स्वास्थ्य

भोटेकोशी बाढीः लमजुङका तीनसहित ४७ जना अझै सम्पर्कविहीन

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि माथिल्लो त्रिशूली–३ ए जलविद्युत् आयोजनामा कार्यरत लमजुङका तीन जना कर्मचारी अझै सम्पर्कविहीन छन्। नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार लमजुङका तीनसहित आयोजनामा कार्यरत ४७ जना सम्पर्कविहीन रहेका छन्। सम्पर्कविहीन हुनेमा लमजुङ खुँदी–१ की ३४ वर्षीया रमिला भण्डारी, चितीका झपटबहादुर घर्ती र राधिका भुजेल रहेका छन्। भदौ १० गते राति भोटेकोशी नदीमा आएको बाढीले आयोजनाका विभिन्न संरचनामा क्षति पुर्‍याएपछि त्यहाँ कार्यरत कर्मचारी तथा कामदारहरूसँग सम्पर्क टुटेको प्राधिकरणले जनाएको छ। सम्पर्कविहीनको खोजी तथा उद्धारका लागि… पुरा पढौ

रमिलाको नाम बेपत्ताको सूचीमा सूचिमा सार्वजनिक भएपछि परिवारमा निराशा, ससुरा बुवाको भावुक स्टाटस

लमजुङ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि बेपत्ता भएकामध्ये लमजुङकी रमिला भण्डारीको नाम नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो सूचीमा समेत परेपछि परिवारमा पुनः निराशा छाएको छ। मर्स्याङ्दी गाउँपालिका–३, खुदीकी ३४ वर्षीया रमिला भण्डारी माथिल्लो त्रिशूली–३ ए जलविद्युत् आयोजनामा कार्यरत थिइन्। भदौ १० गते राति आएको विनाशकारी बाढीपछि उनी सम्पर्कविहीन भएकी हुन्। रमिलाको अवस्था पत्ता लगाउन परिवार र आफन्तले लामो समयदेखि खोजी तथा उद्धारको आशा गरिरहेका थिए। तर, प्राधिकरणले हालै सार्वजनिक गरेको सम्पर्कविहीन कर्मचारीको विवरणमा उनको नामसमेत समावेश भएपछि परिवार… पुरा पढौ

काजकिरिया सुरु भइसकेपछि ११औँ दिनमा चन्द्रिका जीवितै भेटिइन्, टनेलबाट चिनियाँ नागरिकको पनि उद्धार

रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएपछि आठ दिनसम्म खोजी गर्दा पनि कुनै खबर नआएपछि परिवारले कुशको शव बनाएर काजकिरिया सुरु गरिसकेकी ६४ वर्षीया चन्डिका श्रेष्ठ जीवितै भेटिएकी छन्। नुवाकोटको विदुर नगरपालिका–१०, बेत्रावतीमा शनिबार बिहान नेपाल प्रहरी र सशस्त्र प्रहरीको उद्धार टोलीले आनन्द श्रेष्ठको बाढीले पुरिएको घरबाट ४ तले घरको चौथो तलाबाट उहाँकी श्रीमती श्रेष्ठको जीवितै उद्धार भएको छ । सकुशल उद्धार गरेको हो। काजकिरिया चलिरहेकै बेला उनी जीवितै भेटिएपछि परिवारमा अविश्वसनीय खुसी छाएको छ। बाढीपछि हराइरहेकी श्रेष्ठलाई घरभित्रबाट उद्धार गरिएसँगै लामो… पुरा पढौ

त्रिशूली–३ ‘ए’को सुरुङबाट १० दिनपछि दुई जनाको जीवितै उद्धार, छाउनीमा उपचार हुँदै

काठमाडौं — रसुवाको त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र बाढी आएको १०औँ दिन आज बिहान दुई जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएका कविर महर्जन र सञ्जय साहलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याई वीरेन्द्र सैनिक अस्पताल, छाउनीमा उपचार भइरहेको छ। सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ का ३० वर्षीय सञ्जय साह आयोजनाको कन्ट्रोल रुममा एचईपी फोरम्यान (मेकानिकल) का रूपमा कार्यरत थिए। उद्धारपछि सैनिक अधिकारीसँगको कुराकानीमा उनले बाढी आएलगत्तै सबैलाई बाहिर निस्कन आग्रह गरे पनि अरूलाई बचाउने क्रममा आफू अन्तिममा निस्कन नसकी सुरुङभित्रै अड्किएको… पुरा पढौ

रसुवा बाढी: ज्यान गुमाउनेको सङ्ख्या एक हजार २५२ पुग्यो, चार हजारभन्दा धेरै सम्पर्क विहीन

काठमाडौं । रसुवा, नुवाकोट, धादिङलगायत क्षेत्रमा भदौ १० गते आएको विनाशकारी बाढीपछि खोज, उद्धार तथा राहत कार्य जारी छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भदौ १८ गते राति ९ बजेसम्म सार्वजनिक गरेको विवरणअनुसार विपद्मा परी १ हजार २५२ जनाको मृत्यु भएको छ भने ४ हजार १२६ जना अझै सम्पर्कविहीन छन्। प्राधिकरणका अनुसार हालसम्म ११ हजार ९९३ जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये नेपाली सेनाले हवाई माध्यमबाट मात्रै ४ हजार ३६४ जनाको उद्धार गरेको छ, जसमा २७३ जना… पुरा पढौ

