अटो/बजार

सीमा अतिक्रमणको विषयवस्तुमा फिल्म ‘दोधारा चाँदनी’ बनाउने

काठमाडौं । भारतले नेपालको सीमा अतिक्रमण गर्ने विषयवस्तुमा फिल्म बनाउँदै आएका निर्माता नवल खड्काले आगामी फिल्म ‘दोधारा चाँदनी’ निर्माणको घोषणा गरेका छन् । तिहारको लक्ष्मीपूजाको अवसर पारेर उनले आगामी फिल्मको घोषणा गरे । यो फिल्ममा पनि दोधारा चाँदनीमा भारतले नेपाली सीमा अतिक्रमण गरेको विषयवस्तु प्रस्तुत गरिने भएको छ । खड्काले यसअघि यस्तै कथावस्तुमा दशगजा र काँडेतार पनि निर्माण गरेका छन् । ‘काँडेतार’ फागुन २५ गते प्रदर्शनको तयारीमा छ । सामना फिल्म्स प्रालिको ब्यानरमा निर्माण हुने यो फिल्मलाई खड्काले नै निर्माण… पुरा पढौ

लक्ष्मीनारायण साकोसको ११ औ वार्षिक साधारण सभा सम्पन्न

लमजुङको बेसीशहरमा महिलाहरुद्धारा सञ्चालित लक्ष्मीनारायण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साकोसका अध्यक्ष सृजना बरालको अध्यक्षतामा भएको साधारणसभाको उद्घाटन प्रदेशसभा सदस्य पार्वती तामाङले गर्नुभएको हो । २०६९ सालमा ४० जना शेयर सदस्यहरुबाट सुरु भएको लक्ष्मीनारायण सहकारी संस्थामा हाल १४ सय ७१ जना शेयर सदस्य पुगेको साकोसका अध्यक्ष सृजना बरालले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा उल्लेख गरिएको छ । उहाँका अनुसार जम्मा दुई लाख शेयर पुँजीबाट सुरु भएको साकोसको शेयर पुँजी वृद्धि भई हाल… पुरा पढौ

सुन्दरबजारका भूमिहिन सुकुम्बासीले पाए जग्गा धनी पूर्जा

लमजुङ सुन्दरबजारका २३ जना भूमिहीन दलित र सुकुम्बासीले जग्गाधनी पूर्जा पाएका छन् । कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय भूमि आयोगका केन्द्रिय अध्यक्ष केशव निरौलाले शुक्रबार सुन्दरबजार नगरपालिकामा आयोजित कार्यक्रममा उनीहरुलाई जग्गाधनी पूर्जा वितरण गर्नुभएको हो । जग्गाधनी लालपूर्जा वितरण गर्दै प्रमुख अथिती निरौलाले नेपाल सरकारको महत्वपूर्ण आयोजना पूर्व पश्चिम जोड्ने सुन्दरबजारमा पर्ने मध्यपहाडी लोकमार्ग नजिकै महत्वपूर्ण ठाउँमा भूमिहिनलाई जग्गा दिनु ज्यादै राम्रो भएको बताउनुभयो । अब बाँकी भूमिहिन तथा अव्यवस्थीतलाई पूर्जा दिन र काम तिब्र रुपमा अघि बढाउनको लागि आवश्यक परेमा… पुरा पढौ

बेच्न राखिएका प्लास्टिकका फुलका माला जफत

जिल्ला प्रशासन कार्यालय लमजुङले बेसीशहर बजारका पसलहरुमा प्रतिवन्ध गरिएको प्लास्टिकका फुलका मालाहरु जफत गरेको छ ।मनाङे चौताराबाट भिमसेन स्थानचोक सम्म शुक्रबार १२ वटा पसल अनुगमनका क्रममा फेला परेको ८ सय ५ वटा बेच्न राखिएकोप्लास्टिकका माला जफत गरेको हो । अनुगमनका क्रममा भिमसेन स्थानचोकमा रहेको शिवशंकर पुजा सामाग्री पसलले पोखरामा रहेको भट्टराई पुजा पसल बगर पोखराबाट प्रतिवन्धित फूलका मालाहरु खरिद गरेको भेटिएकोले राजश्व छलि भएको हुन सक्ने र जयन्ती पुजा सामाग्री पसलले बैदिक पूजा सामाग्री सप्लायर्स भरतपुर १ नारायणगढ चितवनबाट खरिद… पुरा पढौ

कृषकले फलाएको आलुको बजार सुनिश्चित

लमजु्ङका कृषकहरुले उत्पादन गरेको आलु अब बेच्नलाई समस्या नहुने भएको छ । जिल्ला भित्र उत्पादन भएको आलु सिधै उत्पादन कम्पनीमा बेच्नको लागि सम्झौता गरिएपछि कृषकहरुलाई बजार समस्या नहुने भएको हो । सोमबार कृषि ज्ञान केन्द्र लमजुङको कार्यालयले बेसीशहरमा जिल्ला स्तरमा व्यवसायिक आलु खेती प्रविधि तालिम प्रदान गरी लमजुङका आलु उत्पादन गर्ने किसान र आलु चिप्स उत्पादन गर्ने कम्पनी फस्ट च्वाईस फुड प्रा.लि भैरहवा रुपन्देही बिच किनबेचको सम्झौता गरेको हो । हिउँद याममा आलु धेरै मात्रामा उत्पादन हुने हुदाँ किसानहरुलाई बजारको… पुरा पढौ

