अर्थतन्त्र

यशोबह्म माध्यमिक विद्यालयको ६२ औं बार्षिक उत्सव तथा ६१ औं अभिभावक दिवश सम्पन्न

बेसीशहर नगरपालिका वडा नं ३ मा रहेको यशोबह्म माध्यमिक विद्यालयको ६२ औ बार्षिक उत्सव तथा ६१ औं अभिभावक दिवश सम्पन्न भएको छ । गण्डकी प्रदेश सभा सदस्य भेषबहादुर पौडेलको प्रमुख आतित्थ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रमको उद्घाटन गदै प्रमुख अतिथि पौडेलले विद्यालयमा गुणस्तरीय शिक्षा कायम राख्न शिक्षक, विद्यार्थी र अभिभावक तीन पक्षको महत्वपूर्ण भूमिका रहने त्यसलाई समाज र सरकारको काम क्रियाकलापले समेत प्रभाव पार्ने बताउनुभएको थियो । त्यस्तैगरी विद्यालयमा शैक्षिक वातावरण कायम राख्नको लागि समाजमा रहेका सम्पूर्ण वर्गहरु जिम्वेवारी बन्नुपर्ने… पुरा पढौ

विभिन्न कार्यक्रम गर्दै सम्पन्न भयो लाईन्स क्लवको क्याबिनेट बैठक

लमजुङको सदरमुकाम बेसीशहरस्थित फुलबारी मञ्चमो लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालको तेस्रो क्याबिनेट बैठक सम्पन्न गरिएको छ । क्याबिनेट बैठकमा अन्तराष्ट्रिय सञ्जाल लाईन्स क्लवमा आवद्ध देशभरका युवाहरु भेला भएका थिए ।कार्यक्रममा देश भरका एकसय ८० वटा लाईन्स क्लवबाट एकहजार भन्दा बढिको सहभागिता रहेको आयोजकले जनाएको छ ।कार्यक्रममा सहभागी भएका देशभरका एकहजार भन्दा धेरै आगन्तुकहरुबाट जिल्लाको पर्यटन प्रवद्र्धन, व्यपार, व्यवसाय र समग्र जिल्लाको प्रचार प्रसारमा विशेष सहयोग पुग्ने आयोजकले अपेक्षा लिएको छ । विशेष गरी जिल्लाको ग्रामिण पर्यटन, होमस्टे, कृषि पर्यटन,… पुरा पढौ

शिक्षक संघको संघिय, प्रदेश र जिल्ला अध्यक्षहरुको संयुक्त बैठक सम्पन्न

नेपाल शिक्षक संघ संघिय कार्य समिति र जिल्ला अध्यक्षहरुको संयुक्त बैठक विभिन्न निर्णय गरी सम्पन्न भएको छ । संघीय अध्यक्ष सोमनाथ गिरीको अध्यक्षता र नेपाली कागं्रेसका सहमहामन्त्री बद्री पाण्डेको प्रमुख आतित्थ्यतामा कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकाको ल्वाङ होमस्टेमा पुस २७, २८ र २९ गते बैठक बसेको थियो । बैठकले बिभिन्न प्रश्नावलीहरुका मध्यमबाट जिल्लागत सांगठनिक अबस्था बारे तथ्याङ्क संकलन गर्ने, महिला बिभाग, अर्थ बिभाग, संगठन बिभागको कार्ययोजना विभाजन, बिधान अनुरुप निर्माण गरिएको पदिय आचरण र आचार संहितालाई लागु गर्ने, साङ्गठनिक क्रियाशिलताको मूल्याङ्कन… पुरा पढौ

’लिटिल बुद्ध’ बताउने रामबहादुर बम्जन पक्राउ

काठमाडौँ — आफूलाई ’लिटिल बुद्ध’ बताउने विवादित पृष्ठभूमिका रामबहादुर बम्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ । ब्युरोका एक उच्च अनुसन्धान अधिकारीले उनलाई बुढानीलकण्ठस्थित एक घरबाट पक्राउ गरेर ब्युरो ल्याइएको बताए । बम्जन लामो समय बाराको हलखोरिया जंगलमा बसेका थिए । पछिल्लो समय भने उनले सिन्धुलीमा आश्रम बनाएर बसेका थिए । आश्रममा बस्ने अनुयायीको हत्या गरेको, बेपत्ता पारेको तथा यौन हिंसा गरेको उजुरीपछि सीआईबी, कोशी प्रदेश र मधेश प्रदेश प्रहरीले समेत उनको खोजी गरिरहेका थिए । लामो समयदेखि फरार… पुरा पढौ

अस्पतालमा लमजुङको ऐतिहासिकता झल्कदै

लमजुङ जिल्ला अस्पतालमा विभिन्न आकर्षक चित्र बनाइएको छ । जिल्लाका प्रशिद्ध धार्मिक, पर्यटकीय, ऐतिहासिक विरासत बोकेका स्थान र संरचनाहरूका चित्र बनाइएको हो । लमजुङका स्थापित चित्रकार बाबु साइँलाद्वारा मनमोहक चित्र बनाइदै छ । अस्पतालमा स्वास्थ्य सम्बन्धी जानकारी मूलक चित्र हुनुपर्नेमा अन्य चित्र किन बनाइएको हो भन्ने प्रश्नमा सुन्दर र मनमोहक चित्रले मानिसको मन मश्तिष्क आनन्द बनाउँछ, रोगसँग प्रतिरोध गर्ने क्षमता बढाउँछ जसले आधा रोग त यिनै चित्र अबलोकनका कारण नै निको हुने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष हरिजङ तामाङले बताउनुभयो ।… पुरा पढौ

कालिका सहकारी ठगी काण्डमा मुख्य दोषी भनिएका संस्थापक अध्यक्ष मृगेन्द्र घिमिरे पक्राउ

