स्वास्थ्य

आगोलागीमा परी महिलाको मृत्यु

लमजुङको सुन्दरबजारमा भएको आगलागीमा परी एक जना बृद्धको ज्यान गएको छ । दोर्दी गाउँपालिका १ घर भई सुन्दरबजारमा कोठा भाडामा बस्दै आएकी ७० बर्षिय मिठि थापाको आगलागीमा परी ज्यान गएको हो । थापा सुन्दरबजार नगरपालिका वडा नं ९ बुद्ध टोल रहेको भरत थापाको ३ तलाको पक्की घरमा बिच फ्ल्याटमा कोठा भाडा लिई बस्दै आएकी थिइन् । विहानपख साँडे ३ बजेतिर आगलागी भएको थाहा पाएपछि प्रहरी र स्थानीयको सहयोगमा आगलागी भईरहेको कोठाको ढोका फुटाई भित्र प्रवेश गरि तत्काल आगो नियन्त्रणमा लिएका… पुरा पढौ

यस वर्ष औषतभन्दा धेरै वर्षा हुने प्रक्षेपण

यस वर्षको मनसुन औसत समयभन्दा झन्डै १० दिनअघि नै भारतको केरला आइपुगेको छ । बङ्गालको खाडीको धेरैजसो भाग, श्रीलङ्का पूरै र भारतको केरलामा मनसुन विकसित भइसकेको जलवायु विपद् विज्ञ डा. धर्मराज उप्रेतीले बताउनुभयो । उहाँका अनुसार केरलाबाट नेपालको कोशी प्रदेशमा आइपुग्न एक हप्ता हाराहारी लाग्छ । नेपालमा मनसुन भित्रिने औसत मिति जुन १३ तारिख अर्थात् यस वर्ष जेठ ३० गते हो । तर अब बीचमा नरोकिकन आएमा यस वर्ष औसतभन्दा झन्डै डेढ हप्ताअघि नै मनसुन आइपुग्ने देखिन्छ । यस वर्ष… पुरा पढौ

आफ्नै छोराले गर्याे बाबुको हत्या

लमजुङको मर्स्याङ्दी गाउँपालिका वडा नं ४ का ५७ वर्षीय नवराज गुरुङको हत्या गरेको अभियोगमा उनका आफ्नै छोरा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय लमजुङले एक प्रेस विज्ञप्ति जारी गर्दै गुरुङको हत्या आरोपमा उनका छोरा २३ बर्षीय लु बहादुर गुरुङलाई पक्राउ परेको जनाएको हो। बाबुको हत्या अभियोगमा पक्राउ परेका लु बहादुर गुरुङ बैशाख ३० गते बिहान करिब ६ बजे नवराज गुरुङको शव आफ्नै घर अगाडि मृत अवस्थामा भेटिएको सूचना प्राप्त भएपछि प्रहरीले घटनास्थलमा तत्काल टोली खटाएको थियो। प्रारम्भिक अनुसन्धानमा गुरुङको टाउको,… पुरा पढौ

अस्पतालाट प्रदान गरिने सेवा प्रवाहको विषयमा सार्वजनिक सुनुवाई कार्यक्रम

प्रदेश अस्पताल लमजुङको सार्वजनिक सुनुवाई भएको छ । अस्पतालको आयोजना तथा माया मिडिया हाउस (नयाँ दीप अनलाइन) को सहजीकरणमा आर्थिक वर्ष २०८०\०८१ को आय व्यय तथा भएको हो अस्पताल व्यवस्थापन समितिका अध्यक्ष हरीजगं तामाङको अध्यक्षतामा भएको कार्यक्रममा अस्पतालका प्रमुख डा. शिशिर देवकोटाले अस्पतालमा उपलव्ध सेवा सुविधा तथा ०८०\८१ को आयव्यय विवरण प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा सहभागि व्यक्तिहरुले विगतामा भन्दा अस्पतालको व्यवस्थापन सेवा प्रवाह सुधारोन्मुख भएपनि स्वास्थ्य सेवालाई नागरिक मैत्री बनाउने सम्वन्धमा सुझाव दिएका थिए । सहभागिहरुले ल्याव, फार्मेसीमा भिडभाड… पुरा पढौ

सडक दुर्घटनामा परी २ जनाको ज्यान गयो

काठमाडौँबाट लमजुङको बेशीसहरतर्फ आउँदै गरेको माइक्रो बस र बेसीशहरबाट डुम्रे तर्फ जाँदै गरेको स्कुटर एक आपसमा ठोक्किएर दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । बा २ ख ४०२२ नम्बरको माइक्रोबस र बेशीसहरबाट डुम्रेतर्फ जाँदै गरेको ग २६ प ४०५८ नम्बरको स्कुटर तनहुँको कालिमाटिमा आपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा परी स्कुटरमा सवार अनिता थापा श्रेष्ठ घटनास्थलमै मृत्यु भएको थियो भने माइक्रो बसमा सवार मनाङका एक शिक्षकको उपचारका क्रममा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दरबजारमा मृत्यु भएको हो । डुम्रे–बेशीसहर… पुरा पढौ

