
लमजुङ जिल्लामा मतगणना कार्य सुरु भएको छ । पहिलो चरणमा दुधपोखरी गाउँपालिका वडा नम्बर ४ नामार्खुको मत गन्न सुरु गरिएको थिया जसमा नेपाली काग्रेंसले अग्रता कामय गरेको छ ।
नेपाली काङ्ग्रेस, गमप्रसाद गुरुङ (रुख)– १७७, नेकपा एमाले, पृथ्वी सुब्बा गुरुङ (सुर्य)– ११८
रास्वपा, धर्म केसी– (घण्टी)– ११०, नेपाली कम्युनिस्ट पार्टी हरीजङ तामाङ (तारा)– ३४
श्रम संस्कृति पार्ट, कोषलाल गुरुङ (माटो)– १३ र बदर मत २६ रहेको छ ।
लमजुङ जिल्लामा ५४.७४ प्रतिशत अर्थात् ७५ हजार ८५ मत खसेको छ । जसमा महिला (५५.८९ प्रतिशत) ३८ हजार ८ सय ५६ जना र पुरुष (५३.५९प्रतिशत) ३६ हजार २ सय २९ जनाले मतदान गरेका छन् ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लामा कुल १ लाख ३७ हजार १ सय २४ मतदाता रहेका छन् । लमजुङ जिल्लामा १ स्वतन्त्र सहित १२ जना उमेदवार चुनावी मैदानमा उत्रिएका छन् ।
लमजुङमा नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व सञ्चारमन्त्री पृव्वीसुब्बा गुरुङ, नेपाली कांग्रेसबाट गमप्रसाद गुरुङ, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट हरिजंग तामाङ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धर्मराज केसी चुनावी मैदानमा हुनुहुन्छ ।
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट केविन्द्रजंग गुरुङ, नेपाल मजदुर किसान पार्टीबाट गुजेश्वरी प्रजापति मगजु, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट रविन्द्र नखोला, श्रम संकृति पार्टीबाट कोषलाल गुरुङ,मंगोल नेसनल अर्गनाइजेसनका विकास गुरुङ, जनादेश पार्टी नेपालका मिलन बास्कोटा, नेश्नल रिपब्लिक पार्टीका भरत गुरुङ र स्वतन्त्र उम्मेदवार सन्तोष घिमिरे चुनाबी मैदानमा रहनु भएको छ ।
मतगणना स्थलमा सुरक्षा ब्यवस्था कडा पारिएको मुख्य निर्वाचन अधिकृत शिशिरराज ढकालले बताउनुभयो ।










