
लमजुङको सुन्दरबजार स्थित एक निजि विद्यालयमा अध्ययनरत छात्रामाथि प्रश्नको उत्तर नजानेको भन्दै निर्घात कुटपिट गर्ने शिक्षिकालाई विद्यालयबाट हटाइएको छ ।
सुन्दरबजार नगरपालिका–७ मा रहेको बालज्योती अंग्रेजी माध्यमिक बोर्डिङ स्कूलमा कक्षा ५ मा अध्ययनरत ११ बर्षीया छात्रामाथि सोधेको प्रश्नको उत्तर नदिएको भन्दै हेल्थ शिक्षिका फराना मियाँले निर्घात कुटपिट गरेको घटना सार्वजनिक भएपछि विद्यालयले यस्तो निर्णय गरेको हो ।
आइतबार कक्षामा घोकेर आउ भनेर दिएको प्रश्नहरु नघोकेको भन्दै शिक्षिकाले छात्रालाई पिटेकी थिइन् ।
पिडित पक्षको माग अनुसार सोमबार बसेको पिडित छात्राको अभिभावक, विद्यालय समिति र सरोकारवालाहरुको संयुक्त बैठकले घाइते बालिकाको शारीरिक र मानसिक समस्या भए तथा कुटपिट लागेको चोटपटकको उपचार विद्यालयले गर्ने, घटनाको छानविन समिति गठन गर्नुपर्ने, कुटपिट गर्ने शिक्षकलार्ई विद्यालयबाट निष्काशन गर्ने, घाइते बालिकाको सम्पूर्ण होलबडी चेकअप गरिनुपर्ने, सम्र्पूण घटनाको जिम्वेवारी विद्यालयका प्रिन्सिपल र तथा समितिले लिनुपर्ने तथा विद्यालयमा बालमैत्री तवरले पठनपाठन गरिनुपर्ने लगायतका बुदाँमा सहमती भएको छ ।
कुटाइका कारण पीडित बालिकाको दुबै खुट्टाका पिँडौला सुन्निएको छ भने, निलडाम स्पष्ट देखिन्छ । पिडित बालिकालाई सुन्दरबजार अस्पतालमा जाँचका क्रममा पिँडौलामा रगत जमेको पाइएको छ ।
ऐन २०७५ को दफा ६६ को (घ) र (ङ) मा घर, विद्यालय वा जुनसुकै स्थानमा शारीरिक वा मानसिक दण्ड दिने वा अमर्यादित व्यवहार गर्ने, शारीरिक चोटपटक पु¥याउनेलाई बालबालिकाविरुद्धको हिंसा मानिने उल्लेख गरिएको छ ।
उक्त ऐनको दफा ७२ मा उक्त कार्य गरेमा सजायको व्यवस्था गरिएको छ । जसमा शरीरमा चोटपटक पुराएमा ७५ हजार जरिवानादेखि तीन वर्षसम्म कैद हुने व्यवस्था रहेको छ ।