
प्रदेश अस्पताल लमजुङको सार्वजनिक सुनुवाई भएको छ । अस्पतालको आयोजना तथा माया मिडिया हाउस (नयाँ दीप अनलाइन) को सहजीकरणमा आर्थिक वर्ष २०८०\०८१ को आय व्यय तथा भएको हो
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष हरीजगं तामाङको अध्यक्षतामा भएको कार्यक्रममा अस्पतालका प्रमुख डा. शिशिर देवकोटाले अस्पतालमा उपलव्ध सेवा सुविधा तथा ०८०\८१ को आयव्यय विवरण प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा सहभागि व्यक्तिहरुले विगतामा भन्दा अस्पतालको व्यवस्थापन सेवा प्रवाह सुधारोन्मुख भएपनि स्वास्थ्य सेवालाई नागरिक मैत्री बनाउने सम्वन्धमा सुझाव दिएका थिए । सहभागिहरुले ल्याव, फार्मेसीमा भिडभाड नियन्त्रण गर्नुपर्ने, निशुल्क र सशुल्क औषधीहरु अस्पतालकै फर्मेसीमा उपलव्ध हुनुपर्ने, जटिल समस्या भएका विरामी, जेष्ठ नागरिकले सहज रुपमा छिटो छरितो सेवा पाउनुपर्ने, टाउकोसँग सम्वन्धी समस्या पहिचान उपचारको लागि सिटी स्क्यानको व्यवस्था गरिनुपर्ने, कर्मचारी र स्वास्थ्यकर्मीको सेवाग्राहीसँगै नम्र बोली, राम्रो व्यवहार गर्नुपर्ने लगायतका सुझाव राखेका थिए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख पुर्णवहादुर गुरुङ, बेसशिहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले अस्पताललाई कसरी अझ व्यवस्थित बनाउन सकिन्छ भनेर सुझाब, सल्लाह सहितको मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका पदाधिकारी, कर्मचारीहरु, प्रदेश स्वास्थ्य कार्यालयका प्रमख, राजनितिक दल, सुरक्षा निकाय, विभिन्न संघ सस्थाका प्रमख तथा प्रनिनिधि, सञ्चारकर्मी, सेवाग्राही तथा नागरिकहरुको उपस्थिती थियोे ।

सहभागीहरुबाट आएका र सामाजिक परीक्षणमा आएका गुनासाहरुलाई सम्वोधन गर्दै अस्पतालका प्रमुख डा.शिशिर देवकोटाले अस्पतालको सेवा सुविधा विस्तारमा निरन्तर लागि परेको भन्दै प्रदेश अस्पतालमा आएका विरामीले सहज स्वास्थ्य सेवा उपलव्ध गराउने विषयमा आफू प्रतिवद्ध रहेको वताउनुभयो । उहाँले अस्पतालमा उपचारमा आएका कुनै पनि विरामी उपचार खर्च नभएकै कारण विना उपचार फर्कन नपर्ने वताउनुभयो । सेवाग्राहीको सहजताको लागि सहायता तथा सोधपुछ कक्षको लागि पहल भैरहेको समेत वताउनुभयो ।
अस्पतालका अध्यक्ष हरीजगं तामाङले कार्यक्रममा आएका सुझाबहरुलाई आगामी दिनहरुमा पुरा गर्ने र सम्बोधन गर्न सक्ने विषयलाई व्यवस्थापन समितिको तर्फबाट पहल गर्ने भन्दै प्रदेश र स्थानीय तहहरुसँग समन्वय गरी अघि वढ्ने वताउनुभयो ।
नयाँ दीप अनलाईन प्रवन्ध निर्देशक भरत घिमिरले सञ्चालन गर्नुभएको कार्यक्रममा सम्पादक सृजना बरालले अस्पतालमा गरिएको सामाजिक परीक्षणको रिर्पोट प्रस्तुत गर्नुभएको थियो भने अस्पताल व्यवस्थापन समिति सदस्य मोहनबहादर थापाले स्वागत मन्तव्य राख्नुभएको थियो ।









