारण शव सड्न थालेपछि दुर्गन्ध फैलिनुका साथै संक्रमण तथा महामारीको जोखिम बढेपछि सरकारले पहिचान नखुलेका शवलाई अस्थायी रूपमा जमिनमा गाड्ने निर्णय गरेको हो। प्रहरीका अनुसार रसुवामा १३, धादिङमा ४९, गोरखामा ५४, नवलपरासी पूर्वमा १५८, नुवाकोटमा ४१, चितवनमा २३३, तनहुँमा ३१ र नवलपरासी पश्चिममा ४७ शव फेला परेका छन्। सबै शवलाई लामो समयसम्म सुरक्षित राख्न… पुरा पढौ

रसुवाबाट उद्धार गरिएका लमजुङवासी घरतर्फ फर्किए

लमजुङ । रसुवाको बाढी–पहिरोबाट उद्धार गरी काठमाडौं ल्याइएका लमजुङका ११ जना नागरिकलाई सुरक्षित रूपमा घरतर्फ पठाइएको छ। उनीहरूलाई काठमाडौंमा खाना तथा बसोबासको व्यवस्था गरी आवश्यक लत्ताकपडासहित सुरक्षित रूपमा लमजुङतर्फ पठाइएको हो। माथिल्लो त्रिशूली जलविद्युत् आयोजना क्षेत्रमा बाढी–पहिरोका कारण फसेका उनीहरूलाई समन्वय तथा उद्धार टोलीको अथक प्रयासपछि हेलिकप्टरमार्फत त्रिशूली ल्याइएको थियो। त्यसपछि सम्बन्धित कम्पनीको व्यवस्थापनमा काठमाडौं ल्याई उनीहरूको खानाबस्ने व्यवस्था गरिएको थियो। लमजुङबाट प्रतिनिधिसभा सदस्य धर्मराज केसीका तर्फबाट खटिएको टोलीले काठमाडौंमा उनीहरूसँग भेट गरी स्वास्थ्य तथा अवस्थाबारे जानकारी लिएको थियो। टोलीले… पुरा पढौ

भोटेकोशी बाढीपीडितका लागि लमजुङका दम्पतीले गरे ५ लाख सहयोग

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि लमजुङका एक दम्पतीले ५ लाख रुपैयाँ सहयोग गरेका छन्। बेसीशहर नगरपालिका–१०, सालडाँडाका सुवास भण्डारी र पुष्पा अर्याल भण्डारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा ५ लाख रुपैयाँ जम्मा गरेका हुन्। रोजगारीका क्रममा दुवै जना हाल माल्टामा रहेका छन्। स्थायी घर सालडाँडा भएका भण्डारी दम्पती पछिल्लो समय चितवनको भरतपुर महानगरपालिका–११, पार्वतीपुरमा बस्दै आएका छन्। विदेशमा रहे पनि देशमा परेको विपद्को पीडामा साथ दिन आफूहरूले सहयोग गरेको उनीहरूले बताएका… पुरा पढौ

भोटेकोशीको भेलपछि: अब कसले जवाफ दिने ?

भोटेकोशीमा उर्लिएको भेलले रसुवाको भूगोल मात्र हल्लाएको छैन, धेरै परिवारको जीवनमा कहिल्यै नमेटिने पीडाको छाप छोडेको छ। एकैछिनको प्राकृतिक प्रकोपले घर, सडक, पुल र संरचना बगाउँदा मानिसले फेरि एउटा कठोर सत्य सामना गर्नुपरेको छ—विपद् प्रकृतिबाट आउँछ, तर त्यसले निम्त्याउने क्षतिको मात्रा हाम्रो तयारी र निर्णयले निर्धारण गर्छ। आज भोटेकोशीको किनारमा बाँकी रहेका भग्नावशेष हेर्दा एउटा प्रश्नले पछ्याउँछ—हामीले विकासका नाममा जोखिमलाई कति नजिक बोलायौँरु नदीको स्वभाव, पहाडको संवेदनशीलता र भूगोलको सीमालाई बेवास्ता गर्दै बनाइएका संरचनाले प्राकृतिक शक्तिसामु हामी कति कमजोर रहेछौँ… पुरा पढौ

अपी पावर र दिव्यज्योति हाइड्रोले बाढीपीडितका लागि ४० लाख सहयोग

लमजुङ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउन अपी पावर कम्पनी लिमिटेड र उसको सहायक कम्पनी दिव्यज्योति हाइड्रोपावर लिमिटेडले ४० लाख रुपैयाँ सहयोग गरेका छन्। दुवै कम्पनीले बिहीबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरेका हुन्। अपी पावरले ३५ लाख रुपैयाँ र दिव्यज्योति हाइड्रोपावरले ५ लाख रुपैयाँ गरी कुल ४० लाख रुपैयाँ सहयोग उपलब्ध गराएका हुन्। अपी पावर कम्पनीका निर्देशक सञ्जीव न्यौपानेले विपद्को कठिन परिस्थितिमा नागरिकको जीवनरक्षा, उद्धार, राहत र पुनःस्थापनाका… पुरा पढौ

