
लमजुङको बेसीशहर ३ का एक युवा आफैले बनाएको बग्गीमा सररर घुम्ने गर्छन् । हाल कक्षा १२ मा पढ्दै गरेका १८ वर्षका किरण अधिकारीले ३ पाङ्ग्रे बग्गी निमार्ण गरेका हुन् ।
घरमा केही सामान ल्याउनु पर्दा होस् वा तलमाथी गर्नुपर्दा त्यही बग्गीमा हिड्ने गर्दछन् । उनले आफू १५ वर्षको उमेर हुदाँ नै बग्गी निमार्ण गरेका बताए ।
उनले बग्गी निमार्ण गर्न आफूले बाबा आमाले खाजा खान दिएको पैसा बचाएर सामाग्री खरिद गरेका थिए । यसरी जम्मा गरेर उनले ११ हजार रुपैया जम्मा गरेको र बाँकी रकम अभिभावकले सहयोग गरेका थिए । बग्गी निर्माणको लागि सामाग्री नजिकै रहेको सदरमुकाम बेसीशहर बजारमा र त्यहाँ पाउन नसकेको सामाग्रीहरु भने चितवनबाट आफ्नै साथीको सहयोगमा खरिद गरेका थिए ।
त्यती मात्रै होइन त्यसको १ वर्ष पछि उनले फेरी ड्रोन बनाए । आफैले बनाएको बग्गीमा हिँडेर सबैको ध्यान खिचेका किरणले आफूले बनाएको ड्रोन विद्यालयमा उडाउँदा सबैको वाहवाही पाए सबैको सामु परिचत भए । लकडाउनको समयमा विद्यालय बन्द हुदा उनले यस्ता सामाग्री निर्माण गर्ने पर्याप्त मौका पाए ।

त्यसपछि जिल्लामा हुने मेला महोत्सवमा उनले आफैंले बनाएको ड्रोन उडाउँने गरेका छन् । यति सबै सामाग्रीहरु निर्माण गर्दा उनको २⁄३ लाख रुपैया खर्च भइसकेको भएपनि आफूले बेसीशहर नगरपालिकाबाट २० हजार रुपैयाको सहयोग भन्दा अन्य कोही कसैबाट सहयोग नपाएको कुरा किरणको भनाई छ ।
सामान्य किसान परिवारका किरण आफूलाई सहयोग गर्ने दाता पाए विद्युतबाट चल्ने इलेक्ट्रिक मोटर बाइक तथा गाडी बनाउने धोको रहेको बताउँछन् ।
२, ३ कक्षामा पढ्दा देखि नै उनले काठका विभिन्न खेलौनाहरु निर्माण गर्ने गरेको उनको आमा विष्णाुमाया अधिकारीले बताउनुभयो । सानैबाट प्याक, काठ, दाउरा, सिन्का पत्ताहरुबाठ किरणले विभिन्न सामाग्रीहरु रिमोट गाडि, डोजर, खेलौनाहरु बनाउने गर्थे ।
सधैं पढाइमा भन्दा पनि यस्तै सामाग्रीहरुसगँ खेलेको चलेको देख्दा दिक्क लागेपनि पछिल्लो समयमा गुड्ने बग्गी, ड्रोन जस्ता सामाग्रीहरु बनाउँदा भने आफूलाई अत्यन्तै खुशी लागेको किरणका बुवा मदन अधिकारीले बताउनुभयो ।
पढाईमा मध्यम खालको भए पनि किरणमा किनै प्रतिभा रहेको र यस्तो प्रतिभा भएका युवालाई सरकारले नै संरक्षण गरी उनीहरुको प्रतिभा बाहिर ल्याउन पहल गर्नुपर्ने उनी पढेको स्थानीय विद्यालय यशोब्रह्म मावि का प्र.अ.सूर्यप्रसाद बरालले बताउनुभयो ।