लमजुङमा जीप दुर्घटना हुँदा एकको मृत्यु, ७ जना घाइते

-


     नयाँ दीप    
     माघ २८ गते २०८२ मा प्रकाशित


लमजुङको मर्स्याङ्दी गाउँपालिका–९, मिर्चे स्थित सडक खण्डमा भुजुङबाट कालढुङ्गा तर्फ आउँदै गरेको ग १ ज ५०६५ नम्बरको जीप दुर्घटना लमजुङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छन् भने अन्य ७ जना घाइते छन् ।

बुधबार बिहान पौने ११ बजेतिर दुर्घटना हुँदा जीपमा सवार भुजुङ बस्ने ७४ बर्षीया मल कुमारी गुरुङको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर रहेकी उनलाई प्रदेश अस्पताल लमजुङमा उपचारको क्रममा दिउँसो १२ः५० बजे चिकित्सकले मृत घोषणा गरेका हुन् ।

जीपमा १० जना सवार रहेकोमा अन्य ७ जना घाइते छन् । घाइतेहरुमध्ये ४ जनालाई प्रदेश अस्पताल लमजुङमा उपचार पश्चात थप उपचारको लागि पोखरा रिफर गरिएको छ ।

रिफर हुनेहरुमा मस्र्याङ्दी गा.पा. ९ बस्ने वर्ष ३१ को आर्यन गुरुङ, क्व्होलासोथर गा.पा. ४ भुजुङ बस्ने वर्ष २७ की स्मृती गुरुङ र वर्ष ८० को आईतराम गुरुङ, र मस्र्याङ्दी गा.पा.२ घनपोखरा बस्ने वर्ष ५० वर्षकी काली गुरुङलाई पोखरा रिफर गरिएको हो ।

घाईत भएका बेसीशहर न.पा. ५ बस्ने वर्ष २० की कृपा गुरुङ, बेसीशहर न.पा ७ बस्ने वर्ष ७ की रितु गुरुङ, क्व्होलासोथर गा.पा. ४ भुजुङ बस्ने वर्ष २२ की एलिना गुरुङलाई सामान्य उपचार पश्चात डिस्र्चाज गरिएको छ ।

जीप चालकले नियन्त्रण गुमाउँदा सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी अभिषेक पाण्डेले बताए । प्रहरीका अनुसार चालक र जीपलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान भइरहेको छ ।