
लमजुङको दोर्दी गाउँपालिका ३, श्रीमञ्ज्याङको नयाँगाउँ चिसापानी ओरालो दासडाँडामा यात्रुबाहक जिप दुर्घटना गम्भिर घाइते भएका ४ जनालाई थप उपचारको लागि रिफर गरिएको छ ।
दुर्घटनामा घाइते मध्ये गम्भीर रहेका दोर्दी गापा–३ बस्ने ५० बर्षिय प्रेम कुमारी गुरुङ र दुधपोखरी ६ का ३७ वर्षकी मोनिका घलेलाई चितवन लगिएको छ भने अर्का गम्भीर घाइते राइनास न.पा का हर्राबोटका १३ बर्षिय कृश्टल गुरुङ र ४४ बर्षिय दुर्गा गुरुङलाई थप उपचारका लागी ग्राण्डी हस्पिटल काठमाडौं लगिएको हो ।
जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार अन्य घाइते मध्ये १७ वर्षकी निकिता गुरुङको हाल नमुना सामुदायिक अस्पतालमा उपचार भै रहेको छ भने अन्य घाइते भएकाहरु सामान्य उपचार पछि डिस्चार्ज भएका छन् ।

दूधपोखरी गाउँपालिका ६, साल्मेबाट बुधबार बिहान सुन्दरबजार नगरपालिकाको भोटेओडारतर्फ आउदै गरेको यात्रुबाहक जिप दुर्घटना हुँदा जिपमा सवार सवै १२ जना घाइते भएका हुन् ।
बुधबार बिहान पौने ९ बजेतिर ग १ ज ६३९१ नं. को जिप ओरालोमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाइँले बताउनुभयो ।
जिप चालक बेंसीसहर नगरपालिका १, रतनपुरका ३१ वर्षीय सन्तोष गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।