धर्म/ सस्कृती

आज रंगहरूको पर्व होली मनाइँदै

आज पहाडी तथा हिमाली जिल्लाहरूमा रगंहरुको पर्व फागु पूर्णिमा अर्थात् होली भव्यताका साथ मनाइँदै छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउन लागिएको छ । शक्तिको दुरुपयोग गर्ने पापी प्रवृत्तिको अन्त्य भएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको मानिन्छ । नेपालका सबै जातजातिले मनाउने होली पर्व पहिलो दिन पहाडी भेगमा मनाउने गरिन्छ भने दोस्रो दिन तराईका क्षेत्रहरूमा मनाइने चलन छ । त्रेतायुगमा हिरण्यकश्यपु नामक दानवले… पुरा पढौ

महाशिबरात्री पर्वमा ईशानेश्वर महादेव मन्दिरमा दर्शनार्थीको भिड

नेपालकै मध्य भागमा पर्ने लमजुङको दक्षिण पश्चिममा रहेको मध्यनेपाल नगरपालिका वडा नं ७ करापुटारमा ठुलो मेला लागेको छ । महाशिबरात्री पर्वको अबसरमा इशानेश्वर महादेव मन्दिरमा ठूलो मेला लागेको हो । महाशिवरात्रीको अबसरमा लाखौं भक्तजनहरु शिवजिलाई दूध चढाउन, बत्ती बाल्न तथा पुजा अर्चनाको लागि पुगेका छन् ।शिवरात्रीमा सन्तानको ईच्छा राखी ईशानेश्वर महादेव मन्दिर परिसरमा रातभर उभिएर ठाडो बत्ती बाल्ने, सन्तान वा पुत्र लाभ भएपछि मन्दिरमा आई महादेबलाई सन्तान देखाउने, विवाह भएको लामो समयसम्म सन्तान नभएका जोडीहरुका साथै अन्य मनोकामना पनि पूरा… पुरा पढौ

आज माघे संक्रान्ति पर्व मनाइँदै

प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे संक्रान्ति पर्व आज देशभर स्नान, जप, तप, ध्यान साधना, दान आदि गरी मनाइँदै छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघ १ गतेलाई मकर संक्रान्ति पनि भनिन्छ । माघे संक्रान्ति अर्थात् माघी पर्वको अवसरमा सरकारले आज देशभर सार्वजनिक विदा दिएको छ । माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य… पुरा पढौ

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपाको कार्यक्रम

लमजुङमा आईतबार ३ सय ४ औँ राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती मनाइएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति लमजुङले दिवसको अवसरमाा सदरमुकाम बेसीशहरमा र्याली तथा सभाको आयोजना गरेको हो । बाजागाजा, व्यानर र प्लेकार्ड सहित बेसीशहरको सेराबाट सुरु भएको र्याली बजार परिक्रमा गरी भिमसेन स्थानमा सभामा परिणत भएका थियो । सभामा पृथ्वी नारायण शाहले राष्ट्र निमार्णमा पुर्याउनुभएको योगदानको कदर र सम्मान गर्दै शाहको तस्विरमा अविर अर्पण गरिएको थियो । सभामा सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय प्रजातन्त्र… पुरा पढौ

आजबाट स्वस्थानी ब्रत सुरु

सनातन हिन्दु धर्मअनुसार धार्मिक रूपमा अत्यन्त महत्त्वपूर्ण मानिने श्री स्वस्थानी व्रत कथा आजबाट सुरु भएको छ। पौष शुक्ल पूर्णिमाका दिनबाट सुरु हुने यो व्रत माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म चल्ने गर्दछ। आजदेखि माघ महात्म्यअन्तर्गत श्री स्वस्थानी व्रत कथाका ३१ अध्यायहरू पाठ गरिन्छ। हिन्दु धर्मावलम्बीहरूले चोखो रही घर–घरमा श्रद्धापूर्वक स्वस्थानी कथा वाचन गर्ने परम्परा रहेको छ। महिला–पुरुष दुवैले समान रूपमा यो व्रत बस्ने र कथा श्रवण गर्ने गर्छन्। स्वस्थानी माताप्रति आस्था राख्ने श्रद्धालुहरूले महिनाभर व्रत लिने गर्दछन्। व्रतका क्रममा एक छाक… पुरा पढौ

