
काठमाडौँ — नेपाल क्रिकेट संघ (क्यान) ले एसिया कप २०२३ का लागि नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको छ । एसिया कपका लागि क्यानले रोहित पौडेलको कप्तानीमा १७ सदस्यीय टोलीको घोषणा गरेको हो ।
एसिया कपमा नेपाल समूह ‘ए’ मा छ भने सोही समूहमा भारत र पाकिस्तान पनि छ । एसिया कपको मुख्य प्रतिस्पर्धा सुरु हुनुअघि नेपालले पाकिस्तानमा एक साता तयारी गर्ने भएको छ । नेपालले स्थानीय पाकिस्तानी टोलीसँग केही अभ्यास खेल खेल्ने क्यानले जानकारी दिएको छ।
एसिया कपको आयोजक राष्ट्र पाकिस्तान भए पनि भारतले पाकिस्तानमा खेल्न अस्वीकार गरेपछि अधिकांश खेलहरू श्रीलंकामा हुँदै छन् । एसिया कपको पहिलो पहिलो खेल नेपाल र पाकिस्तान बीच भदौ १३ हुनेछ ।