प्रस्तावित विद्यालय शिक्षा विधेयकका केही व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै आन्दोलनको घोषणा गरेको शिक्षक महासंघले शिक्षा समन्वय इकाईमा धर्ना दिएको छ । शिक्षा विधेयक विरुद्ध महासंघको देशव्यापी विरोध कार्यक्रम अन्र्तगत मंगलवार लमजुङमा शिक्षक महासंघको अगुवाईमा शिक्षकहरुले जिल्ला शिक्षा विकास तथा समन्वय इकाईमा धर्ना दिएका हुन् ।
मंगलबार बिहान ११ बजेबाट २ बजेसम्म शिक्षा इकाई धर्ना दिइएको नेपाल शिक्षक महासंघ लमजुङका अध्यक्ष तिर्थराज न्यौपानेले बताउनुभयो । सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीकोे हित विपरित शिक्षा ऐन लागु गर्न लागेको भन्दै शिक्षक महासंघ लमजुङले जिल्ला शिक्षा तथा समन्वय इकाईमा धर्ना बसेको महासंघले जनाएको छ । धर्ना पश्चात् महासंघले शिक्षा समन्वय इकाई प्रमुख विरवहाुदर गुरुङलाई आफ्ना मागबारे जानकारी गराउदै ज्ञापनपत्र वुझाएका छन् ।
नेपाल शिक्षक संघ लमजुङको अध्यक्ष तिर्थराज न्यौपाने, नेपाल राष्ट्रिय शिक्षक संगठन बेसीशहर नगर कमिटि अध्यक्ष बसन्त अधिकारी, नेपाल शिक्षक संघ बेसीशहर पालिका अध्यक्ष एकदेव घिमिरे, एकिकृत अखिल नेपाल राष्ट्रिय शिक्षक संगठन बेसीशहर नगर कमिटि अध्यक्ष गमबहादुर दनाईले संयुक्त रुपमा ज्ञापनपत्र बुझाउनभएको हो ।
विद्यालय शिक्षा सम्बन्धि विधेयकका केही दफाहरु संविधान प्रदत्त ट्रेड युनियन अधिकार, पेशागत सुरक्षा र स्वाभिमान विरुद्ध रहेकोले धर्ना गरिएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । स्थायी, अस्थायी, करार, राहत, साविक उमावि, बालकक्षा, विशेष शिक्षा, शिक्षण सिकाई अनुदान, प्राविधिकधार लगायतका सबै खाले शिक्षक र विद्यालयको माग मुद्धाको यथोचित सम्बोधन गर्न नसकेको महासंघले जारी गरेको ज्ञापनपत्र पत्रमा उल्लेख गरिएको छ ।
२०७५ तथा त्यसपछि स्थायी भएका शिक्षकलाई पेन्सन प्रयोजनमा अन्याय गर्न खोजेको र शिक्षण पेशा प्रति आर्कषण र सम्मान माथि मस्यौदाले नियोजित ढंगबाट प्रहार गरेको अपिलपत्रमा उल्लेख गरिएको छ । शिक्षण पेसा प्रतिको आकर्षण र सम्मान माथि मस्यौदाले नियोजित ढङ्गबाट प्रहार गरेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । शिक्षक कर्मचारीले यो मस्यौदामा रहेका विद्यालय शिक्षा र शिक्षक कर्मचारी विरोधी प्रबन्धहरु परिर्वतन गर्नु पर्ने पक्षमा आवाज बुलन्द गरिरहेका ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
प्रस्तावित विद्यालय शिक्षा विधेयकका केही व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै आन्दोलनको घोषणा गरेको शिक्षक महासंघले शिक्षा समन्वय इकाईमा धर्ना दिएको छ । शिक्षा विधेयक विरुद्ध महासंघको देशव्यापी विरोध कार्यक्रम अन्र्तगत मंगलवार लमजुङमा शिक्षक महासंघको अगुवाईमा शिक्षकहरुले जिल्ला शिक्षा विकास तथा समन्वय इकाईमा धर्ना दिएका हुन् ।
मंगलबार बिहान ११ बजेबाट २ बजेसम्म शिक्षा इकाई धर्ना दिइएको नेपाल शिक्षक महासंघ लमजुङका अध्यक्ष तिर्थराज न्यौपानेले बताउनुभयो । सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीकोे हित विपरित शिक्षा ऐन लागु गर्न लागेको भन्दै शिक्षक महासंघ लमजुङले जिल्ला शिक्षा तथा समन्वय इकाईमा धर्ना बसेको महासंघले जनाएको छ ।
धर्ना पश्चात् महासंघले शिक्षा समन्वय इकाई प्रमुख विरवहाुदर गुरुङलाई आफ्ना मागबारे जानकारी गराउदै ज्ञापनपत्र वुझाएका छन् । नेपाल शिक्षक संघ लमजुङको अध्यक्ष तिर्थराज न्यौपाने, नेपाल राष्ट्रिय शिक्षक संगठन बेसीशहर नगर कमिटि अध्यक्ष बसन्त अधिकारी, नेपाल शिक्षक संघ बेसीशहर पालिका अध्यक्ष एकदेव घिमिरे, एकिकृत अखिल नेपाल राष्ट्रिय शिक्षक संगठन बेसीशहर नगर कमिटि अध्यक्ष गमबहादुर दनाईले संयुक्त रुपमा ज्ञापनपत्र बुझाउनभएको हो ।
विद्यालय शिक्षा सम्बन्धि विधेयकका केही दफाहरु संविधान प्रदत्त ट्रेड युनियन अधिकार, पेशागत सुरक्षा र स्वाभिमान विरुद्ध रहेकोले धर्ना गरिएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । स्थायी, अस्थायी÷करार, राहत, साविक उमावि, बालकक्षा, विशेष शिक्षा, शिक्षण सिकाई अनुदान, प्राविधिकधार लगायतका सबै खाले शिक्षक र विद्यालयको माग मुद्धाको यथोचित सम्बोधन गर्न नसकेको महासंघले जारी गरेको ज्ञापनपत्र पत्रमा उल्लेख गरिएको छ ।