स्वास्थ्य

आँखा पाक्ने समस्या र बच्ने उपाय

आँखा हाम्रो शरिरको महत्वपूर्ण र संवेदनशील अङ्ग हो । यतिबेला देशका विभिन्न जिल्लामा आँखा पाक्ने रोगको समस्या बढ्दै गएको छ । पछिल्लो केही दिनयता देशभरका अस्पतालहरुमा आँखा पाक्ने समस्या भएका बिरामीहरुको चाप बढेको बताइएको छ । तिलगंगा अस्पतालमा कार्यरत बाल आँखा रोग विशेषज्ञ डा. सिर्जना अधिकारीले भाइरल इन्फेक्सन र ब्याक्टेरियाका कारणले आँखा पाक्ने समस्या देखिने गरेको बताएकी छन् । धेरैजसो आँखा रातो हुने र चिप्रा आउने समस्या भएका बिरामीहरु अस्पताल आउने गरेको उनको भनाइ छ । आँखा पाक्ने ब्याक्टेरियाको कारणले… पुरा पढौ

डण्डिफोर निचोर्ने बानीले गर्छ हानी

मानिसले नचाहेरै पनि बेला बेला डण्डिफोर आएकै हुन्छ ।  कसैलाई कुनै कुनै समय आउँछ त कतिपयलाई डण्डिफोरले असाध्यै सताएको पाईन्छ । डण्डिफोर आउँनासाथ निचोर्ने हामी मध्ये कतिपयको बानी हुन्छ । तर, डण्डिफोर निचोर्न भने हुँदैन् । यसरी डण्डिफोर निचोर्दा छालामा विभिन्न खाले समस्याहरु देखिन्छन् ।  युवावस्थामा विश्वभरीका ८०५ भन्दा धेरैले डण्डिफोरको पीडा सहनु पर्ने एक अध्ययनले देखाएको छ । प्रौढ अवस्थामा पनि एण्ड्रोजेन नामक हरमोनमा असन्तुलन भै डण्डिफोरले सताउँन सक्छ । पछिल्लो समय डण्डिफोरको बारेमा थुप्रै अनुसन्धानहरू भैरहेका छन् ।… पुरा पढौ

महिनावारीमा देखिने समस्या र समाधानका उपायहरु

महिनावारी भनेको के हो ?महिनावारी भनेको महिलाहरुको मासिक धर्म-चक्रको क्रमशः बन्द हुने प्रक्रियाको शुरुवात हो । यो कुनै बिमार (रोग) होइन । बरु यसलाई एउटा नयाँ र भरिपूर्ण जीवनको शुरुवात भन्न उपयुक्त हुन्छ । यहाँ बुझ्नु पर्ने कुरा के हो भने महिलाहरुमा महिनावारीका लक्षणहरु भिन्नभिन्न रुपमा देखा पर्न सक्छ ।सबै महिलाहरुलाई एउटै रुपमा महिनावारीका लक्षणहरु नदेखिन सक्छन्, जसलाई उनको स्वास्थ्य अवस्था, पारिवारिक, आर्थिक र सामाजिक परिवेशले पनि केही न केही रुपले प्रभाव पारेको हुन सक्छ ।पचास वर्षको सेरोफेरोमा महिलाहरुको डिम्बग्रन्थी… पुरा पढौ

व्यायामको महत्व किन छ ?

व्यायामले शरीरमा रोगप्रतिरोधक क्षमता राम्रो बनाउँछ । कम्युनिकेबल र नन कम्युनिकेबल डिजिज दुवैमा रोगसँग लड्ने क्षमता बढ्ने भएकाले फिजिकल एक्टिभिटीलाई प्राथमिकतामा राख्नुपर्छ ।  मसल्स सुकेर जाने, मसल्सको असन्तुलन, मसल्स टाइट भएर अप्ठ्यारोका लागि फिजिकल व्यायामले सुधार गर्छ ।  बन्दाबन्दीका कारण धेरै व्यवसाय, अफिसले वर्क फ्रम होमको वातावरणमा काम गरिरहेका छन् । घरबाट काम गर्दा पनि आफ्नो शारीरिक स्वास्थ्यलाई पनि ध्यान दिनुपर्छ ।  अफिसमा काम गर्दा ढाड सिधा राखेर कुर्सीमा बसेर गरिन्छ । ८ घन्टा काम गर्दा पनि त्यति गाह्रो हुँदैन… पुरा पढौ

बदलिँदो जीवनशैलीमा स्तन क्यान्सर

बदलिँदो जीवनशैली, खानपान तथा व्यस्त दिनचर्याले पछिल्लो समय मानिसको जीवन बदलिएको छ । सँगसँगै विभिन्न रोग झाँगिदै गएका छन् । तिनैमध्ये स्तन क्यान्सर प्रमुख रोगका रूपमा देखिएको छ । यसो त स्तन क्यान्सरको कुनै ठोस कारण छैन । कसैलाई वंशानुगत पनि हुनसक्छ । कतिपयलाई यसै पनि यो रोग लागेको पाइन्छ । परिवारमा हजुरआमा, आमा, दिदीबहिनी कसैलाई स्तन क्यान्सर भएको छ भने अन्यमा यसको जोखिम उच्च हुन्छ । ‘बीआरसीए–वान’ र ‘बीआरसीए–टु’ जीन (स्तन क्यान्सर) को उत्परिवर्तनका साथै सक्रियताका बढ्दै गयो भने ४५ देखि ६५ प्रतिशत स्तन क्यान्सरको विकास… पुरा पढौ

