
– यशोदा रिमाल
प्रदेश सभा सदस्य, गण्डकी प्रदेश सभा
सुन्दर हिमाल, कलकल वग्ने झर्ना, अनि हरियाली मनोरम दृश्य । लमजुड सदरमुकाम बेंसीशहरदेखि उत्तरी भेग, त्यही एउटा गाउँमा जन्मिएकी छोरी म ।
– माध्यमिक शिक्षा गाउँ नजकैको विद्यालयबाट प्राप्त गरेँ । विद्यालयदेखि नै सामाजिक न्याय, समानता र प्रजातन्त्रप्रति तीव्र आकर्षण थियो । भर्खरै बहुदलीय व्यवस्था घोषणा भएको थियो । उन्मुक्त वातावरणमा विद्यालयबाटै अनेरास्ववियुमा लागेँ । अध्ययन साथसाथै सामाजिक कार्य रुची थियो, निरन्तरता दिएँ ।
वैवाहिक जीवन सुरु भयो । परिवारिक जीवन, विभिन्न आयामहरु सम्हाल्दै प्यारो पार्टी नेकपा (एमाले) को विभिन्न कमिटी हुँदै जिल्ला कमिटीमा रहेर कार्यसम्पादन गर्दै अघि बढेको छु । राजाको निरंकुश शासन होस् या लोकतान्त्रिक गणतान्त्रिक आन्दोलन, महिला आन्दोलन, आवधिक निर्वाचन होस् या कुनै अभियान होस, सधैं पार्टीको निर्देशन अबलम्वन गरेकी छु ।
सामाजिक काम र अध्ययन पहिलो प्रथामिकता मा राखेर अघि बढेको छु । सहयोग र स्नेहको लागि परिवार, साथी संगी र पार्टीका अग्रज नेताप्रति आभारी छ ।
सकारात्मक परिवर्तन, महिलाका विषय, शिक्षा र स्वास्थ्य जस्ता संवेदनशील विषयलाई सम्बोधन गर्नुपर्छ भन्ने जोड हरबखत दिने गरेको छु । महिलालाई सशक्त बनाउन प्रयास गरेको छु । मेरो प्रतिबद्धता, मेरो चाहना, सबैका लागि बलियो, समानतामूलक समाज निर्माण, मेरो गाउँ, जिल्ला र सिंगो मुलुकको सुन्दर भविष्य निर्माण होस्, कुनै युवा पलायन हुन नपरोस, सामाजिक सौहाद्रता कायम होस् र महिलालाई हरक्षेत्रमा सफल बनाउन सकियोस्, सुशासन कायम होस्, विकासले तीव्र गति लिन सकोस्, लोकतन्त्र थप गतिशील र सुदृढ बनोस् । नेपाली किसान र जिउँदो इतिहास बोकेका जेष्ठ नागरिकको जीवन सुखमय होस्, मेरो चाहना र कामना यहि रहेको छ ।

२०८० पौष १४ गते एक वर्ष भयो मैले प्रदेश समाको सदस्यको रुपमा जिम्मेवारी प्राप्त गरेको । एक वर्ष कार्यकालमा धेरै कुरा सिक्न, बुझ्न र अनुभव गर्न पाएं ।
गण्डकी प्रदेश हिमाल, पहाड र तराईले बनेको एक सुन्दर प्रदेश हो । पर्यटकीय दृष्टिकोणले नेपालकै अब्बल मध्येको प्रदेश हो गण्डकी । यहाँको कला र संस्कृतिले यहाँको पहिचान दिन्छ । कला र संस्कृति यहाँको सौन्दर्यता हो ।
गण्डकी प्रदेशलाई थप सुन्दर बनाउन तीव्र परिवर्तन र जनताको चाहान अनुरूप विकासको हुटहुटी पूरा गर्न हामीसंग सपना र योजना छन् । सबै कुरा सोँचेजस्तो, सम्झेजस्तो सहज भएन, वातावरण बनेन । मेरो जिम्मेवारी वा भूमिका प्रदेशको कानून निर्माण गर्ने, सरकार निर्माणमा सहभागी हुने, वजेट पारित गर्ने र सरकारको काममा निगरानी गर्ने हो । गण्डकी प्रदेशमा हाम्रो पार्टी सरकारमा छैन । तै पनि जनताका कुरा सुन्ने, पीरमर्का बुझ्ने, जनताको घरदैलो पुग्ने, सुखदुःखका कुरा गर्ने कार्यमा जनतासंगै रहने कोसिश गरेकी छु । विकास निर्माणका योजना लिएर विभिन्न मन्त्रालय जाने, जनताको कुरा राख्ने, जनताका आवाजलाई संसदमा पु-याउने, सरकार समक्ष लैजाने जस्ता कार्यहरु महत्वपूर्ण बन्यो ।
