
लमजुङको बेसीशहर नगरपालिका वडा नं २ भकुन्डेमा एक महिलालाई आफ्नै घरभित्र मृत अवस्थामा भेटिएको छ । ६ दिन अघिदेखि सम्पर्क विहिन ४७ वर्षकी सिता कडेललाई आइतबाार उनकै घरभित्र मृत अवस्थामा भेटिएको हो ।
पूर्वप्रहरी रहेकी कडेलको मोवाईल समेत अफ भएको र सम्पर्कमा नआएपछि अष्ट्रेलियामा रहेका उनका छोराले आफन्तलाई सम्पर्क गरी घरमा गएर हेर्न भनेका थिए । स्थानीय कडेलको घर पुग्दा भित्रबाट ढोका लगाएको भेटिएपछि प्रहरीलाई खवर गरेका थिए ।
स्थानीयको खबर पछि प्रहरी प्रमुख रेशम बोहराको कमाण्डमा ११ जनाको टोली कडेलको घरमा गएर ढोका फुटाएर हेर्दा आफ्नै घरको बक्स पलङको विस्तारा र प्लाई भित्र त्रिपालले बेरिएको शव आंशिक रुपमा सडेगलेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । शवको प्रकृती हेर्दा ५⁄६ दिन अघि नै मृत्यु भएको प्रहरीको अनुमान छ ।
घरमा निज एक्लै बस्ने गरेकी घटनाको प्रकृती हेर्दा हत्या भएको हुनसक्ने आशंका गरिएको छ । घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक राज किशोर शाहाले बताउनुभएको छ ।









