धर्म/ सस्कृती

भाइटीकाको साईत कार्तिक ६ गते बिहान ११ बजेर ३९ मिनेटमा

यस वर्षको भाइटीकाको शुभ साइत कार्तिक ६ गते बिहान ११ बजेर ३९ मिनेटमा रहेको छ। कार्तिक १ गतेदेखि सुरु यमपञ्चक सोही दिन धन त्रयोदशी र धनतेरस पर्व मनाइएको छ । भाइटीकामा ज्येष्ठको क्रमानुसार दाजुभाइलाई टीकाटाला गर्ने परम्परा शास्त्रीय मान्यतामा आधारित छ। प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यमपञ्चक अर्थात तिहार पर्व मनाइन्छ। यस अवधिमा यमदीपदान गरिँदै परिवारका सदस्यहरूको नाम उच्चारण गरेर यमदीप दान गरिन्छ। भने कार्तिक २ गते आइतबार काग तिहार र धनवन्तरी जयन्ती, कार्तिक ३ गते सोमबार… पुरा पढौ

लमजुङ दरबारको निर्माण कार्य बजेट अभावमा अलपत्र

लमजुङको बेँसीसहर नगरपालिका वडा नं ३ गाउँशहरमा रहेको लमजुङ दरबारको निर्माण रोकिएको छ। २ वर्षमा सक्ने लक्ष्यका साथ पुरानै स्वरुपमा निमार्ण गरिएको दरबारको रकम अभावमा निर्माण कार्यमा ढिलाई भएको हो । सोह्रौँ शताब्दीमा बनेको उक्त दरबार जीर्ण भएपछि पुरातत्त्व विभागले तीन वर्षअघि पुनर्निर्माण थालेको थियो। बाइसे,चौबीसे राज्यका पालाको लमजुङ दरबार पुनर्निर्माणले गति लिन नसक्दा स्थानीय चिन्तित बनेका छन्। स्थानीयले धार्मिक तथा ऐतिहासिकस्थल लमजुङ दरबार र कालिका मन्दिरको पुनर्निर्माणमा सरकारले पर्याप्त बजेट नपठाउँदा हाल निर्माणकार्य अलपत्र अवस्थामा रहेको बताएका छन् ।… पुरा पढौ

आज कोजाग्रत पूर्णिमा, दशैंको समापन गरिँदै

आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आरधना गरी रातभर जाग्राम बसेर मनाइँदैछ । आश्विन शुक्ल प्रतिपदाका दिनबाट शुरु भएको दुर्गा पक्ष अर्थात् दशैँ पर्व आज कोजाग्रत पूर्णिमाका दिन सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आरधना गरी राती जाग्राम बसेपछि समापन हुन्छ । आजको दिन सायंकालमा महालक्ष्मीको पूजा आरधना गरी राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वासका आधारमा यो पर्व मनाउन शुरु गरिएकोे… पुरा पढौ

घिमिरे कुलायन मन्दिर मर्मतका लागि सहयोग प्राप्त, कुश्माखर घिमिरेको शालिक निर्माण गरिने

लमजुङको बेसीशहर नगरपालिका वडा नं ३ देउपुजेमा रहेको घिमिरे बन्धुहरुको घिमिरे कुलदेवता गुठी मन्दिर मर्मतका लागि सहयोग प्राप्त भएको छ । हाल विदेशमा रहनुभएका घिमिरेहरुले कुलायन मन्दिरको संरक्षण तथा मर्मतको लागि सहयोग रकम पठाउनुभएको हो । कुलदेवता मन्दिरका लागि बेसीशहरको वडा नं ३ मा घर भई हाल अमेरिकामा रहनुभएको सोमराज घिमिरेले २ लाख दुई हजार २ सय २२ रुपैँया न्यूजिल्याण्डमा रहनुभएकोे बुद्धिसागर घिमिरेले १ लाख २२ हजार २ सय २२ रुपैँया सहयोग प्रदान गनुभएको छ । सो रकमबाट कुलदेबता गुठी… पुरा पढौ

