मनोरन्जन

भूपू सैनिक माविको ४० औं वार्षिकोत्सव तथा एल्क्स स्मृति दिवस

लमजुङको बेसीशहर नगरपालिका–८ स्थित भूपू सैनिक आवासीय माध्यमिक विद्यालयले ४० औँ वार्षिकोत्सव, अभिभावक दिवस तथा २२ औँ एलेक्स मेमोरियल दिवस भव्य रुपमा मनाएको छ । बुधबार विद्यालय परिसरमा आयोजित वार्षिक उत्सव समारोह कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख पूर्णबहादुर गुरुङको प्रमुख अतिथि रहनुभएको थियो । विद्यालयका कार्यबहक अध्यक्ष लोकेन्द्र जंग गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई प्रमुख दिवाकर शर्मा, प्याबसन लमजुङका अध्यक्ष ईश्वर पौडेल, निर्वतमान अध्यक्ष ताराराज घले लगायतले शुभकामना मन्तव्य राख्दै विद्यालयको निरन्तर प्रगतिको कामना गर्नुभएको थियो… पुरा पढौ

बालकल्याण माविको स्वर्ण महोत्सव शुरु

लमजुङको बेसीशहर नगरपालिका–२, भकुण्डेमा अवस्थित श्री बालकल्याण माध्यमिक विद्यालयलको स्वर्ण महोत्सव शुरु भएको छ । तीन दिनसम्म बिशेष कार्यक्रमका साथ मनाइने स्वर्ण महोत्सव बुधबारदेखी शुरु भएको हो । स्वर्ण महोत्सवको बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले उद्घाटन गर्दै सामुदायिक विद्यालयमा राज्यको समेत ठूलो लगानी रहेकोले गुणस्तरीय र डिजिटल शिक्षण सिकाइमा बिशेष ध्यान दिनुपर्ने बताउनुभयो । प्रमुख अर्यालले विद्यालयलाई सहयोग गर्नेहरुलाई धन्यवाद दिँदै विद्यालयले गरिरहेको प्रयास सकारात्मक रहेको बताउनुभयो । स्वर्ण महोत्सव मूल समारोह समतिकिा संयोजक एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मदन… पुरा पढौ

त्रिवेणी कपमा एपीएफ लगातार दोस्रो पटक च्याम्पियन

लमजुङको बेसीशहरमा गत पुस १२ गतेदेखि जारी ३३ औं त्रिवेणी कपको उपाधी विभागीय सशस्त्र प्रहरीको एपीएफ फुटबल क्लबले उचालेको छ। सोमबार बेंसीसहरको सहजीस्थित खेलमैदानमा भएको फाइनलमा घरेलु टोली लाङ्दीदेवी फुटबल क्लब नाल्मालाई २–० ले पराजित गर्दै एपीएफ लगातार दोस्रो पटक च्याम्पियन बनेको हो। निर्धारित ९० मिनेटको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा एपीएफले निर्णायक प्रदर्शन गर्यो। खेलको दोस्रो हाफको ३१ औं मिनेटमा एपिएफका जर्सि नं १० का खेलाडी युवराज खड्काले पहिलो गोल गरे भने त्यसको ८ मिनेटपछि… पुरा पढौ

पाँचौ राइनास कप खुल्ला फुटवल प्रतियोगिता हुुने

राइनासकोटमा पाँचौ राइनास कप खुल्ला फुटवल प्रतियोगिता २०८२ आगामी माघ १ गतेबाट सुरु हुने भएको छ । शुक्रबार लमजुङको बेसीशहरमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी फुटवल प्रतियोगिताको जानकारी गराइएको हो । राइनासकोट नगरपालिका वडा नं धमिलिकुवामा रहेको गौलीटार क्षेत्रिय खेल मैदान समितिको आयोजनामा हुने सो फुटवल प्रतियोगितामा राइनास नगरपलिका भित्रका किसानहरुको गोरुहरु विच गोरु जुधाई प्रतियोगिता समेत आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष टेकेन्द्र चिलुवालले बताउनुभयो । १२ टिम भन्दा माथी सहभागी रहने अपेक्षा गरिएको उक्त फुटवल प्रतियोगिताको प्रथम पुरस्कार रु… पुरा पढौ

३३ औँ त्रिवेणी कपमा पहिलो चरणका खेल सम्पन्न

लमजुङको बेसीशहरमा ३३ औँ त्रिवेणी कप फुटबल प्रतियोगीतामा पुस १६ गते आयोजक त्रिवेणी युवा क्लब बेसीशहर र श्रीभगवती क्लब टोखाबीचको खेलमा शुन्यका बिरुद्ध २ गोल गर्दै त्रिबेणी युवाक्लब बिजयी भएको छ ।२३ औं मिनेटमा आयोजक त्रिवेणी युवाक्लवका प्रतापको गोलमार्फत सुरुआती अग्रता लिएको थियो। ६७ औं मिनेटमा उनले नै दोस्रो गोल गर्दै टोलीको जित पक्का गरे। प्रतियोगिताबाट बाहिरिने भगवती काठमाडौंको चौथो क्लब हो। यसअघि नै न्युरोड टिम (एनआरटी), चिल्ड्रेन एफसी र सातदोबाटो युथ क्लब घर फर्किसकेका छन्। आजै भएको दोस्रो खेल… पुरा पढौ