भुकम्पमा परी १ सय ५७ जनाको मृत्यु, ३ हजार ४१ घरपूर्ण क्षति

गत शुक्रबार राती गएको भुकम्पमा परी जाजरकोट र रुकुममा १ सय ५७ जनाको मृत्यु भएको छ भने ३ हजार ४१ घरपूर्ण रुपमा क्षति भएको छ । रुकुम पश्चिममा भूकम्पले २ हजार १३६ घर पूर्ण क्षति भएका छन् । २ हजार ६४२ आंशिक र ४ हजार ६७० सामान्य क्षति भएका छ्न् । त्यस्तै भूकम्पका कारण जाजरकोटका ९ सय ५ घरमा पूर्ण क्षति भएको छ । जिल्ला प्रशासन कार्यालय रुकुमका अनुसार प्रारम्भिक विवरणमा रुकुममा २ अर्बभन्दा बढीको क्षति भएको देखिएको छ ।… पुरा पढौ

मध्यरातमा गएको भूकम्पमा परी हालसम्म १२८ जनाको मृत्यु, एकसय ४० जना घाईते

गएराति गएको भूकम्पमा परी ज्यान गुमाउनेहरूको सङ्ख्या १२८ पुगेको छ । जिल्ला प्रहरी कार्यालय, जाजरकोटका अनुसार दुई जिल्लामा गरी मृत्यु हुनेको सङ्ख्या १२८ पुगेको हो । जाजरकोट आसपासलाई केन्द्र बनाएर मध्यराती गएको ६.४ म्याग्निच्युडको भुकम्पमा परी हालसम्म १२८ जनाको मृत्यु र एकसय ४० जना घाईते भएका छन् । भूकम्पबाट जाजरकोट र रुकुम पश्चिमा ठूलो क्षति भएको छ । जाजरकोटको नलगाड र रुकुमको आठविसकोट नगरपालिका र सानीभेरी नगरपालिकामा ठूलो क्षति भएको छ । प्रहरी र स्थानीय जनप्रतिनिधिहरुका अनुसार नलगाड नगरपालिकाकी उपमेयर… पुरा पढौ

अदालतको आदेशपछि छुटेको डेढ महिना नवित्दै फेरि पक्राउ परे रिगल

काठमाडौं । सर्वोच्च अदालतले कैद मिनाहा दिने सरकारको निर्णय बदर गरेसँगै प्रहरीले योगराज ढकाल ‘रिगल’लाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेको टोलीले रिगललाई पक्राउ गरेको एसपी सुवास बोहराले बताए । सर्वोच्च अदालतले बिहीबार ढकालको बाँकी कैद माफी गर्ने निर्णय बदर गर्दै तत्काल पक्राउ गरेर थुनामा राख्न आदेश दिएको थियो । अदालतले उनलाई बाँकी रहेको ११ वर्ष ११ महिना ५ दिन थुनामा राख्न आदेश दिएको छ । आदेश लगत्तै खोजी थालेको प्रहरीले रिगललाई पक्राउ गरेको हो । रिगल संविधान… पुरा पढौ

बेसीशहरमा ३ दिने कार्तिक महात्मा धार्मिक प्रवचन सुरु

लमजुङको सदरमुकाम बेसीशहरमा ३ दिने कार्तिक महात्मा धार्मिक प्रवचन सुरु गरिएको छ । विहिबार बिहान बेसीशहर बजारमा कलश यात्रा गरी कार्यक्रमको सुरु गरिएको हो । बेसीशहरको फूलबारी मञ्चमा सुरु भएको धार्मिक कार्यक्रममा ग्रह शान्ति, भगवान् शालिग्रामको पुजा, रुद्री पुजा, हवन लगायतका पुजा गरिने छ । पुजाका साथमा संगितमय कार्तिक महात्मा धार्मिक प्रवचन पनि सुरु गरिएको छ । हिन्दु धर्ममा साउन, भदौ, असोज र कार्तिक महिनालाई पुरुषोत्तम महिना भनिने र यो सयममा विषेश पुजाआजा गर्ने गरिन्छ । कार्तिक महिनामा हरीबोधनी एकादशी… पुरा पढौ

सुन्दरबजारका भूमिहिनको नाममा जग्गा दर्ता

लमजुङको सुन्दरबजारमा रहेका भूमिहिनहरुको नाममा जग्गा दर्ता प्रक्रिया पुरा भएको छ । बुधबार सदरमुकाम बेसीशहरमा रहेको राष्ट्रिय भूमि आयोगको कार्यालयमा जग्गा दर्ता पुस्तकमा औठा छाप र हस्ताक्षर गरेपछि सम्पूर्ण प्रकिया पुरा भएको हो । सुन्दरबजार नगरपालिकाका जम्मा छनोटमा परेका ३३ जना मध्ये भूमिहिन सुकुम्बासी मध्ये दावी विरोध नभई प्रमाण पुगेका २४ जनाले नाम दर्ता गरेका छन् । नाम दर्ता गरी सम्पूर्ण प्रक्रिया पुरा गरेका सुकुम्बासीहरुलाई यहि कार्तिक २४ गते जग्गाधनी लालपुर्जा वितरण गरिने राष्ट्रिय भूमी आयोगका अध्यक्ष दामोदर अधिकारीले बताउनुभयो… पुरा पढौ