अर्थतन्त्र

राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्मथलोमा पूर्णकदको शालिक निर्माण

लमजुङको मस्र्याङदी गाउँपालिकाको वडा नं. ६ बाहुनडाँडामा राष्ट्रकवि माधव घिमिरकोे स्मृतिमा निर्माण गरिएको सालिकको अनावरण र पार्कको उद्घाटन गरिएको छ । आईतबार राष्ट्रपति पौडेलले शालिक तथा पार्कको एक समारोहका विच उद्घाटन गर्नुभएको हो । वि.सं. १९७६ असोज ७ गते लमजुङको पुस्तुन बाहुनडाँडामा जन्मिएका राष्ट्रकवि घिमिरेको “गौरी”, “मालती मंगले”, “शकुन्तला” चर्चित कृतिहरु हुन् । नेपाली साहित्यमा स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली अपनाएर साहित्य सिर्जना गर्ने कवि घिमिरे नेपाली साहित्यमा कविता, गीत र महाकाव्यका लागि चम्किला तारा हुन् । उनको जन्मथलो लमजुङको… पुरा पढौ

स्रष्टा र साहित्यकारलाई सहयोग र सम्मान गर्न कुनै कञ्जुस्याई गर्न हुँदैनः राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले भाषा, साहित्य, संस्कृति र दर्शन मानव जीवनका लागि अपरिहार्य विषय भएको र भाषिक तथा सांस्कृतिक बहुलता एवम् भौगोलिक विविधताले युक्त हाम्रो देशको गौरव एवम् पहिचान भनेकै हाम्रा भाषा, साहित्य, संस्कृतिहरू रहेको बताउनुभएको छ । राष्ट्रकवि माधव घिमिरे प्रतिष्ठानको आयोजना र मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानको सहआयोजनामा लमजुङ बाहुनडाँडा पुस्तुनमा आयोजित राष्ट्रकवि घिमिरेको पूर्णकदको शालिक अनावरण कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै राष्ट्रपति पौडेलले उक्त विचार व्यक्त गर्नुभएको हो । “प्रतिभाका धनी स्रष्टा र साहित्यकारलाई समाज र सरकारले साथ, सहयोग र सम्मान… पुरा पढौ

रेडक्रस सोसाइटी गाउँशहरको सभातिमा कान्ता घिमिरे चयन

नेपाल रेडक्रस सोसाइटी गाउँशहर उपशाखाको १७ औं बार्षिक साधारण सभा एव्म छैटौं अधिवेसन सम्पन्न भएकोे छ । बेसीशहर नगरपालिकाको वडा नं ३ रानीकुवाको सामुदायिक भवनमा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी लमजुङ शाखाका उपमन्त्री दिपक न्यौपानेको प्रमुख अतिथिमा कार्यक्रम भएको हो । अधिबेसनबाट सर्वसम्मत रुपमा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । नवनिर्वाचित सभापतीमा कान्ता घिमिरे, उपसभापति उषा देवी घिमिरे, सचिवमा हरिचन्द्र बराल, कोषाध्यक्ष सरोज कुमार दनाई, उप कोषाध्यक्ष गीता बराल, सह सचिव सविता बराल, रहनुभएको छ । त्यस्तै सदस्यहरुमा लोठ… पुरा पढौ

आन्दोलनरत शिक्षक र सरकारबीच ९ बुँदे सहमती, अन्दोलनका कार्यक्रम फिर्ता

काठमाडौँ । नेपाल शिक्षक महासंघ र सरकारबीच ९ बुँदे सहमति भएको छ । सहमति भएका विषयहरू मन्त्रिपरिषदबाट पारित भएपछि सहमति भएको हो । यी हुन् ९ बुँदे सहमति १) शिक्षकहरूको स्वास्थ्य उपचारका सम्बन्धमा काठमाडौँमा अवस्थित निजामती अस्पतालमा सम्पूर्ण शिक्षक तथा विद्यालय कर्मचारीलाई सहुलियत उपलब्ध गराउने व्यवस्था गर्ने ।२) अस्थायी प्रकृतिका शिक्षक – राहत,अस्थायी, साबिक उमावि, सिकाई अनुदान, प्राविधिक धार, विशेष शिक्षा र बाल विकास सहजकर्ताको बिरामी बिदा सञ्चित हुने र सो बापतको रकम अवकाश भएका बखतमा एकमुष्ट प्राप्त गर्ने ।… पुरा पढौ

सहकारीको ऋण असुली र कानुनी प्रावधान बारे प्रशिक्षण

बेसीशहर नगरपालिका भित्र संचालनमा रहेका सहकारी संस्थाहरुका लागि सहकारी ऐन प्रतिस्थापन विधेयक, भाका नाघेका ऋण असुली र कानूनी प्रकृया सम्बन्धीे प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको छ । बेसीशहर नगरपालिका र बेसीशहर क्षेत्र सहकारी समन्वय समिमिको आयोजनामा भएको २ दिने प्रशिक्षण कार्यक्रम बेसीशहर नगरपालिका वडा नं ३ मा पर्ने पर्यटकिय तथा ऐतिहासिक गाउँ काउलेपानीमा भएको हो । कार्यक्रमको उद्घाटन बेसीशहर नगरपालिकाका उपप्रमुख पद्मा गुरुङले गर्नुभएको थियो । कार्यक्रममा नेफ्‌स्कुनका कानुनी सल्लाहकार शिव अधिकारीले प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षण कार्यक्रममा ऋण के हो,… पुरा पढौ