बाढीपीडितको उद्धार तथा राहतका लागि बेंसीशहरका दुई संस्थाद्वारा १ लाख रुपैयाँ सहयोग

भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि लमजुङ बेंसीशहरका दुई सामाजिक संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ लाख सहयोग गरेका छन्। बेंसीशहर युथ सोसाइटी सेराले रु.५० हजार र लायन्स क्लब अफ लमजुङ बेंसीशहरले रु.५० हजार गरी कुल रु.१ लाख सहयोग गरेका हुन्। दुवै संस्थाको नेतृत्व गरिरहेका अध्यक्ष रविन श्रेष्ठले विपद्को यस कठिन समयमा प्रभावित नागरिकको साथमा उभिनु सामाजिक दायित्व भएको भन्दै आफ्नो तर्फबाट सहयोग गरिएको बताउनुभयो। उहाँले भन्नुभयो, “विपद्को समयमा पीडित परिवारलाई… पुरा पढौ

भोटेकोशीको विपतबाट लमजुङले पनि गम्भीर पाठ सिक्नुपर्छ

विपत आएपछि राहत र उद्धारमा दौडिनुभन्दा विपत आउनुअघि नै जोखिम पहिचान, पूर्वतयारी र सुरक्षित पूर्वाधार निर्माण गर्नु आजको आवश्यकता हो। यसलाई लमजुङको भौगोलिक अवस्था, मिदिम, खुदी, मर्स्याङ्दी–दोर्दी करिडोर, जलविद्युत् आयोजना, सडक, बस्ती र भविष्यको विकास नीति जोडेर अझ गम्भीर राजनीतिक र नीतिगत रूपमा प्रस्तुत गर्न सकिन्छ। लमजुङका लागि अब १० वर्षे ‘विपत् प्रतिरोधी लमजुङ अभियान’ आवश्यक छ , यस अभियानअन्तर्गत: पहिलो चरण: जोखिम नक्साङ्कनदोस्रो चरण: जोखिमयुक्त बस्ती र पूर्वाधार पहिचानतेस्रो चरण: पूर्वसूचना प्रणाली स्थापनाचौथो चरण: सुरक्षित सडक तथा पुल निर्माणपाँचौँ… पुरा पढौ

‘जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा जोखिम बढ्दै गएको छ’ (प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठ)

काठमाण्डौ – प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा जोखिम बढ्दै गएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढी हिमालय क्षेत्रमा हिउँ चट्टानको हिमपहिरोबाट सिर्जित यस क्षेत्रकै ठूलो विपत्ति भएको बताउनुभयो । उहाँले यस घटनाबाट सबै सचेत हुनुपर्ने र सँगसँगै जलवायु परिवर्तनका कारण भोग्नुपरेको विपद‍्बारे अन्तर्राष्ट्रिय समुदायसमक्ष बलियो गरी प्रस्तुत गर्नुपर्ने बेला आएको बताउनुभयो । प्रधानमन्त्री शाहको सम्बोधनको पूर्णपाठ – सम्माननीय सभामुखज्यू, आज म विशेष जिम्मेवारीसहित यस गरिमामय… पुरा पढौ

बाढीपीडितका लागि बेसीशहर नगरपालिकाले विपद् कोषमा ५ लाख र जनप्रतिनिधिको आधा महिनाको भत्ता सहयोग गर्ने

भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएका नागरिकको राहत तथा उद्धारका लागि लमजुङको बेसीशहर नगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु। ५ लाख सहयोग गर्ने भएको छ। नगरपालिकाले एक विज्ञप्ति जारी गर्दै बाढीपहिरोका कारण ठूलो संख्यामा जनधनको क्षति भएकोमा गहिरो दुःख व्यक्त गरेको छ। विपद्को यस कठिन घडीमा प्रभावित क्षेत्रमा खोजी, उद्धार तथा राहत सामग्री वितरणको कामलाई तीव्रता दिन नगरपालिकाले सरकारको ध्यानाकर्षण समेत गराएको छ। नगर प्रमुख गुमानसिंह अर्यालका अनुसार नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट रु। ५ लाख नगद… पुरा पढौ

बाढीपीडितको घाउमा मलम लगाउन राहत सामग्रीसहित रसुवा प्रस्थान गर्यो लमजुङको लायन्स क्लब

लमजुङ। विपद्को पीडामा परेका रसुवाका बाढीपहिरो प्रभावित नागरिकको सहयोगार्थ लायन्स क्लब अफ लमजुङ ‘टुगेदर वी क्यान’ को टोली राहत सामग्री लिएर रसुवातर्फ प्रस्थान गरेको छ। गत भदौ १० गते आएको भिषडा बाढीपहिरोले ठूलो जनधनको क्षति पुर्‍याइरहेका बेला पीडितको दुःखमा साथ दिने उद्देश्यले क्लबको टोली प्रभावित क्षेत्रतर्फ गएको हो। क्लबका सदस्यहरू तथा लमजुङका मनकारी व्यवसायीहरूबाट संकलन गरिएको राहत सामग्री बोकेर टोली आफैं रसुवा तर्फ प्रस्थान गरेको हो ।विपद्को यो कठिन घडीमा राज्यको प्रयासका साथै नागरिक तथा सामाजिक संस्थाहरूको भूमिका पनि उत्तिकै… पुरा पढौ