लमजुङको बहुचर्चित कालिका सहकारी ठगी काण्डमा मुख्य दोषी भनिएका संस्थापक अध्यक्ष मृगेन्द्र घिमिरे पक्राउ परेका छन् ।काठमाण्डौंको धापासीमा लुकीछिपी बसेको अवस्थामा उनलाई प्रहरीले आइतबार दिउसो करिब ४ बजे पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार सहकारी ठगीमा मुख्य दोषी भनिएकी उनकी श्रीमती विनिता अधिकारी घिमिरे भने अझै फरार छन् । गएको बडादशैं अगावै उनीहरु बिरुद्ध प्रहरीले पक्राउ पूर्जी जारी गरेकोमा उनीहरु फरार रहँदै आएका थिए ।पक्राउ परेका घिमिरेलाई अहिले काठमाडौंमै प्रहरी कार्यालयमा राखिएको उनलाई सोमबारसम्म जिल्ला प्रहरी कार्यालयमा ल्याइने… पुरा पढौ

लमजुङका विद्युत सुधार हुँदै बेसीशहरका लागि छुट्टै सिटी फिडर जडान

विद्युत् तसंरचना जीर्ण भएर विद्युतमा अनियमितता हुने गरेको लमजुङमा नेपाल विद्युत् प्राधिकण वितरण केन्द्रले सुधारका कार्य अघि बढाएको छ । विद्युतलाई नियमित गराई उद्योग कलकारखाना, कार्यलय तथा व्यक्तिहरुलाई कामकाजमा सहज होस् भन्ने उद्धेश्यले केन्द्रले विद्युतको समस्या समाधान गर्न विभिन्न क्षेत्रमा संरचना निर्माण गरेको छ । पछिल्लो समय जिल्लाको बजार क्षेत्र र ग्रामीण क्षेत्रमा छुट्टाछुट्टै फिडरमार्फत विद्युत् वितरण सुरु गरेको केन्द्रले जनाएको छ । गत पुस ६ गते सदरमुकाम बेसीशहरमा नयाँ सिटी फिडर जडान गरको छ । उदीपुरको सवस्टेसनबाट विद्युत लाईन… पुरा पढौ

१९ वर्ष पछि पुनः त्रिवेणी कप उचाल्दै लालीगुराँस युवा क्लव

लमजुङको सदरमुकाम बेसीशहरमा जारी ३१ औं त्रिवेणी कप राष्ट्रब्यापी खुला नकआउट फुटबल प्रतियोगिताको उपाधी लालीगुराँस युवा क्लब भुजुङले उचालेको छ । शनिबार सदरमुकाम बेसीशहरको सहजी रगंशालामा १० औं हजार दर्शकको उपस्थितीमा भएको निकै प्रतिप्रर्धात्मक खेलमा बेसीशहर युथ सोसाइटीलाई शुन्यका विरुद्ध १ गोलले पछी पार्दै लाली गुराँस युवाक्लव भुजुङले त्रिवेणी कपको उपाधीको साथमा नगद रु ८ लाख प्राप्त गरेको छ । भुजुङले पहिलो पटक ०६१ मा त्रिवेणी कप उपाधी प्राप्त गरेको थियो । बेसीशहर युथ सोसाइटीले भने उपविजेतामा चित्त बुझाउँदै नगद… पुरा पढौ

त्रिवेणी कप प्रतियोगिता आज थप २ टिम सेमिफाइनलमा प्रवेश

लमजुङको सदरमुकाम बेसीशहरमा जारी ३१ औं त्रिवेणी कप राष्ट्रब्यापी खुला नकआउट फुटबल प्रतियोगिता अन्तर्गतको खेलमा आज थप २ टिम सेमिफाइनलमा प्रवेश गरेका छन् । विहिबारको पहिलो खेलमा लालिगुराँस युवाक्लब भुजुङले त्रिभुवन आर्मी क्लबलाई शुन्यका बिरुद्ध २ गोलले हराउँदै सेमिफाइनलमा प्रबेश गरेको छ । लालिगुराँस भुजुङका विशाल घलाङ र निरज चौधरीले गरेको गोलले नै भुजुङलाई सेमिफाइनको यात्रामा पुराएको हो । लालिगुराँस भुजुङ कै विशाल घलाङ म्यान अफ द म्याच समेत घोषणा भयर नगद ५ हजार प्राप्त गरेका छन् । त्यस्तै दोश्रो… पुरा पढौ

बेसीशहरमा जेष्ठ नागरिक हेरचाहकर्तालाई सम्मान

लमजुङको बेसीशहर नगरपालिकाले उत्कृष्ट जेष्ठ नागरिक हेरचाहकर्तालाई सम्मान गरेको छ । बुधबार आयोजना गरिएको नगरसभाको १४ औं अधिवेशनमा नगरपालिका भित्र रहेका ५० जना जेष्ठ नागरिक हेरचाहकर्तालाई सम्मान गरेको हो । सम्मानित हुनेहरुलाई नगरपालिकाका प्रमुख गुमानसिंह अर्याल, उपप्रमुख पद्मा गुरुङ र प्रमुख प्रशासकिय अधिकृत चेतनाथ अर्यालले प्रशंसा–पत्र, जनही नगद ५ र टिका लगाएर संयुक्त रुपमा सम्मान गर्नुभएको हो । आर्थिक वर्ष २०८०\०८१ को जेष्ठ नागरिक लक्षित कार्यक्रम अन्तरगत नगरपालिका भित्रका रहेका जेष्ठ नागरिक हेरचाहकर्तालाई सम्मान गरिएको नगप्रमुख गुमानसिंह अर्यालयको भनाई छ… पुरा पढौ