आज बडादशैं, मान्यजनको हातबाट टिका जमरा लगाइदै

आज बडादशैँ अर्थात् विजया दशमी दुर्गापक्षको मुख्य दिन, मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा रातो टीका र जमरा लगाइँदै छ । रातो टीकालाई शुभ साइतको प्रतीक र जमरालाई समृद्धिको प्रतीक मानिन्छ । दशैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले बिहान ११ बजेर ५३ मिनेटको साइत उत्तम रहेको जनाएको… पुरा पढौ

गाउँशहर कालिकाको भव्य पुजाआजा हुँदै

आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नेपालीहरुले बडादशैंका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्यरूपमा मनाउँदैछन् । बडादशैंको अवसरमा गाउँशहर कालिकामा भव्य पुजाआजा गरिएको छ ।लमजुङको वडा नं ३ मा पर्ने गाउँशहर कालिकालाई घटस्थापनाका दिनदेखि विषेश पुजाआजा गर्ने गरिन्छ । दरबार नजिकै रहेको कालिका मन्दिर लमजुङ जिल्लाको प्रमुख शक्तिपीठमध्ये एक हो। स्थानीय मानिसहरू विशेष गरी चैते दशैं, महानवमी र अन्य देवीपूजाको समयमा यहाँ भाकल दिने, पञ्चवली दिई विशेष पूजाअर्चना गर्दछन्। मन्दिरलाई स्थानीयले सुरक्षा र शक्ति दिने देवीस्थानको रूपमा… पुरा पढौ

बडादशैंको आठौं दिन आज महाअष्टमी मनाइँदै

आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरुले बडादशैंका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्यरूपमा मनाउँदैछन् । बडादशैंको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको विभिन्न वैदिक सनातन परम्पराका ग्रन्थमा उल्लेख गरिएको छ । आजको दिन शास्त्रसम्मतरूपमा दशैं घर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गा भवानीको विशेष पूजा गरिन्छ । दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठ गरिन्छ । विवेकशील… पुरा पढौ

कमला घिमिरेको दशैं आयो

नेपालीहरुको महान् पर्व वडा दशैं निजिकिदै गर्दा शिक्षा क्षेत्रमा सक्रिय लमजुङ घर भई काठमाडौ निवासी कमला घिमिरे अधिकारीद्धारा रचना गरिएको दशैं आयो बालगीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । बालबालिकालाई लक्षित गरी रचना गरिएको बालगित दशैं आयो गीतको म्युजिक भिडियो निर्माण गरिएको हो । बालबालिकालाई गीतको माध्यमबाटै नवदुर्गा भगवतीको पुजा गरिने, दशैंमा रमाईलो गर्ने, मिठो मसिनो कुरा खाएर, नयाँ लुगा लगाउने, पिङ खेल्नुका साथै ठूलाबढाको हातको टिका र जमरा लगाएर आर्शिबाद लिने लगायतका कुराहरु समेटिएको रचनाकार घिमिरेले बताउनुभयो । हालसम्म… पुरा पढौ

वडा दशैं सुरु, आज घटस्थापना

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने हिन्दुहरूको महान् पर्व बडा दसैँ आजदेखि प्रारम्भ भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाउने गरिन्छ । बडा दसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दसैँ घरमा वैदिक विधि पूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत… पुरा पढौ

आज विश्वकर्मा पूजा

आज विश्वकर्मा पूजा र वास्तु दिवस । स्वर्ग लोक, मत्र्यलोक (मध्य लोक) र पाताल लोक, गरी तीन लोकको निर्माण गरेका भगवान् विश्वकर्मा पूजा वर्षाको अन्त्य र शरद ऋतु प्रारम्भ हुने बेलामा मनाउने गरिन्छ। ज्योतिष शास्त्र अनुसार असोज १ गते को दिन मनाउने गरिएको विश्वकर्मा पूजाको दिन सूर्यदेव कन्या राशिमा प्रवेश गर्छन्। विश्वकर्मा पूजा महोत्सव आज कन्या संक्रान्ति, लगायत कार्तिक शुक्ल प्रतिपदा (गोवर्धन पूजा) को दिन पनि मनाउने चलन रहेको पाइन्छ। नेपालमा दसैँको उपलक्षमा महानवमी अर्थात् कालरात्रिको दिन गुप्त पूजा गरी… पुरा पढौ