जनताको माग, गुनासा लिएर र लेटरप्याडमा योजनाको माग लिएर मन्त्रालयमा मन्त्रीलाई बुझाउँदैमा योजना नपर्दो रहेछ भन्ने यथार्थ मैले यो एक वर्षमा भोगेको छु । कर्मचारीतन्त्रदेखि हरेक नेटवर्कको अध्ययन र परिचित नभएसम्म जनताको काम नबन्ने वा विकासे योजना नपर्ने रहेछ भन्ने कुरा पनि अनुभव गर्न पाइयो । देशमा असल शासकीय प्रणाली विकसित हुन नसकेको, सुसासन क़ायम हुन नसकेकाले पनि मेरो एक वर्ष चुनौतिपूर्ण रह्यो । अपेक्षा मुताबिक़ नतिजा प्राप्त हुन नसकेको महसुस गरेको छु।
म एक महिला सांसद । केही फरक अनुभव गर्नु स्वभाविक हो । सांसदहरुले मुख्य लक्ष्यमा केन्द्रित भएर काम गर्नुपर्नेमा परिणाम त्यति राम्रो आउन नस्क्नुले सांसद र सरकार र सिंगों व्यवस्था माथि प्रश्नहरु उठिरहेका छन् । जुन कुरामा सिंगों देशको ध्यान केन्द्रित हुनुपर्ने हो, त्यस्तो हुन सकेको छैन। समन्यायिक विकासका कुराहरू कुरामा मात्र सीमित देखिन्छन र पंहुच पु-याउन सकेमात्र काम हुने परिस्थिति विध्यमान रहेको छ।
। यसो भनिरहँदा जनता र विकासप्रति सांसद जिम्मेवार नभएको भन्ने होइन । आफ्नो क्षेत्रको आवश्यकता अनुरुप विकास निर्माणको काममा सहभागी र अग्रसर हुँदै जनता र सरकारबीचको पुलको रुपमा सांसदको भूमिकामा जिन्मेवारीपूर्णरूपमा छु ।
पहाडी जिल्ला लमजुङ विकासका दृष्टिले अझै पछाडि छ । तर, यहाँ हरेक खालका सम्भावना छन् । गाउँ नै गाउँले भरिएको लमजुङ पर्यटकीय दृष्टिकोणले निकै सम्भावना भएको ठाउँ हो । गाउँगाउँमा सञ्चालित होमस्टेले ग्रामीण अर्थतन्त्र धानेको छ । अझै पनि सोँचे अनुरुप पर्यटन प्रवद्र्धन हुन सकेको छैन । नेकपा एमाले नेतृत्वमा सरकार रहँदा विकासको सुरुवातसंगै गति लिएकोमा अहिले विकास ठप्प प्रायः छ । तर पनि जनताको अथक प्रयासले गाउँमा विकास निर्माण र सचेतनाका गतिविधिहरु भइरहेका छन् ।
जलस्रोतले धनी जिल्लामा २ सय मेघावाट विजुली उत्पादन भइरहँदा त्यसको दीर्घकालिन प्रयोग र लमजुगंको विकासमा जलश्रोतको उपयोग नीति अवलम्बन गर्नु जरूरी छ । जडिबुटीसम्बन्धी ठोस नीति तथा कानुन नहुँदा यहाँका बहुमुल्य सम्पत्ती खेर गएको या चोरी निकासी भइरहेको छ । प्राकृतिक स्रोत र सम्पदाको यथोचित सदुपयोग गर्न सकेमा लमजुङको समृद्धिमा यसले महत्वपूर्ण देन दिने कुरामा दुइमत छैन ।
गण्डकी प्रदेशमा एक वर्षको अवधिमा ४१ वटा प्रदेश सभा बैठक बस्यो । म ३८ वटा बैठकमा उपस्थित भएको छु ।प्रदेश सभामा लमजुङको समस्याबारे सभामुखमार्फत सरकारलाई झक्झक्याएको छु । नागरिकको समस्या सरकारलाई सुनाएको छु । नागरिकको पीडा सरकारलाई बुझाएको छु ।
उदाहरणको लागि शुन्य समयमा उठाइका विषयबस्तुहरु लमजुङको उदिपुर पहिरोको अवस्था र समस्या समाधान बारे, जिल्ला अस्पतालको स्वास्थ्य सेवा बारे, लमजुङ विद्युतको समस्य र समाधान बारे, मस्र्याङ्दी र दोर्दीको पहिरो वारे।
प्रदेश सभामा वजेट, नीति तथा कार्यक्रममा सैद्धान्तिक र दफावार छलफलमा निरन्तर भाग लिएको छु, बोलेको छु । विषय वस्तुतः उठान गरेकी छु।
सुन्दर र विकसित देश निर्माण गर्न धेरै कार्य गर्न वॉकी छ। असल शासन मार्फत सेवा प्रवाह गर्न धेरै मेहनत गर्न वॉकी छ।दलित र उत्पिडीतका समस्या उस्तै छन्।गॉउलाई पुन हराभरा गराउन वॉकी छ। एक स्वाधीन राष्ट्रको नागरिकको रूपमा आत्मसम्मानपूर्ण जीवन यापन गर्नसक्ने नागरिक समाज निर्माण गर्न म जीवनपर्यन्त लागि रहने प्रतिवध्दता जाहेर गर्न चाहन्छु।
धन्यवाद।
तमु ल्होसारको आशिमाला।
अंग्रेजी नयॉ वर्षको हार्दिक मंगलमय शुभकामना !