
लमजुङमा जिल्लाकै सर्वाधिक पुरस्कार राशीको त्रिवेणी कप राष्ट्रब्यापी फुटवल प्रतियोगीताको ३१ औं संस्करण अन्तरगत सोमबार ३ वटा खेल सम्पन्न भएको छ ।
सोमबार भएको खेलबाट विभागीय टीम नेपाल पुलिससंगै बेसीशहर युथ सोसाइटी, सुन्दरबजार फुटबल क्लव क्वार्टर फाइनलमा प्रवेश गरेका छन् ।
सोमबारको पहिलो खेलमा नेपाल पुलिस क्लवले चामे युवा समूह मनाङलाई शुन्यका विरुद्ध २ गोल गरेको छ । पुलिस क्लवका प्रविण थापाले खेलको दोस्रो हाफमा एक गोल गरेका थिए भने चामेका आइकिङ गोफुले गरेको आत्माघाती गोलले पुलिस क्लवलाई नै अग्रता दिलाएको छ ।
दोस्रो खेलमा मस्र्याङदी युवाक्लव बेसीशहरका सेरसङले १ गोल गरेका थिए भने र सुन्दरबजार युवाक्लवका एरोन थापा एक्लैले ३ गोल गरि ह्याट्रिक गर्न सफल भए र आफ्नो टिमलाई क्वार्टर फाइनलमा प्रवेश गराउन सफल भए ।
आजकै तेस्रो खेलमा सेरा युथ सोसाइटी बेसीशहरले ६ गोल गर्दै प्रतिद्धन्दी बेसीशहर नगरपालिकालाई हराएको छ । बेसीशहर नगरपालिकाका अशोक थापले हानेको १ गोल मै सिमित भयो ।
युथ सोसाइटीका सुरेश कुमालले २ गोल, , कान्छा गुरुङले २ गोल र आषिश अधिकारी र विदेशी खेलाडि स्टेफिनले १⁄१ गोल गरेका थिए ।
खेलमा नेपाल आर्मी क्लब र र महेन्द्र पुलिस क्लब सहित देशभरका २१ टिमले खेलमा सहभागिता जनाएका छन् ।
त्रिवेणी कप फुटवल प्रतियोगिताको विजेतालाई ८ लाख रुपैयाँ पुरस्कार दिने भएको छ । प्रतियोगीतामा उपविजेताले नगद ४ लाख पाउनेछन् भने, सेमीफाइनल पराजित दुई टीमलाई नगद १⁄१ लाख दिइने छ।