संस्कार सुधार समाजको अध्यक्षमा ढकाल

काठमाडौ— संस्कार सुधार समाजको अध्यक्षमा पुण्यप्रसाद ढकाल चयन भएका छन् । आज काठमाडौंको नयाँ बानेश्वरमा भएको विशेष साधारणसभाले ढकालको नेतृत्वमा सर्वसम्मतरुपमा नयाँ कार्यसमिति चयन भएको हो । पेशागत महासंघ नेपालका अध्यक्षसमेत रहेका ढकाल पूर्व निजामती कर्मचारी हुन् । समाजको सहअध्यक्षमा धरणीप्रसाद गौतम, उपाध्यक्षहरुमा डा. होमनाथ पौडेल, अम्बु भवानी कार्की, डा. निर्मला न्यौपाने, महासचिवमा खगेन्द्रप्रसाद पोखरेल, सचिवमा डा. प्रकाशज्योति पोखरेल र कोषाध्यक्षमा रमेश अधिकारी रहेका छन् । त्यस्तै सदस्यहरुमा डिल्लीरमण आचार्य, धनज न्यौपाने, रुद्र आचार्य, थर्कबहादुर वस्नेत, बैकुण्ठ गुरागाई, डा.विदुर वस्ती,… पुरा पढौ

लमजुङमा तमु ल्होसार धुमधामका साथ मनाइयो

लमजुङका गुरुङ समूदायले तमु नयाँ वर्षको रुपमा तामझामका साथ ल्होसार पर्व मनाएका छन् । बर्गचक्र फेरिएसँगै गुरुङ समूदायले सप्रिप्ल्हो अर्थात सर्प वर्गलाई विदाई गरी त ल्हो अर्थात घोडा वर्गलाई स्वागत गर्दै ल्होसार मनाएका छन् । गुरुङ समुदायले शुभकामना आदानप्रदान, चियापान, सम्मान, स्योकै र सांस्कृतिक कार्यक्रम गरी ल्होछारको स्वागत गरेका हुन् । ल्होसारको मुख्य दिन मंगलबार तमु ह्युला छोँज धि गुरुङ राष्ट्रिय परिषद् बेसीशहर इकाईले तमु संग्रहालयमा शुभकामना आदानप्रदान, सम्मान दिवा भोज तथा साँस्कृतिक कार्यक्रम आयोजना गरेको हो । इकाईका अध्यक्ष… पुरा पढौ

गाउँशहर महायज्ञको खर्च कटाएर ५० लाख ४२ हजार रुपैयाँ बचत

बेसीशहर नगरपालिका ३ गाउँशहर स्थित धार्मिक, ऐतिहासिक र पर्यटकीयस्थल लमजुङ दरबार र कालिका मन्दिर परिसरमा आयोजित श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ धार्मिक महोत्सवको आम्दानीबाट ५० लाख ४२ हजार रुपैँया बचत भएको छ । मंसिर २ देखि १० गतेसम्म आयोजित महायज्ञमा विभिन्न दाताहरुबाट प्राप्त दान सहयोग ६९ लाख ४२ हजार छ सय २२ र कलश बिक्रीबाट ५६ हजार गरि कूल ६९ लाख ९८ हजार छ सय २२ रुपैयाँ आम्दानी भएको हो । महायज्ञ मूल आयोजक लमजुङ कालिका मन्दिर संरक्षण तथा व्यवस्थापन… पुरा पढौ

गाउँशहर महायज्ञमा आज बेलुकी लाखबत्ती बाल्ने विशेष कार्यक्रम

बेसीशहर नगरपालिका ३ गाउँशहर स्थित लमजुङदरबार र कालिका मन्दिर परिसरमा मंसिर २ गतेदेखि भईरहेको श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञको सुरुवात देखि नै संकलित दान रकमले दिनहुँ अघिल्लो दिनको रेकर्ड तोडिरहेको छ। छैटौंदिन आईतबार पौने बाह्रलाख रुपैयाँ दान संकलन भएकोमा सातौंदिन सोमबार झण्डै १३ लाख रुपैयाँ दान संकलन भएको छ। सोमबार मात्रै १२ लाख ९५ हजार चारसय २५ रुपैयाँ दान संकलन भएको छ। आईतबारसम्म संकलित रकम २९ लाख ४९ हजार ३५ रुपैयाँ २५ पैसा रहेकोमा सोमबारको रकम थपिँदा सोमबारसम्म महायज्ञमा कूल… पुरा पढौ

ऐतिहासिक तथा धार्मिक स्थल लमजुङ दरबार परिषरमा महापुराण सुरु

लमजुङ जिल्लाको ऐतिहासिक, धार्मिक र साँस्कृतिक सम्पदामध्ये एक लमजुङ कालिका मन्दिर तथा लमजुङ दरबार परिषरमा श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ । गाउँशहरको डाँडामा रहेको कालिका मन्दिर र लमजुङ दरबार क्षेत्र विकासको संचालन सहयोगार्थका लागि मंगलबारदेखि महायज्ञको सुरु गरिएको हो । महायज्ञको बेसीशहर गरपालिकाका प्रमुख गुमानसिंह अर्यालले एक समारोहका विच पानसमा बक्ति बालेर उद्घाटन गर्नुभएको छ । कार्यक्रम उद्घाटन पुर्व गाउँशहरको चण्डीस्थानबाट बाजागाजाका साथ सुरु भएको कलश यात्रा गाउँ परिक्रममा गरी मन्दिर परिषरमा पुगेको थियो । कलश यात्रामा… पुरा पढौ