
मानव सेवाआश्रम लमजुङ शाखाको आयोजनामा एक दिवसीय आमा सेमिनार कार्यक्रमको आयोजना गरिने भएको छ । बुधवार मानव सेवा आश्रमको हलमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरी आमा सेमिनारबारे जानकारी गराइएको हो ।
आगामी २७ गते शनिवार बेसीशहर स्थित मनाङे चौतारामा रहेको होल बरण्डामा कार्यक्रमको आयोजना गरिने बताइएको छ ।
२०८२ सालभित्र महयोगापेक्षी वा सडक आश्रित मानवमुक्त राष्ट्र निर्माण गर्ने लक्ष्य रहेको छ । उक्त लक्ष्य वा संकल्पलाई पूरा गर्न राष्ट्रव्यापी रुपमा मानवता प्रबद्र्धनको कार्यक्रम गरिने भएको छ । आमा सेमिनार कार्यक्रममा मानवता, राष्ट्रियता, परोपकार, आफुलाई जन्मदिने मातापिताको महत्वबोध गराई, प्रेम, सद्भाव, करुणा भाव मातृत्व प्रेम जस्ता मानवीय गुणहरू जनजनमा प्रबद्र्धन गर्ने उद्देश्य रहेको आश्रमकी प्रमुख अनिता अधिकारीले बताउनुभयो ।
उक्तआमा सेमिनार कार्यक्रममा तीन सय ५० जनाको सहभागिता गराइने भएको छ । यो कार्यक्रममा आफ्नै परिवारबाट पीडित भएर सडकमा आएका परिवारका सदस्यहरूलाई कसरी संरक्षण गर्ने, सडकपेटी एवं सार्वजनिक स्थलमा कष्टकर जीवनयापन गरिरहेकालाई कसरी उद्दार गरेर आश्रमसम्म पु¥याउने र परमपूज्यकर्म गर्ने जस्ता विषयमा मानव सेवा आश्रमको केन्द्रीय अध्यक्ष रामजी अधिकारीद्वारा प्रशिक्षण दिइने भएको छ ।
सो कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, युवाविद्यार्थी, आमा समुह, पत्रकार, लगायत संघसंस्थाका प्रतिनिधिहरूलाई सहभागी गराइने योजना रहेको प्रमुख अधिकारीले बताउनु भयो । कार्यक्रमको प्राविधि व्यवस्थापन मानवता अध्ययन केन्द्रले गर्ने भएको छ । निःशुल्क कार्यक्रम गरिने भएता पनिप्रवेश पास भने लिनुपर्ने बनाइएको छ । कार्यक्रमलाई सफल बनाउन मानव सेवाआश्रम सेवामा थप सरल र सहज भएर प्रस्तुत हुने बताइएको छ । साथै यो पून्यकर्म तथा सेवाकार्यलाई उर्जा पैदा गर्न सहभागीहरूले स्वेच्छिक रुपमा नगद वा जिन्सी सामग्री उपलब्ध गराउन सक्ने पनि बताइएको छ । आश्रममा हाल ४ जना बालबालिका, १३ जना पुरुष र १२ जना महिला गरी जम्मा २९ जना व्यक्तिहरुलाई संरक्षण गरिएको छ ।
पवन बाबु घिमिरे