स्वास्थ्य

घरमै भरुवा बन्दुक बनाउँदै गरेको आरोपमा दुई पक्राउ

एआइ निर्मित फोटो लमजुङको राइनास नगरपालिका–९ साउनेपानीमा घरमै भरुवा बन्दुक बनाउँदै गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्थानीय ५७ वर्षीय प्रेम विनोद कामी विश्वकर्मा र ४३ वर्षीय दिलबहादुर विक रहेका छन्। गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भोटेओडार र प्रहरी चौकी तार्कुघाटबाट खटिएको संयुक्त टोलीले विश्वकर्माको घरमा खानतलासी गरेको थियो। त्यसक्रममा बन्दुक बनाउन प्रयोग हुने विभिन्न सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घरबाट बन्दुकका बट बनाउन तयार पारिएका काठ ५ थान, ब्यारेल नभएका पुराना… पुरा पढौ

सुरुङभित्र फसेकाको उद्धारमा खटिएका सागर ढकालमाथि ‘विदेशी एजेन्ट’ आरोपको दिए जवाफ

रसुवामा आएको बाढीपछि जलविद्युत् आयोजनाका सुरुङभित्र फसेका व्यक्तिहरूको खोजी तथा उद्धार अभियानमा सांसद एवं इन्जिनियर सागर ढकाल निरन्तर खटिरहेका छन्। जटिल भूगोल र सुरुङभित्रको जोखिमपूर्ण अवस्थाका बीच उनी प्राविधिक टोलीसँगै उद्धार कार्यमा सक्रिय छन्। जलविद्युत्, पानी तथा पूर्वाधारसम्बन्धी क्षेत्रमा काम गरेको अनुभव भएका ढकाल विपद्का बेला राजनीतिक भूमिकाभन्दा प्राविधिक ज्ञान र अनुभवलाई प्रयोग गर्दै उद्धारमा जुटेका हुन्। सुरुङभित्र फसेका व्यक्तिहरूलाई जीवितै उद्धार गर्ने प्रयासमा उनीसहितको टोली लामो समयदेखि घटनास्थलमै रहेर काम गरिरहेको छ। तर, उद्धार अभियानमा सक्रिय भइरहेका बेला सामाजिक… पुरा पढौ

यस वर्षको तीज: उत्सवभन्दा पीडितको साथमा नेपाली महिला

नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीज आज देशभर मनाइँदैछ। धार्मिक तथा सांस्कृतिक रूपमा महत्वपूर्ण मानिने तीजमा महिलाहरूले भगवान् शिवको पूजा–आराधना गर्दै सुख, शान्ति र पारिवारिक समृद्धिको कामना गर्ने परम्परा छ। विवाहित तथा अविवाहित महिलाहरूले व्रत बस्ने, पूजाआजा गर्ने र माइती तथा साथीभाइसँग भेटघाट गर्ने भएकाले तीजलाई महिलाको भावना, सम्बन्ध र संस्कृतिसँग जोडिएको पर्वका रूपमा पनि लिइन्छ। तीजका अवसरमा महिलाहरू व्रत बसेर भगवान् शिवको पूजा–आराधना गर्ने तथा विभिन्न शिवालयमा पुगेर पूजाआजा गर्ने गर्छन्। यस दिन देशका प्रमुख शिवालयहरूमा महिलाहरूको ठूलो भीड… पुरा पढौ

यस वर्षको तीज, दरभन्दा ठूलो बन्यो दुःखमा साथ

हरितालिका तीज नेपाली महिलाहरूको आफ्नै भावना, संस्कार र आत्मीयतासँग जोडिएको पर्व हो। तीजको अघिल्लो दिन खाने ‘दर’ यस पर्वको महत्वपूर्ण परम्परामध्ये एक हो। तर, यस वर्षको तीजमा दरको अर्थ र उत्सवको स्वरूप केही फरक देखिएको छ। तीजको व्रतका लागि शरीरलाई आड र शक्ति मिलोस् भन्ने उद्देश्यले व्रतको अघिल्लो दिन दर खाने परम्परा बसेको मानिन्छ। दूध, दही, घिउ, खिर, ढकने, सेलरोटी, फलफूललगायत ठाउँ र समुदायअनुसार विभिन्न पौष्टिक तथा मीठा परिकार दरका रूपमा खाने गरिन्छ। परम्पराअनुसार माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने, दिदीबहिनी… पुरा पढौ

लमजुङमा एउटा प्वालबाटै एपेन्डिक्सको सफल शल्यक्रिया

प्रदेश अस्पताल लमजुङमा अब पेटमा एउटा मात्र प्वाल बनाएर एपेन्डिक्सको शल्यक्रिया गर्न सकिने भएको छ। अस्पतालले SILS (Single-Incision Laparoscopic Surgery) प्रविधिबाट एपेन्डिक्सका दुई वटा सफल शल्यक्रिया सम्पन्न गरेको हो। यसअघि सामान्य दूरबिन प्रविधिबाट एपेन्डिक्सको शल्यक्रिया गर्दा पेटमा तीन ठाउँमा साना प्वाल बनाउनुपर्ने भए पनि SILS प्रविधिमा एउटै प्वालबाट शल्यक्रिया गर्न सकिन्छ। यसले शल्यक्रियापछि पेटमा देखिने दाग कम हुने तथा बिरामीलाई तुलनात्मक रूपमा छिटो निको हुन सहयोग पुग्ने चिकित्सकहरू बताउँछन्। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शिशिर देवकोटाका अनुसार नेपालका सरकारी अस्पतालमध्ये सम्भवतः… पुरा पढौ