शिक्षा मन्त्रीको राजीनामासगँ शिक्षक आन्दोलनको कुनै साइनो छैनः सुवेदी

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिनुभएको छ । मन्त्री भट्टराईले आज दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा पत्र बुझाउनुभएको उहाँको निजी सचिवालयले जानकारी दिएको छ । शिक्षकहरूले विभिन्न माग राखेर काठमाण्डौमा निरन्तर आन्दोलन गरिरहेका बेला शिक्षामन्त्री भट्टराईको राजीनामा आएको हो । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले गएको चैत २० गतेदेखि आन्दोलन गर्दै आएका छन् । शिक्षकहरूको समस्या समाधान गर्दै आन्दोलन टुंग्याउनका लागि भएका वार्ता र छलफलमा प्रधानमन्त्रीले शिक्षामन्त्री भट्टराईलाई ’बाइपास’ गर्दै आएका थिए… पुरा पढौ

नयाँ वर्षको दिन पनि शिक्षकहरु सडकमै

आजबाट नयाँ वर्ष २०८२ सुरु भएको छ । देश तथा विदेशमा रहने हरेक नेपालीहरुले नयाँ वर्षको स्वागत गर्दै उल्लासका साथ मनाइरहेका छन् ।तर त्यही बेला नेपालका शिक्षकहरू भने शिक्षा क्षेत्रको सुधारको मागसहित सडकमा उत्रिएर नारा जुलुस लगाई लगाइरहेका छन्। नेपाल शिक्षक महासंघको आह्वानमा २० चैतदेखि जारी आन्दोलन सोमबार १३ औं दिन प्रवेश गरेको छ। नयाँ वर्ष २०८२ को पहिलो दिन पनि उनीहरूले माइतीघर–बानेश्वर सडकखण्डमा प्रदर्शन गर्दै वर्षको सुरुवात सडकमा गरे। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने, ‘यसपलिका नयाँ वर्ष हामी सडकमा… पुरा पढौ

सोमबारदेखि सबै विद्यालय बन्द गर्ने शिक्षक महासंघ घोषणा

नेपाल शिक्षक महासंघले शिक्षकहरुको जारी आन्दोलनलाई अझ सशक्त बनाउन सोमबारदेखि शैक्षिक हड्तालको घोषणा गरेको छ । अब देशभरका सबै विद्यालय बन्द गरी शिक्षक–कर्मचारीलाई काठमाडौंको शैक्षिक सडक आन्दोलनमा अनिवार्य सहभागी हुन महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आग्रह गरेका हुन् । यसका साथै त्यस अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन आइतबार एक विज्ञप्ती जारी गर्दै महासंघले सबै शिक्षकहरुलाई आग्रह गरेको छ । साथ यो आन्दोलनप्रति ऐक्यवद्धता प्रकट गरी दिनुहुन विद्यार्थी, अभिभावक, विं… पुरा पढौ

क्व्होलासोथर गाउँपालिकाको विकासमा नागरिकको चासो

लमजुङको क्व्होलासोथार गाउँपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइमा नागरिकले गाउँपालिकाको विकासमा चासो देखाएका छन् । उनीहरुले विकासविना समृद्धि हासिल गर्न नसक्ने भएकाले नागरिकको प्रत्यक्ष सहभागितामा चौतर्फी विकासको योजना बनाएर लागू गर्न गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई सुझाव दिए । क्व्होलासोथार गाउँपालिका ७, उपल्लो चरागाउँमा शुक्रबार क्व्होलासोथार गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१–०८२ को दोस्रो चौमासिकमा सञ्चालित विकास निर्माण तथा सार्वजनिक सेवा प्रवाहको प्रभावकारिता विषयमा सार्वजनिक सुनुवाई आयोजना गरिएको थियो । सार्वजनिक सुनुवाइमा स्थानीयले सडकको सुधार, शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन साथै करलगायतको विषयमा जिज्ञासा… पुरा पढौ

बाहुनडाँडामा देवीथानको पुननिर्माण, बैशाख ५ गते भव्य उद्घाटन गरिने

लमजुङको मर्स्याङ्दी गाउँपालिका वडा नं ६ बाहुनडाँडामा रहेको ऐतिहासिक तथा धार्मिक महत्वले भरिपूर्ण देवीथानको पुननिर्माण गरिएको छ । विहिबार सदरमुकाम बेसीशहरमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि सो जानकारी गराइएको हो ।२०७२ सालको भूकम्पले क्षतिग्रस्त भएको देवीथान पुननिर्माणका लागि स्थानीयले समिति गठन गरि देश विदेशमा रहेका शुभेच्छुक चन्दा संकलन, स्थानीय, प्रदेश तथा संघीय सरकारबाट स्रोत जुटाई आवश्यक भौतिक संरचनाहरु निर्माण गरिएको छ ।हालसम्म देवीथान पुनःनिर्माणका लागि ५६ लाख ९१ हजार १ सय ७० रुपैयाँ खर्च गरिएको छ भने अझै मन्दिर सम्म… पुरा पढौ