
लमजुङको बेसीशहर नगरपालिका ११ रामचोक चितीमा स्व लक्ष्मण सेढाईको सालिक अनावरण गरिएको छ ।
सामाजिक र शैक्षिक क्षेत्रमा महत्त्वपूर्ण योगदान पुराउनु भएका रामचोक निवासी स्व लक्ष्मण सेढाईको शुक्रबार बालविकास मा.वि परिसरमा सालिक अनावरण गरिएको हो ।
बेसीशहर नगरपालिका प्रमुख गुमान सिंह अर्यालले एक कार्यक्रमका विच सालिकको अवनाबरण गरिएको थियो । सो अवसरमा स्वर्गिय सेढाईका सुपुत्रहरु केशव सेढाई, राजेन्द्र प्रशाद सेढाई, बुहारी, छोरी, नाती लगायत परिवारको उपस्थिती रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथी अर्यालले स्व लक्ष्मण सेढाई सामाजिक दायित्व बोध गर्ने व्यक्ति र शिक्षा प्रेमि भएको बताउनुभयो । उहाँको उचित मुल्याङकन, सम्मान, कदर स्वरुप सालिक अनावरण कार्यक्रममा उपस्थित हुन पाएकोमा खुसि लागेको नगरप्रमुख अर्यालको भनाई थियो ।
विद्यालय स्थापना र मा. वि. स्तरसम्म ल्याउन उहाँ र उहाँको परिवारको योगदान अमुल्य रहेको बताइएको छ ।
स्व सेढाईका जेष्ठ सुपुत्र केशव सेढाईले आफ्नो बुबाले दिनुभएको शिक्षा क्षेत्रमा र सामाजिक क्षेत्रमा योगदान आफ्नो लागि मार्गदर्शन भएको र त्यसमा लागिरहने विचार राख्नुभयो ।
सालिक अनावरण कार्यक्रममा विद्यालयको गतिविधि बारे जानकारी र स्वागत मन्तब्य प्र अ मदनराज सेढाई ले राख्नुभयो भने गोविन्द राज सेढाई, दुर्गादत्त सेढाई, डम्मरध्वोज सेढाई, वडा सदस्य विजयराज सेढाई लगाएतले शुभकामनाका साथ स्व सेढाईको योगदान बारे चर्चा गर्नुभयो प्रमुख अतिथि अर्यालले खादा लगाएर र कदरपत्र दिएर उहाँको परिवारलाई सम्मान गर्नुभएको थियोे । विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेमदत्त सेढाईको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सहायक प्र. अ. अर्जुनराज सेढाईले गर्नुभएको थियोे ।
स्वगर्गिय सेढाईले चिती ११ मा रामचोक बेसीमा रहेका बालविकास मावि स्थापनाकाल देखि मा.वि तहसम्म पुराउनका लागि र त्यस क्षेत्रमा शिक्षा तथा सामाजिक काममा महत्वपूर्ण योगदान दिनुभएको थियो ।