जिल्ला अस्पताल लमजुङमा निशुल्क डायलाइसिस सेवा सुरु

२०८० साउन १७जिल्ला अस्पताल लमजुङमा डायलाइसिस सेवा सुरु भएपछि मृगौला राेगिहरुलाइ सहज भएको छ । बढी खर्चिलो हुने र बिरामीले विभिन्न समस्या भोग्नुपरेका कारण उनीहरूलाई सहज बनाउन लमजुङ अस्पतालमै डायलाइसिस सेवा सुरु गरियकाे हाे ।। गण्डकी प्रदेश सरकारको सहयोगमा जिल्ला अस्पताल लमजुङमा गत फागुनबाट नियमित रुपमा डायलाइसिस सेवा सुरु गरिएको छ ।अस्पतालमा अहिले ७ वटा मेसिनबाट नियमित रुपमा डायलसिस गर्ने १४ जना पुरुष र ११ जना महिला गरि २५ जना रहेका छन् । विरामि मध्ये १५ वर्ष उमेर देखि ७०… पुरा पढौ

प्रदेश सरकार बनेपछि मुस्ताङ मा संभव भयो शल्यकृया सहितको प्रसुती सेवा

मुस्ताङ । गण्डकी प्रदेश सरकार अन्र्तगत सञ्चालित मुस्ताङ जिल्ला अस्पतालमा शल्यक्रिया सहित प्रसुती सेवा शुरु भएको छ । हिमालपारीको जिल्ला मुस्ताङमा पहिलोपटक शल्यकृया शुरु भएपछि त्यहाँका नागरीकले हेलीकप्टर बाट सुत्केरी हुने महिला अन्यत्र लैजान नपर्ने भएको हो । डा. कुन्दन कर्ण, डा बिशाल तिवारी, डा राजिव सापकोटा, स्टाफ नर्श निता घर्ती मगर, सुनिता श्रीमल र कार्यालय सहयोगी सनिलाल परियार लगायतको टोलीले अस्पतलामा पहिलो पटक सफलतापूर्वक शल्यक्रिया सम्पन्न गरेको हो । शल्यकृया गरिएको आमा र बच्चा दुबैको स्वास्थ्य अवस्था सामान्य रहेको… पुरा पढौ

मन्त्री खापुङ पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको निरिक्षणमा

पोखरा, ३० असार । नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङ विहिबार पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको स्थलगत निरिक्षण गर्नुहुँदै । पुरा पढौ

८ बर्ष बित्दा पनि अधुरो रह्यो धाैलागिरि अस्पतालकाे सि ब्लक

गण्डकी प्रदेशकाे धाैलागिरि अस्पताल लाई सुविधा सम्पन्न बनाइ यश क्षेत्रका जनतालाई सर्व शुलभ रूपमा सेवा दिने उदेश्यले ९ बर्ष अघि निर्माण शुरू भएको अस्पतालकाे सि ब्लक काे भवन पटकपटक म्याद थप गर्दा समेत ठेकेदार कम्पनीले काम समयमै सम्पन्न नगर्दासम्म अस्पतालले दिनुपर्ने सेवामा असर पुगेको छ । काेराेना भाइरस यतिबेला ठेकेदार कम्पनी लाई काम नगर्ने संजिवनी बुटी साबित भएको छ । जनतालाई सहजरूपमा स्वास्थ्य सेवा दिने भनेर ८ बर्ष अघि निर्माण कार्य शुरू गरिएको धाैलागिरि अस्पताल बागलुङको सि ब्लक भवन ठेकेदार… पुरा पढौ

लकडाउन होइन, स्मार्ट लकडाउन हुन सक्छ

सरकारले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्न निर्देशन दिएको छ । साथै २५ जनाभन्दा बढीको उपस्थिति हुने सभा, गोष्ठी तथा सबै सार्वजनिक कार्यक्रमहरू बन्द गराएको छ । सम्भावित कोरोना भाइरसको तेस्रो लहरलाई मध्यनजर गर्दै यही पुस २६ गतेबाट गृहमन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरूमार्फत् सङ्क्रमणको रोकथाम र नियन्त्रणका लागि ८ बुँदे आदेश जारी गरेको छ । सङ्क्रमण बढ्दै गएको अवस्थामा सरकारले गरेका पछिल्ला निर्णयले फेरि पनि बन्दाबन्दी (लकडाउन) हुने हो कि भन्ने चिन्ता आम सर्वसाधारणमा… पुरा पढौ