स्वास्थ्य

बाढीपीडितको उद्धार तथा राहतका लागि बेंसीशहरका दुई संस्थाद्वारा १ लाख रुपैयाँ सहयोग

भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि लमजुङ बेंसीशहरका दुई सामाजिक संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ लाख सहयोग गरेका छन्। बेंसीशहर युथ सोसाइटी सेराले रु.५० हजार र लायन्स क्लब अफ लमजुङ बेंसीशहरले रु.५० हजार गरी कुल रु.१ लाख सहयोग गरेका हुन्। दुवै संस्थाको नेतृत्व गरिरहेका अध्यक्ष रविन श्रेष्ठले विपद्को यस कठिन समयमा प्रभावित नागरिकको साथमा उभिनु सामाजिक दायित्व भएको भन्दै आफ्नो तर्फबाट सहयोग गरिएको बताउनुभयो। उहाँले भन्नुभयो, “विपद्को समयमा पीडित परिवारलाई… पुरा पढौ

भोटेकोशीको विपतबाट लमजुङले पनि गम्भीर पाठ सिक्नुपर्छ

विपत आएपछि राहत र उद्धारमा दौडिनुभन्दा विपत आउनुअघि नै जोखिम पहिचान, पूर्वतयारी र सुरक्षित पूर्वाधार निर्माण गर्नु आजको आवश्यकता हो। यसलाई लमजुङको भौगोलिक अवस्था, मिदिम, खुदी, मर्स्याङ्दी–दोर्दी करिडोर, जलविद्युत् आयोजना, सडक, बस्ती र भविष्यको विकास नीति जोडेर अझ गम्भीर राजनीतिक र नीतिगत रूपमा प्रस्तुत गर्न सकिन्छ। लमजुङका लागि अब १० वर्षे ‘विपत् प्रतिरोधी लमजुङ अभियान’ आवश्यक छ , यस अभियानअन्तर्गत: पहिलो चरण: जोखिम नक्साङ्कनदोस्रो चरण: जोखिमयुक्त बस्ती र पूर्वाधार पहिचानतेस्रो चरण: पूर्वसूचना प्रणाली स्थापनाचौथो चरण: सुरक्षित सडक तथा पुल निर्माणपाँचौँ… पुरा पढौ

‘जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा जोखिम बढ्दै गएको छ’ (प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठ)

काठमाण्डौ – प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा जोखिम बढ्दै गएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढी हिमालय क्षेत्रमा हिउँ चट्टानको हिमपहिरोबाट सिर्जित यस क्षेत्रकै ठूलो विपत्ति भएको बताउनुभयो । उहाँले यस घटनाबाट सबै सचेत हुनुपर्ने र सँगसँगै जलवायु परिवर्तनका कारण भोग्नुपरेको विपद‍्बारे अन्तर्राष्ट्रिय समुदायसमक्ष बलियो गरी प्रस्तुत गर्नुपर्ने बेला आएको बताउनुभयो । प्रधानमन्त्री शाहको सम्बोधनको पूर्णपाठ – सम्माननीय सभामुखज्यू, आज म विशेष जिम्मेवारीसहित यस गरिमामय… पुरा पढौ

बाढीपीडितका लागि बेसीशहर नगरपालिकाले विपद् कोषमा ५ लाख र जनप्रतिनिधिको आधा महिनाको भत्ता सहयोग गर्ने

भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएका नागरिकको राहत तथा उद्धारका लागि लमजुङको बेसीशहर नगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु। ५ लाख सहयोग गर्ने भएको छ। नगरपालिकाले एक विज्ञप्ति जारी गर्दै बाढीपहिरोका कारण ठूलो संख्यामा जनधनको क्षति भएकोमा गहिरो दुःख व्यक्त गरेको छ। विपद्को यस कठिन घडीमा प्रभावित क्षेत्रमा खोजी, उद्धार तथा राहत सामग्री वितरणको कामलाई तीव्रता दिन नगरपालिकाले सरकारको ध्यानाकर्षण समेत गराएको छ। नगर प्रमुख गुमानसिंह अर्यालका अनुसार नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट रु। ५ लाख नगद… पुरा पढौ

बाढीपीडितको घाउमा मलम लगाउन राहत सामग्रीसहित रसुवा प्रस्थान गर्यो लमजुङको लायन्स क्लब

लमजुङ। विपद्को पीडामा परेका रसुवाका बाढीपहिरो प्रभावित नागरिकको सहयोगार्थ लायन्स क्लब अफ लमजुङ ‘टुगेदर वी क्यान’ को टोली राहत सामग्री लिएर रसुवातर्फ प्रस्थान गरेको छ। गत भदौ १० गते आएको भिषडा बाढीपहिरोले ठूलो जनधनको क्षति पुर्‍याइरहेका बेला पीडितको दुःखमा साथ दिने उद्देश्यले क्लबको टोली प्रभावित क्षेत्रतर्फ गएको हो। क्लबका सदस्यहरू तथा लमजुङका मनकारी व्यवसायीहरूबाट संकलन गरिएको राहत सामग्री बोकेर टोली आफैं रसुवा तर्फ प्रस्थान गरेको हो ।विपद्को यो कठिन घडीमा राज्यको प्रयासका साथै नागरिक तथा सामाजिक संस्थाहरूको भूमिका पनि उत्तिकै… पुरा पढौ