बाढीपीडितका लागि गुरुङ समुदायको १४ लाख ४५ हजार सहयोग

लमजुङको बेंसीसहर क्षेत्रमा बसोबास गर्ने गुरुङ समुदायले रसुवाको भोटेकोशी बाढीपीडितका लागि रु। १४ लाख ४५ हजार ५ सय ७२ सहयोग गरेका छन्। तमु हृयुल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् बेंसीसहर इकाइको संयोजनमा १७ वटा तमु समाज र ८ सय ५७ जना दाताबाट रकम संकलन गरिएको हो। संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिएको परिषद्का सचिव कृष्णबहादुर घलेले जानकारी दिए। शुक्रबार बेंसीसहर नगरपालिका–७ त्रिवेणी टोलस्थित शान्तिटोल आमा समूह भवनमा आयोजित कार्यक्रममा सहयोगबारे जानकारी गराइएको थियो। कार्यक्रममा परिषद्का अध्यक्ष कुमबहादुर… पुरा पढौ

विकासको दाबीबीच सडकमा जन्मिएको बच्चा…… हामी साँच्चै कति अगाडि बढ्यौँ?

राजविराजमा एउटी महिलाले अस्पतालको गेटनजिकै बच्चा जन्माएको खबर बाहिर आएपछि अहिले सामाजिक सञ्जाल तातेको छ र धेरैको मनमा एउटै प्रश्न उठेको छ– नेपालमा हामीले गरेको विकास आखिर कसका लागि हो ? सार्वजनिक भएका विवरणअनुसार प्रसूति गराउन अस्पताल पुगेकी ती महिलासँग आवश्यक जाँचका लागि पैसा नभएको र उपचारका क्रममा समस्या भएपछि अस्पतालबाट बाहिरिनुपरेको बताइएको छ। त्यसपछि अस्पतालकै आसपासमा उनले बच्चा जन्माउनुपरेको घटना सार्वजनिक भएको हो। घटनाको वास्तविकता के हो, अस्पतालको गल्ती थियो वा थिएन, कसको कमजोरी थियो भन्ने कुरा छानबिनबाट स्पष्ट… पुरा पढौ

चितुवा फुत्किएर वनरक्षकलाई आक्रमण, नियन्त्रणका लागि डार्ट टोली पोखराबाट आउँदै

लमजुङमा घाइते अवस्थामा उद्धार गरी डिभिजन वन कार्यालय परिसरमा ल्याइएको चितुवा पिँजडाबाट फुत्किएर आक्रमण गर्दा एक वनरक्षक घाइते भएका छन्। चितुवा कार्यालय परिसरमै रहेपछि बेंसीसहर बजार क्षेत्रमा समेत त्रास बढेको छ। चितुवाको आक्रमणबाट डिभिजन वन कार्यालय लमजुङमा कार्यरत ५७ वर्षीय वनरक्षक बुद्धिजङ गुरुङ घाइते भएका हुन्। चितुवाको आक्रमणबाट उनको देब्रे हात र अनुहारमा चोट लागेको छ। उनको प्रदेश अस्पताल बेंसीसहरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। बेंसीसहर नगरपालिका–११ चितीस्थित तिलाहार–कार्कीडाँडा सडकअन्तर्गत धङ खोलामा बिहीबार दिउँसो स्थानीयले अशक्त अवस्थामा चितुवा देखेपछि वडाध्यक्ष… पुरा पढौ

बाढीपीडितको सहयोगमा फ्युचर स्टार विद्यालय परिवार, २ लाख ८९ हजार राहत कोषमा

पीडित नागरिकको साथमा उभिँदै लमजुङको सुन्दरबजार नगरपालिका–९, सिउँडीबारस्थित फ्युचर स्टार आवासीय माध्यमिक विद्यालय परिवारले २ लाख ८९ हजार १९५ रुपैयाँ सहयोग गरेको छ। भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले विद्यालयका संस्थापक, शिक्षक–कर्मचारी र विद्यार्थीको संयुक्त पहलमा रकम संकलन गरिएको हो। संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिएको विद्यालयका प्रधानाध्यापक रामकृष्ण घलेले जानकारी दिनुभयो। विद्यालयका संस्थापकद्वय बाबुराम पौडेल र साबित्रा दवाडी पौडेलले १ लाख ५० हजार रुपैयाँ सहयोग गर्नुभएको छ। त्यस्तै,… पुरा पढौ

लापसे नियन्त्रणमा यातायात व्यवसायीको पहल, ट्राफिक प्रहरीलाई १० मेडिकल किट

सवारी दुर्घटना न्यूनीकरण र सडक सुरक्षालाई प्रभावकारी बनाउन लमजुङ कालिका यातायात सञ्चालक प्रालिले ट्राफिक प्रहरीलाई लागुऔषध सेवन परीक्षण ९लापसे० का १० थान मेडिकल किट उपलब्ध गराएको छ। सवारी चालकले लागुऔषध सेवन गरेर सवारी चलाउने अवस्था नियन्त्रण गर्न परीक्षणलाई थप प्रभावकारी बनाउने उद्देश्यले प्रालिले उक्त किट सहयोग गरेको हो। बिहीबार आयोजित कार्यक्रममा प्रालिका अध्यक्ष पूर्णलाल श्रेष्ठले आफ्नै कार्यकक्षमा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव निरीक्षक गौतमबहादुर खत्रीलाई १० थान मेडिकल किट हस्तान्तरण गर्नुभयो। प्राप्त किटमार्फत सवारी चालकले लागुऔषध सेवन गरी… पुरा पढौ