
गएराति गएको भूकम्पमा परी ज्यान गुमाउनेहरूको सङ्ख्या १२८ पुगेको छ । जिल्ला प्रहरी कार्यालय, जाजरकोटका अनुसार दुई जिल्लामा गरी मृत्यु हुनेको सङ्ख्या १२८ पुगेको हो ।
जाजरकोट आसपासलाई केन्द्र बनाएर मध्यराती गएको ६.४ म्याग्निच्युडको भुकम्पमा परी हालसम्म १२८ जनाको मृत्यु र एकसय ४० जना घाईते भएका छन् । भूकम्पबाट जाजरकोट र रुकुम पश्चिमा ठूलो क्षति भएको छ । जाजरकोटको नलगाड र रुकुमको आठविसकोट नगरपालिका र सानीभेरी नगरपालिकामा ठूलो क्षति भएको छ ।
प्रहरी र स्थानीय जनप्रतिनिधिहरुका अनुसार नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंह सहित मात्र हालसम्म १२८ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

भूकम्पका कारण सडक अवरुद्ध हुँदा जाजरकोटमा उद्धार कार्यमा कठिनाई देखिएको छ । केही ठाउँमा सञ्चार सम्पर्क विच्छेद पनि भएको छ । भूकम्प प्रभावित क्षेत्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्यकर्मीको टोलिसहित प्रभावित क्षेत्रमा जान लागेको प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिएका छन् ।