पत्रकार सुरेश रजकको हत्याको अनुसन्धान गरी कारबाही गर्न लमजुङ शाखाको माग

नेपाल पत्रकार महासंघ लमजुङ शाखाले आन्दोलनका क्रममा हत्या गरिएका पत्रकार सुरेश रजकको हत्याको गहिरो अनुसन्धान गरी हत्यामा संलग्नहरुलाई फौज्दारी अभियोगमा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएको छ । महासंघले सोमबार प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङमार्फत ध्यानाकर्षण पत्र पेस गर्दै सञ्चारकर्मीमाथि आक्रमण गर्ने सबैलाई कानुनी कठघरामा ल्याउन तथा क्षति पु¥याइएका सञ्चार गृह र सञ्चारकर्मीलाई यथोचित क्षतिपूर्तिका साथै घाइते पत्रकारको उपचारको प्रवन्ध मिलाउन सरकारसंग माग गरेको छ । ध्यानाकर्षण पत्रमा समाचार संकलनकै क्रममा पत्रकारको हत्या भएको र आमसञ्चार माध्यममा आक्रमण गरिएको विरोधमा आन्दोलनमा… पुरा पढौ

पत्रकारको विरोध सभा

नेपाल पत्रकार महासङ्घ लमजुङ शाखाले बेसीशहरको भिमसेनस्थानमा विरोध प्रदर्शन गरेको छ । शुक्रबार काठमाडौँमा समाचार सङ्कलनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजक र सञ्चार माध्यममा भएको आक्रमणको विरोधमा शनिबारप्रदर्शन गरेको हो । प्रदर्शनपछि आयोजित सभामा महासङ्घका केन्द्रीय सदस्य कृष्ण केसीले घटनाका दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न सरकारसँग माग गर्नुभयो । उहाँले प्रेस स्वतन्त्रता कुण्ठित गर्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने बताउनुभयो । महासङ्घ लमजुङ शाखाका अध्यक्ष सन्देश पौडेलले पत्रकारहरूको सुरक्षाका लागि ठोस कदम चाल्न पनि आग्रह गर्दै सञ्चार… पुरा पढौ

गुणस्तरिय पानी उपलव्ध गराउने जिम्मा सरकारको होः खानेपानी मन्त्री यादव

नगारिकलाई सहज रुपमा गुणस्तरीय खाने पानी उपलव्ध गराउने जिम्मामा राज्यको भएको खानेपानी मन्त्री प्रदीप यादवले बताउनुभयको छ । बुधबार बेसीशहर सहलगानी खानेपानी तथा सरसफाई आयोजनाको उद्घाटन तथा हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले नागरिकको आधारभूत आवश्यकता तथा स्वस्थ जिवनशैलीको आधार नै खानेपानी रहेको सरकारले प्रत्येक नागरिकलाई सहज रुप्मा शुद्ध खानेपानी उपलव्ध गराउनुपर्ने बताउनुभयो । उहाँले हिमाल, पहाड र तराईका नागरीकलाई स्वच्छ पानी उपलब्ध गराउन संघ सरकार प्रतिबद्ध रहेको रहेको भन्दै बेसीशहरमा भएको संघिय सरकार र स्थानीय उपभोक्ताको सहकार्यमा निमार्ण भएको… पुरा पढौ

किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्ध एच.पि.भी खोप लगाईने

लमजुङमा किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्ध निशुल्क एच.पि.भी खोप लगाईने भएको छ । स्वास्थ्य कार्यलय लमजुङले सोमबार पत्रकार सम्मेलन गरी १० देखि १४ वर्ष उमेर समूहका किशारीहरुको लागि आगामी माघ २२ गते फेब्रुअरी ४ क्यान्सर दिवशको दिन देखि सुरु गरी फागुनको ६ गतेसम्म खोप कार्यक्रम सञ्चालन हुने जनाकारी गराएको हो । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाको कार्यक्रम अन्र्तगत पहिलो पटक देशैभर सञ्चालन हुने खोप कार्यक्रममा लमजुङ जिल्लाका ६ हजार ५ सय ४४ जना… पुरा पढौ

जिल्ला अस्पतालमा मेडिकल आई.सि.यु र इन्डस्कोपी सेवा थप भएपछि विरामीलाई सहज

लमजुङ जिल्ला अस्पतालमा पछिल्लो समय विभिन्न सेवाहरु थप भएपछि सुविधा पाउने भएपछि विरामीहरुलाइ सहज भएको छ । अस्पतालले हालै मात्रै इन्डस्कोपी सेवा र आई.सि.यु सेवा थप गरेपछि यो विरामीहरुलाई सहज भएको हो । २०४२ सालबाट सुरु भएको अस्पताल ४० वर्ष पछि गत असोज महिनादेखि मेडिकल आई.सि.यु कक्षको सुरुवात गरेको थियो । यो अवधिमा हालसम्म ३ सय ५० जनाले आई.सि.यु कक्षको उपयोग गरिसकेका छन् । गण्डकी प्रदेश सरकारको सहयोगमा ५ वटा शैया आई.सि.यु सुरु गरेको थियो भने स्वास्थ्य मन्त्रालयको समन्वयमा जिल्ला… पुरा पढौ