
सुन्दरबजार नगरपालिकाको कूल वजेट ६५ करोड ७६ लाख ७७ हजार रुपैँया रहेको छ । सुन्दरबजार नगरपालिकाको शुक्रबार भएको १५ औँ अधिवेशनमा यस्तो जानकारी गराईको हो ।
जसमध्ये चालुतर्फ ५२ करोड १५ लाख १४ हजार रुपैयाँ रहेको छ भने पुँजीगततर्फ १३ करोड ६१ लाख विनियोजन गरिएको नगर प्रमुख कृष्ण प्रसाद कोइरालाले प्रस्तुत गर्नुभएको कार्यसम्पादन वार्षिक प्रगति प्रतिवेदनमा उल्लेख गरिएको छ ।
चालु र पुँजीगत रुपमा विनियोजन गरिएको रकम मध्येमा हालसम्म चालुतर्फ १३ करोड १० लाख ८१ हजार पुँजीगततर्फ १ करोड १२ लाख ४२ हजार खर्च भएको छ । क्षेत्रगत आर्थिक विकासतर्फ ४ करोड ९४ लाख ३२ हजार रुपैयाँ विनियोजन भएकोमा हालसम्म ३३ लाख ८५ हजार ८१३ रुपैयाँ खर्च भएको छ ।
त्यस्तै सामाजिक विकासतर्फ १९ करोड ८ लाख ७७ हजार विनियोजन भएकोमा हालसम्म ३ करोड १३ लाख ३२ हजार खर्च भएको नगर प्रमुख कोइरालाले बताउनुभयो ।
यसैगरी पूर्वाधार विकासतर्फ ७ करोड ९९ लाख ३५ हजार विनियोजन भएकोमा ६७ लाख ४४ हजार खर्च भएको छ भने कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ ३२ करोड ७५ लाख ६३ हजार विनियोजन भएकोमा हालसम्म १० करोड ४ लाख ४ हजार खर्च भएको छ । यस्तै कृषि विकासका लागि विउ वितरण, आइ.पि.एम कृषक पाठशाला सञ्चालन, मह मदानी ७५ प्रतिशत अनुदानमा र हाते ट्याक्टर वितरण ५० प्रतिशत अनुदानमा वितरण भैरहेको छ ।
सिञ्चाईतर्फ हाँडेटार नहर सञ्चालन, विभिन्न वडामा रहेका साना सिञ्चाई, पुशपन्छीतर्फ ५ हजार ६ सय १२ पशु परजीवी नियन्त्रणको लागि उपचार सेवा प्रदान गरिएको छ । त्यस्तै २३० गाईभैँसीमा कृत्रिम गर्भाधान, १२ सय केजी जै घाँसको विउ वितरण ७२ वटा कुकुरलाई रेविज विरुद्धबको खोज लगाइएको तथ्याङ्क प्रस्तुत गरिएको छ ।
नगरपालिकाको योजनामा पर्यटन तथा संस्कृति, सहकारी, रोजगार सेवा केन्द्र, उद्यम विकास, सामाजिक विकासतर्फ स्वास्थ्य, शिक्षा, खेलकुद, खानेपानी, महिला बालबालिका तथा ज्येष्ठ नागरिकका लक्षित कार्यक्रम रहेका छन् । साथै पूर्वाधार विकासतर्फ पालिकाका सबै वडाका योजना कार्यक्रमहरुलाई सम्बोधन गरिएको नगर प्रमुख कोइरालाको भनाई छ ।
कार्यक्रममा विनियोजन ऐन संसोधन विधेयक उपप्रमुख भवानी के.सीले प्रस्तुत गर्नुभएको थियो भने सहकारी ऐन आर्थिक विभाग संयोजक कृष्णप्रसाद अधिकारीले प्रस्तुत गर्नुभएको थियो । यस्तै लेखा समिति संयोजक ओम बहादुर दुराले आर्थिक गतिविधि प्रस्तुत गर्नुभएको थियो ।
अधिवेशन प्रतिनिधिहरुले राखेका प्रश्न तथा जिज्ञासा नगर प्रमुख कोइरालाले समाधान गर्नुभएको थियो । प्रमुख कोइारालाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तीले सहजीकरण गर्नुभएको थियो ।