विपदमा ज्यान गुमाएकाको सम्झनामा वृक्षरोपण, जन्मदिनलाई बनाइयो प्रकृति संरक्षणको अवसर

बेँसीसहर रसुवाको भोटेकोशीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको सम्झना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै लमजुङको बेँसीसहर–७ चण्डीडाँडा चौतारा परिसरमा बुधबार वृक्षरोपण गरिएको छ। ज्यान गुमाएकाहरूको आत्मशान्ति तथा वैकुण्ठवासको कामना गर्दै ‘जन्मदिनमा वृक्षरोपण अभियान नेपाल’ र रोटरी क्लब अफ लमजुङको सहभागितामा वृक्षरोपण कार्यक्रम गरिएको हो। रोटरी क्लब अफ लमजुङका सचिव रेशम घिमिरे र रोटरी सदस्य प्रमोदकुमार श्रेष्ठको भदौ १७ गते नै जन्मदिन परेको हुनाले उहाँहरुले पनि सोही ठाउँमा बृक्षरोपण गर्नुभएको थियो । कार्यक्रममा शान्तिको प्रतीक बौद्ध… पुरा पढौ

नुवाकोटमा बाढीपीडितको सहारा बन्दै एचडीसीएस, ४५० भन्दा बढीलाई उपचार र मनोसामाजिक परामर्श

नुवाकोेट विदुर । त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकलाई राहतसँगै स्वास्थ्य उपचार र मनोसामाजिक सहयोग पुर्‍याउन मानव विकास तथा सामुदायिक सेवा (एचडीसीएस) ले अभियान सञ्चालन गरिरहेको छ। बाढीका कारण विस्थापित भई विभिन्न होल्डिङ सेन्टरमा आश्रय लिइरहेका ५ सय भन्दा बढी घरपरिवारलाई खाद्यान्न, त्रिपाल, कपडा तथा हाइजिन किट वितरण गरिएको एचडीसीएसले जनाएको छ। संस्थाले स्थानीय अस्पताल तथा जनस्वास्थ्य कार्यालयको क्षमता अभिवृद्धिका लागि ह्विलचियर, मास्क, पन्जा, कुर्सी, त्रिपाललगायत स्वास्थ्य सामग्री समेत हस्तान्तरण गरेको छ। त्यसैगरी अस्पतालका निर्देशक हेमन्त श्रेष्ठको नेतृत्वमा ५… पुरा पढौ

भोटेकोशी बाढी: ९३९ शव फेला, ३९२५ अझै सम्पर्कविहीन

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये हालसम्म ९३९ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सोमबार साँझ ६ बजेसम्म उक्त संख्यामा शव भेटिएको हो। प्राधिकरणका अनुसार बाढीपछि ३ हजार ९२५ जना अझै सम्पर्कविहीन छन् भने २७९ जना घाइते भएका छन्। हालसम्म ११ हजार ३७९ जनाको उद्धार गरिएको छ। सम्पर्कविहीनको खोजी तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित विभिन्न प्राविधिक तथा विदेशी टोलीसमेत परिचालित छन्। विशेषगरी जलविद्युत् आयोजनाका… पुरा पढौ

त्रिवेणी युवा क्लबद्वारा बाढीपीडितलाई दुई लाख सहयोग

लमजुङको बेसीशहरस्थित त्रिवेणी युवा क्लबले बाढीपीडितको राहत तथा उद्धारका लागि दुई लाख रुपैयाँ सहयोग गरेको छ। क्लबले सोमबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा उक्त रकम जम्मा गरेको हो। बाढीबाट प्रभावितको राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम सहयोग गरिएको क्लबले जनाएको छ। क्लबका अध्यक्ष टेकजङ गुरुङको नेतृत्वमा पदाधिकारी, सदस्य, पूर्वअध्यक्ष तथा सल्लाहकारसहितको टोलीले सोमबार प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनाललाई उहाँकै कार्यकक्षमा भेटेर सहयोगबारे जानकारी गराएको थियो। भोटेकोशी नदीमा आएको बाढीबाट रसुवा र नुवाकोटलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति… पुरा पढौ

बोलेर होइन गरेर देखाउ: शव व्यवस्थापनमा हतार नगर्न सुझाव दिएका सचिव निरौलालाई नै कामको जिम्मा

बाढी तथा विपद्का क्रममा भेटिएका शव व्यवस्थापनमा हतार नगर्न सरकारलाई सुझाव दिएका कोशी प्रदेशका सचिव कोषहरि निरौलालाई बाढी प्रभावित रसुवामा काजमा खटाइएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णयअनुसार निरौलालाई टिमुरे क्षेत्रलाई केन्द्र बनाएर काम गर्ने गरी रसुवा पठाइएको हो। उनले बाढीपछि बेपत्ता तथा मृत्यु भएका व्यक्तिको खोजी, उद्धार, राहत र शव व्यवस्थापनमा समन्वय गर्नेछन्। निरौलाले केही दिनअघि सामाजिक सञ्जालमार्फत पहिचान नखुलेका शव तत्काल गाड्नुभन्दा पहिले आफन्तको खोजी र शवको पहिचानलाई प्राथमिकता दिन सरकारलाई सुझाव दिएका थिए। बाढीमा आफन्त… पुरा पढौ