
नेपाल शिक्षक संघ लमजुङले “शैक्षिक उन्नयन स्मारिका २०८१” विमोचन गरेको छ । गणतन्त्र दिवशको अवसर पारेर मगंलबार एक समारोहका विच संघले स्मारिका विमोचन गरेको हो ।
स्मारिका विमोचन कार्यक्रमका प्रमुख अतिथी शिक्षक संघका केन्द्रिय अध्यक्ष सोमनाथ गिरीको प्रमुख आतित्थ्यतामा भएको थियो । १ सय ९० पेजको शैक्षिक उन्नयन स्मारिकामा शिक्षक संघको स्थापनादेखि हाल सम्मका कार्य समितिको विवरण, अन्य शैक्षिक गतिविधी, लेख रचना, सूचनाहरु लगायतका विषयबस्तु समेटिएको अध्यक्ष सूर्य केसीले बताउनुभयो ।
नेपाल शिक्षक संघ जिल्ला कार्य समिति लमजुङका अध्यक्ष सूर्य केसीको अध्यक्षतामा भएको कार्यक्रममा स्थापना काल देखि हालसम्म शिक्षक संघका जिल्ला देखि केन्द्रिय तथा प्रदेश कार्य समिति रहेर काम गरेका अग्रज तथा संस्थापन समितिका १ सय ५० जना भन्दा बढी शिक्षकहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा नेपाल शिक्षक संघ गण्डकी प्रदेशका अध्यक्ष शिरोमणी लामिछाने, नेपाली काग्रेंस लमजुङका उपसभापती आनन्द घिमिरे, सचिवहरु कृष्णबहादुर अधिकारी र विमल श्रेष्ठ, शिक्षक महासंघ कास्कीका अध्यक्ष भोलानाथ पौडेल, शिक्षक संघका संघिय सदस्य विष्णुमाया भण्डारी, प्रदेश महासचिव शिवराज अधिकारी, शिक्षक संघ लमजुङका पूर्व अध्यक्ष विष्णुहरी बास्तोला, सुन्दरबजार नगरपालिका वडा नं ६ वडाध्यक्ष अमृत अधिकारी, नेविसंघका केन्द्रिय सदस्य सुदिप अधिकारी, पूर्व शिक्षकहरु रघुनाथ गुरुङ, प्रेमराज चिलुवाल, कृष्णविलास अधिकारी, रामचन्द्र घिमिरे शास्त्री, कर्मचारी यूनियनका विष्णुभक्त नेउपाने, शिक्षक संघ राइनासका अध्यक्ष कमल गुरुङ लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा शिक्षक सिता बरालले शुभकामना मन्तव्य राख्नुभएको थियो भने प्रदिपराज घिमिरेले कार्यक्रमको सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा शिक्षक कामना खनालले सहिद स्मृतीमा कविता बाचन गर्नुभएको थियो । २०४७ सालमा स्थापना भएको नेपाल शिक्षक संघ लमजुङमा हाल १२ सय ६८ जना शिक्षकहरु आवद्ध रहेका छन् ।