
लमजुङको बेसीसहर नगरपालिका–७ स्थित यूनिभर्सल एकेडेमी मा कक्षा ११ मा भर्ना भएका विद्यार्थी तथा उनका अभिभावकका लागि शैक्षिक तथा करियर काउन्सिलिङ सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ। शैक्षिक सत्र २०८३ मा एसईई परीक्षा उत्तीर्ण गरी कक्षा ११ मा विज्ञान तथा व्यवस्थापन संकायमा अध्ययन गर्न भर्ना भएका विद्यार्थीहरू र उनीहरूका अभिभावकलाई लक्षित गरी कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ।
कार्यक्रममा विज्ञान तथा व्यवस्थापन संकायका गरी करिब ६५ जना विद्यार्थी र ४० जना अभिभावकको सहभागिता रहेको थियो। अभिमुखीकरण कार्यक्रममा विद्यार्थी तथा अभिभावकलाई उत्प्रेरक तारा जी ले शैक्षिक योजना, विषय छनोट, अध्ययनको महत्व तथा भविष्यको करियर निर्माणका विषयमा सहजीकरण गर्नुभएको थियो।
विद्यालयका प्रिन्सिपल बिमल अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका भाइस प्रिन्सिपल अर्जुन अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन प्लस टु इन्चार्ज प्रमोद घिमिरले गर्नुभएको थियो।
कार्यक्रमबारे जानकारी दिँदै प्रिन्सिपल अधिकारीले विद्यालयले यस वर्षदेखि बेसीसहरमा पहिलो पटक कक्षा ११ मा विज्ञान संकायको अध्ययनसमेत सञ्चालन गरेको बताउनुभयो। उहाँका अनुसार गुणस्तरीय शिक्षासँगै विद्यार्थीको शैक्षिक तथा व्यावसायिक भविष्यलाई लक्षित गर्दै यस्ता कार्यक्रमहरू आयोजना गरिएको हो।
विद्यालयले यसवर्षको एसईई परीक्षामा शतप्रतिशत नतिजा हासिल गरेको थियो थियो भने विद्यालयका दुई जना विद्यार्थीले ४.०० जीपीए प्राप्त गरी उत्कृष्ट सफलता हासिल गरेको विद्यालयले जनाएको छ।











