
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय पदाधिकारी तथा कार्यसमिति सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।
बिहीबार पार्टी कार्यालय सानेपामा आयोजित विशेष समारोहमा सभापति गगनकुमार थापाले नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई शपथ गराउनुभएको हो। सभापति थापाले यसअघि असोज ३१ गते नै शपथ लिनुभएको थियो। शपथपछि नवनिर्वाचित केन्द्रीय सदस्यहरूलाई निर्वाचित भएको प्रमाणपत्रसमेत वितरण गरिएको छ।
महाधिवेशनबाट वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्वाचित हुनुभएको छ। त्यस्तै, खुला उपसभापतिमा डा। चन्द्रकान्त भण्डारी र इन्जिनियर मधु आचार्य, महिला उपसभापतिमा पुष्पा भुसाल तथा समावेशी उपसभापतिमा विनोद चौधरी निर्वाचित हुनुभएको थियो।
महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर जबरा र डा। डिला सङ्ग्रौला ९पन्त० निर्वाचित हुनुभएको थियो। यसैगरी, विभिन्न समावेशी समूहबाट ११ जना सहमहामन्त्री निर्वाचित भएका छन्।
यद्यपि, अदालतमा मुद्दा विचाराधीन रहेकाले चार जना नवनिर्वाचित केन्द्रीय सदस्यको शपथ रोकिएको छ। शपथ लिन नपाउनेमा सन्तोष चालिसे, विनिता खड्का, मोहन बस्नेत र उमेशचन्द्र यादव हुनुहुन्छ।
नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण र पदबहालीसँगै कांग्रेसको नयाँ केन्द्रीय कार्यसमितिको पहिलो बैठक पनि पार्टी कार्यालय सानेपामा बस्ने भएको छ।