लमजुङमा तमु ल्होसार धुमधामका साथ मनाइयो

लमजुङका गुरुङ समूदायले तमु नयाँ वर्षको रुपमा तामझामका साथ ल्होसार पर्व मनाएका छन् । बर्गचक्र फेरिएसँगै गुरुङ समूदायले सप्रिप्ल्हो अर्थात सर्प वर्गलाई विदाई गरी त ल्हो अर्थात घोडा वर्गलाई स्वागत गर्दै ल्होसार मनाएका छन् । गुरुङ समुदायले शुभकामना आदानप्रदान, चियापान, सम्मान, स्योकै र सांस्कृतिक कार्यक्रम गरी ल्होछारको स्वागत गरेका हुन् । ल्होसारको मुख्य दिन मंगलबार तमु ह्युला छोँज धि गुरुङ राष्ट्रिय परिषद् बेसीशहर इकाईले तमु संग्रहालयमा शुभकामना आदानप्रदान, सम्मान दिवा भोज तथा साँस्कृतिक कार्यक्रम आयोजना गरेको हो । इकाईका अध्यक्ष… पुरा पढौ

३३ औँ त्रिवेणी कप सुरु, पहिलो खेलमा एपिएफ ५ गोल गर्दै विजयी

लमजुङको बेसीशहर ३३ औँ त्रिवेणी कप फुटबल प्रतियोगीता सुरु भएको छ । कार्यक्रमका प्रमुुख अतिथीे गण्डकी प्रदेशका वन तथा बातावरण मन्त्री भेषबहादुर पौडेलले सहजी खेल मैदानमा प्रतियोगिताका उद्घाटन गर्नुभएको हो । कार्यक्रममा बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याल, वडा नं ८ अध्यक्ष पवित्रा राना, त्रिवेणी क्लवका संस्थापक अध्यक्ष कृष्णबहादुर अधिकारी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रम क्लवका अध्यक्ष टेकजगं गुरुङको अध्यक्षतामा भएको थियो भने पुर्व अध्यक्ष विनोद गुरुङले सञ्चालन गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य पार्वती तामाङ,… पुरा पढौ

जनविकास माविको ५० औं बार्षिकोत्सव सम्पन्न

लमजुङको सदरमुकाम बेसीशहरमा रहेको जनविकास माध्यमिक विद्यालयले मगंलबार ५० औँ बार्षिकोत्सव तथा ४१ औँ अभिभावक दिवस मनाएको छ । कार्यक्रममका प्रमुख अतिथी बेसीशहर नगरपालिका प्रमुख गुमानसिहं अर्यालले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा विषेश अतिथी शिक्षा विकास समन्वय इकाईका प्रमुख दिवाकर चिलुवाल, बेसीशहर नगरपालिकका कार्यकारी अधिकृत सुमन अधिकारी, बेसीशहर नगरपालिकाका शिक्षा शाखा प्रमुख सिर्जना चिलुवाल, शिक्षक संघका जिल्ला अध्यक्ष सुर्य केसी, एमालेका उपाध्यक्ष जितबहादुर गुरुङ, काग्रेंसका वृखराज गुरुङ, राप्रपाका मेख बहादुर गुरुङ, यशोब्रह्म माविका प्रअ सूर्यप्रसाद बराल, पूर्व शिक्षक अगंराज… पुरा पढौ

प्रथम दोर्दी खेलकुद, कृषि, पर्यटन तथा साँस्कृतिक महोत्सव सुरु

लमजुङको दोर्दी गाउँपालिकाको नौथर शेराबजारमा पहिलोपटक दोर्दी खेलकुद, कृषि, पर्यटन तथा साँस्कृतिक महोत्सवको आयोजना गरिएको छ । तीन दिनसम्म सञ्चालन हुने महोत्सवको मगंलबार एक समारोहका विच दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले उद्घाटन गर्नुभएको हो । कार्यक्रममा मस्र्याङ्दी गाउँपालिकाका प्रमुख अर्जुन गुुरुङ, प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डे, लगायतको उपस्थिती रहेको थियो । दोर्दी गाउँपालिकाको कृषि तथा पर्यटनको विकास, आन्तरिक व्यापार, लोककला–संस्कृतिको संरक्षण तथा प्रवद्र्धन भन्ने नाराका साथ गाउँपालिकाको आयोजनामा पुस ८ देखि १० गतेसम्म महोत्सव सञ्चालन हुने भएको हो। दोर्दी गाउँपालिकाको… पुरा पढौ

पुस १२ गतेबाट सुरु हुने ३३ औँ त्रिवेणी कपको तयारी तिब्र

फाइल फोटो यसबर्ष हुने ३३ औँ त्रिवेणी कप फुटबल प्रतियोगीताको तयारीलाई तिब्र बनाइएको छ । आगामी पुस १२ गतेबाट हुने प्रतियोगीताको तयारी तिब्र पारिएको आयोजक त्रिवेणी युवा क्लबले जनाएको छ । यतिवेला सहजी स्थित खेलकुद मैदान सम्याउने, सरसफाई गर्ने, आर्थिक सहयोग संकलन गर्ने, प्रचारप्रसार गर्ने लगायतका कार्यहरु भै रहेका छन् । यो वर्ष त्रिवेणी कपमा देशभरबाट १६ टिम भिड्दै छन् । प्रतियोगितामा आयोजक त्रिवेणी, लमजुङ मस्र्याङ्दी युवा क्लब बेसीशहर, बुद्ध युथ क्लब भोटेओडार, लाङ्दीदेवी युवा क्लब नाल्मा, लालीगुराँस युवा क्लब… पुरा पढौ