त्रिवेणी कप प्रतियोगिता आज थप २ टिम सेमिफाइनलमा प्रवेश

-


     भरत बाबु घिमिरे     
     पौष १९ गते २०८० मा प्रकाशित


लमजुङको सदरमुकाम बेसीशहरमा जारी ३१ औं त्रिवेणी कप राष्ट्रब्यापी खुला नकआउट फुटबल प्रतियोगिता अन्तर्गतको खेलमा आज थप २ टिम सेमिफाइनलमा प्रवेश गरेका छन् ।

विहिबारको पहिलो खेलमा लालिगुराँस युवाक्लब भुजुङले त्रिभुवन आर्मी क्लबलाई शुन्यका बिरुद्ध २ गोलले हराउँदै सेमिफाइनलमा प्रबेश गरेको छ ।

लालिगुराँस भुजुङका विशाल घलाङ र निरज चौधरीले गरेको गोलले नै भुजुङलाई सेमिफाइनको यात्रामा पुराएको हो । लालिगुराँस भुजुङ कै विशाल घलाङ म्यान अफ द म्याच समेत घोषणा भयर नगद ५ हजार प्राप्त गरेका छन् ।

त्यस्तै दोश्रो खेलमा बेसीशहर युथ सोसाईटी सेराले र एल.जी एसोसियसन पोखरालाई शुन्यका बिरुद्ध १ गोल गर्दै सेमिफाइनलको यात्रा तय गरेको छ ।

युथ सोसाईटिको बिदेशी खेलाडी स्टेफनले एक गोल गरेका थिए । सोही क्लबका गोलकिपर टेकेन्द्र सिंह थापा म्याम अफ म्याच भई ५ हजार प्राप्त गरेका छन् ।

बुधबारको खेलमा अभिषेक चर्च रजहर र लाङ्दी देवी युवाक्लब नाल्मा सेमिफाइनलमा पुगेको छ ।

प्रतियोगिताको बिजेताले नगद ८ लाख, उपबिजेताले ४ लाख र सेमीफाइनल प्रवेश गर्ने टीमले नगद १\१ लाख रूपैयाँ पुरस्कार पाउने त्रिवेणी युवा क्लवले जनाएको छ ।