
प्रदेश अस्पताल लमजुङले आ.व २०८१\८२ मा गण्डकी प्रदेशमै सबैभन्दा धेरै बढी सेवाग्राहीलाई सेवा दिन सफल भएको छ । विहिबार समितिको तीन बर्षे कार्यकाल पूरा गरेको अबसरमा आफ्नो कार्यअबधि भरको प्रगति बिवरण पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो।
यो बर्ष मात्रै अस्पतालले १ लाख १३ हजार ८ सय ३७ जनाको उपचार गरि सेवा प्रदान गरेको छ । जुन अघिल्लो आ,व को तुलनामा २५% ले बृद्वी हो ।

२०५८ सालदेखि एच.डि.सि.एस ( मानव बिकास तथा सामुदायिक संस्था) ले सञ्चालन गरेको जिल्ला अस्पताल लमजुङ ३ बर्ष अघि २०७९ भदौ १९ गते गण्डकी प्रदेश सरकारले आफ्नो माताहातमा लिई सञ्चालन गर्दै आएको छ ।
गण्डकी प्रदेश सरकारले आफ्नो माताहातमा लिई सञ्चालन गरेपछि सुरुका दिनमा स्थानीय तथा अस्पतालमा कार्यरत कर्मचारीहरुले बिरोध तथा आन्दोलन गरेको भय पछि पछिल्लो समय सेवा सुविधा तथा बिशेषज्ञ सेवा थप भयपछि स्थानीयलाई सहज भयको अस्पतालका अध्यक्ष हरिजङ तामाङले बताउनु भयो ।
कार्यक्रममा अस्पताल प्रमुख मेसु शिशिर देवकोटा व्यवस्थापन समितिका सदस्य दिपक बराल, बासुदेव थापा र मोहन बहादुर थापा लगायत पत्रकारहरुको उपस्थिती रहेको थियो ।