रसुवा भोटेकोशी बाढीपीडितका लागि मध्यनेपाल नगरपालिकाले ५ लाख सहयोग गर्ने

लमजुङ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि लमजुङको मध्यनेपाल नगरपालिकाले ५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। नगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आफ्नो विपद् व्यवस्थापन कोषबाट उक्त रकम जम्मा गर्ने जनाएको हो। नगरपालिकाले बिहीबार जारी गरेको विज्ञप्तिमार्फत रसुवाबाट सुरु भएको बाढीपहिरोले नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन हुँदै नवलपरासीसम्म पुर्‍याएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ। नगरपालिका प्रमुख रमेशकुमार पाण्डेद्वारा जारी विज्ञप्तिमा विपद्मा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति… पुरा पढौ

मर्स्याङ्दी गाउँपालिकाका जनप्रतिनिधिले आधा महिनाको सेवा सुविधा बाढीपीडितलाई दिने

लमजुङ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै लमजुङको मर्स्याङ्दी गाउँपालिकाका जनप्रतिनिधिले आफ्नो आधा महिनाको सेवा सुविधा बाढीपीडितको राहतका लागि उपलब्ध गराउने भएका छन्। गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बिहीबार जारी गरेको अपिलमार्फत बाढीमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकमा रहेका परिवारजनप्रति समवेदना प्रकट गरिएको छ। साथै, बाढीका कारण घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ। अपिलमा विपद्को यस्तो संवेदनशील अवस्थामा प्रभावित नागरिकलाई राहत तथा सहयोग गर्नु सबैको साझा जिम्मेवारी भएको उल्लेख गरिएको छ।… पुरा पढौ

रसुवाको बाढीपछि लमजुङका आठ जनाभन्दा बढी सम्पर्कविहीन, खोजी गर्न परिवारको आग्रह

लमजुङ । रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि लमजुङका विभिन्न पालिकाका आठ जनाभन्दा बढी व्यक्ति सम्पर्कविहीन भएका छन्। बाढी आएपछि उनीहरूसँग सम्पर्क हुन नसकेको भन्दै परिवारजनले खोजी तथा उद्धारका लागि सम्बन्धित निकायसँग आग्रह गरेका छन्। सम्पर्कविहीन हुनेमा मस्र्याङ्दी गाउँपालिका–९ का सशस्त्र प्रहरीमा कार्यरत युवराज भण्डारी, मस्र्याङ्दी गाउँपालिका–३ की तथा माथिल्लो त्रिशूली–३ मा कार्यरत रमिला भण्डारी रहेका छन्। त्यस्तै, बेँसीशहर नगरपालिका–११ चितीका झपटबहादुर घर्ती र उनकी श्रीमती राधिका घर्ती, दोर्दी गाउँपालिका–६ पैरखोलाका राजकुमार तामाङ, राइनास नगरपालिका–९ साततलेका राजन थापा, बेँसीशहर… पुरा पढौ

बाढी प्रभावितको राहतका लागि कर्मचारीको तलबबाट १० दिनसम्मको रकम कट्टा हुने

रसुवाको भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा भदौ १० गते आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउन संघीय सरकारका कर्मचारीले आफ्नो तलबबाट निश्चित रकम योगदान गर्ने भएका छन्। मुख्य सचिवको नेतृत्वमा बसेको सचिव बैठकको निर्णयअनुसार संघीय सरकारका कर्मचारीको भदौ महिनाको तलबबाट कर्मचारीको श्रेणीअनुसार २ देखि १० दिन बराबरसम्मको रकम कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ। निर्णयअनुसार श्रेणीविहीन कर्मचारीको २ दिन, राजपत्र अनंकित वा सोसरहका कर्मचारीको ५ दिन, राजपत्रांकित तृतीय र द्वितीय श्रेणीका कर्मचारीको… पुरा पढौ

समावेशी स्वास्थ्य सेवाबारे स्वास्थ्यकर्मीलाई अभिमुखीकरण

लमजुङका स्वास्थ्यकर्मीलाई दृष्टिविहीन तथा अपांगता भएका व्यक्तिका लागि समावेशी स्वास्थ्य सेवा प्रवाहमा रहेका सरकारी प्रावधानबारे अभिमुखीकरण गराइएको छ। स्वास्थ्य सेवामा अपांगता भएका व्यक्तिको सहज र समान पहुँच सुनिश्चित गर्ने उद्देश्यले नेपाल नेत्रहीन संघ समावेशी विकासका लागि कार्य र लमजुङ नेत्रहीन संघको आयोजनामा बुधबार बेँसीशहरमा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो। जिल्लाका स्वास्थ्यकर्मीहरुका लागि समावेशी स्वास्थ्य सेवा प्रवाहमा सरकारी प्रावधानसम्बन्धी अभिमुखीकरण कार्यक्रममा दृष्टिविहीन तथा अपांगता भएका व्यक्तिले स्वास्थ्य सेवा लिँदा आवश्यक पर्ने व्यवहारिक सहजीकरण, स्वास्थ्यकर्मीले अपनाउनुपर्ने व्यवहार तथा स्वास्थ्य संस्थालाई अपांगतामैत्री बनाउने… पुरा पढौ