बेसहाराको सेवामा जुट्ने अनिताको व्यक्तित्व परिचय

-


     नयाँ दीप    
     भाद्र २१ गते २०८० मा प्रकाशित


महान मान्छे उसको आचरण, संस्कार, बोली, व्यावहार र विचारले झल्काउँछ न रुपले, न धनले, न पद वा पोजिसनले, न कुल घरानले, मानिस महान् बन्न उपकार सहितको महान सोच चाहिन्छ लमजुङमा देखिएको एउटा त्यस्तो महान सोचको व्यक्ति हुन अनिता अधिकारी ।

समाजमा विभिन्न विचार बोकेका मानिसहरुको बसोवास हुन्छ, फरक रहनसह , बोलिवचन, संस्कार, धर्म संस्कृति, आचरण भएका मानिसहरुको मिलनले समाजको संरचना बनेको हुन्छ । मानव त्यसलाई भनिन्छ जो मानविय मुल्य मान्यताको मर्यादा पालना गरेको हुन्छ ।

समाजमा प्रायजसो सबै आफ्ना लागि बाँच्नेहरु हुन्छन् आफू र आफ्नो परिवारको लागि मात्रै बाँच्छन् तर त्यही समाजमा महान विचार भएका परोपकारि, उपकारी गुणी व्यक्तिहरु पनि भेटिन्छन् जो अरुका लागि बाँच्छन् । आफू बाँच्नको लागि अरुलाई मार्नेहरु पनि छन्, अरुको मत्लब नराखी आफ्नो जीवन संग मात्रै सरोकार राखेर बाँच्नेहरु पनि छन् र आफ्नो जीवन अरुलाई बचाउन समर्पित हुनेहरु पनि छन् तीनै हुन हिलोमा फुलेका कमल फुल जो अरुका लागि बाँच्छन् ।

आफ्नो स्वार्थ नराखी अहोरात्र अरुको उपकारमा खट्नेहरु देवतुल्य मानिन्छ । मानवसेवा आश्रम लमजुङकी संचालिका अनीता अधिकारी एउटा यस्तो व्यक्ति हुन् जसले समाजलाई सु – वासना छर्ने काम गरिरहेकी छन् । ईमानदार उच्च नैतिक आचरण, सरल मिलनसार सहयोगी भावनाकी धनी अनीता २४ सै घण्टा सडक मानवहरुको सेवामा तल्लीन हुनुहुन्छ ।

आफुलाई जन्मदिने बाबाआमालाई जस्तै गरि सडकमा वेवारिसे तरिकाले जीवन बाँचिरहेका मानवहरुलाई आश्रमा ल्याएर उनीहरुको गरेको सेवा देख्दा प्रभावित नहुने कोहि हुदैन ।

हरेक अविभावकको चाहना हुन्छ आफ्ना छोरा छोरी धेरै पढुन् धेरै सम्पत्ति कमाउन र ऐस आरामको जिन्दगी बाँचुन्, सुखि रहुन्, खुसि रहुन् एकाध बाहेक कसैले पनि आफ्ना छोरा–छोरी सामाजिक सेवामा लागुन्, दोस्रोको उपकारमा आफ्नो जीवन सर्मपण गरुन् अरु त के धनाड्य बाबुआमाले पनि यस्तो चाहदैनन् अझै सम्पत्ति बढाउन सकुन् अझै धनी बनुन् भन्ने हुन्छ जुन कुरा अस्वाभाविक होईन तर सामान्य परिवारमा जन्मेर पनि कठिन संघर्ष गर्दै निस्वार्थ भावनाका साथ अरुको उपकारमा लाग्ने एक, दुई कहि कतै भेटिन्छन् ।

सडकमा बेवारिसे मानवको नजिकै जो कोहि जान अप्ठ्यारो मान्छन् त्यस्ता मान्छेहरुको रातदिन स्याहारसुसार गर्नु कसले कल्पना गर्ला ? अनिता त्यस्तो एउटा माहान व्यक्ति जसले मानवताको परिभाषा समाजलाई दिनुभएको छ ।

ग्रामीण सामुदायिक विकास केन्द्रको जागिर छाडेर असाहय मानवहरुको सेवामा लाग्न प्रेरणा कसरी प्राप्त भयो हाम्रो जिज्ञासामा अनीता भन्नुहुन्छ आमाको उपचारका क्रममा मानवसेवा आश्रम हेटौंडामा सहयोगापेक्षी बाबाआमाहरु र उहाँहरुको सेवामा निस्वार्थ खट्नुहुने मानवसेवा प्रवर्द्धन महाअभियानका अभियन्ताहरुबाट आफू अत्यन्तै प्रभावित भएर आफ्नो जिवन नै असहायहरुको सेवामा समर्पित गर्ने प्रेरणा जागेको बताउनुहुन्छ ।

मानवसेवा आश्रमका परिकल्पनाकार रामजी अधिकारीको जीवन पढेपछि दोस्रोको भलाईका लागि बाँच्ने जीवन कति बहुमुल्य हुनछ भन्ने कुरा थाहा भएको र त्यसपछि त उहाँलाई झन् सेवामा खट्न उत्प्रेरणा बढेको अनिताको भनाई छ ।

लमजुङमा मानवसेवा आश्रम स्थापना भएपछि निरन्तर सेवामा लागिरहेको र लागिरहने नयाँ दीपलाई बताउनुभयो । मानवसेवा आश्रम लमजुङ शाखामा हाल आश्रम संचालिका अनीता र साधिका २ जना, स्टार्फ ३ जना र आश्रित हाल २९ जना हुनुहुन्छ । २०७३ सालमा स्थापना भएको मानवसेवा आश्रम सहयोगापेक्षिहरुका लागि मन्दिर त्यहाँ रहेर सेवा गर्ने भगवान बनेका छन् ।

आश्रमलाई आर्थिक रुपमा सहयोग गर्ने, त्यसको हितका लागि राय सल्लाह सुझाव दिने धेरै अविभावकहरु जसको सहयोगले आश्रम चलेको छ त्यो भन्दा बढी आश्रममा रहेर आफै खटेर त्यसको व्यवस्थापन र सेवामा अहोरात्र लाग्ने अनिता सबैका लागि प्रेरणाको स्रोत हुनुहुन्छ ।