आदिवासी दिवसमा अस्पतालका विरामीलार्ई फलफूल वितरण

-


     नयाँ दीप    
     श्रावण २४ गते २०८० मा प्रकाशित


२९ औं विश्व आदिवासी दिवसका अवसरमा लमजुङ अस्पताल लमजुङका विरामीलाई फलफूल वितरण गरिएको छ । नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद् लमजुङको आयोजनामा बुधवार फलफूल वितरण गरिएको हो ।

लमजुङ अस्पतालमा विरामी भएर भर्ना भएका प्रसुती गृहदेखि वार्डसम्मका ५० जना विरामीलाई फलफूल वितरण गरिएको हो । आदिवासी दिवस र फलफूल वितरण कार्यक्रमका बारेमा मन्तव्य दिँदै महासंघ लमजुङका अध्यक्ष हरिजंग तामाङले भारतीय राष्ट्रपति द्रोपदी मुर्मु आदिवासी भएकाले एसियामा आदिवासी जनजाती अगाडि देखिएको बताउनुभयो । युरोप अमेरिका आफुलाई विकसित देश भन्छन् ति देशमा भएका आदिवासी धेरै पछाडि परेको तामाङको भनाई थियो । हामीले अझ हाम्रो भाषा, धर्म, संस्कृती, रीति रिवाज र पहिचानलाई शसक्त बनाउन सकियो भने आदिवासीको अधिकार र पहिचान उच्च स्थानमा कायम हुने अध्यक्ष तामाङले बताउनु भएको थियो ।

सो कार्यक्रम सचिव यम बहादुर आलेले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा उपाध्यक्ष गणेश गुरुङ, ह्योल्मो समाजका अध्यक्ष जेवि लामा, जनजाति अगुवाहरू अजय तामाङ, इमानसिंह तामाङ, पत्रकार रामजी राना, खुसीमाया गुरुङ लगायतको उपस्थिति रहेको थियो ।