
२०८० साउन १७
जिल्ला अस्पताल लमजुङमा डायलाइसिस सेवा सुरु भएपछि मृगौला राेगिहरुलाइ सहज भएको छ । बढी खर्चिलो हुने र बिरामीले विभिन्न समस्या भोग्नुपरेका कारण उनीहरूलाई सहज बनाउन लमजुङ अस्पतालमै डायलाइसिस सेवा सुरु गरियकाे हाे ।।
गण्डकी प्रदेश सरकारको सहयोगमा जिल्ला अस्पताल लमजुङमा गत फागुनबाट नियमित रुपमा डायलाइसिस सेवा सुरु गरिएको छ ।
अस्पतालमा अहिले ७ वटा मेसिनबाट नियमित रुपमा डायलसिस गर्ने १४ जना पुरुष र ११ जना महिला गरि २५ जना रहेका छन् । विरामि मध्ये १५ वर्ष उमेर देखि ७० वर्ष माथिका उमेर समुहले जिल्ला अस्पताल लमजुङमा डायलसिस गराइ रहेका छन् ।
मधुमेह, उच्च रक्तचाप, फोक्सोको समस्या लगायतका रोगका कारण मृगौलामा समस्या देखिएका बिरामीलाई जिल्ला अस्पताल लमजुङमा डायलाइसिस सेवा दिन सकिने अस्पतालकाे भनाई छ ।
अब लमजुङ तनहुँ, गाेर्खा र मनाङका मृगौलापिडितलाई डायलाइसिस सेवा लिनका लागी ठुलाे रकम खर्चेर बाहीर जिल्ला जानुपर्ने बाध्यता हटेको छ । डायलाइसिस गराउनकै लागि काठमाडाैं, पाेखरा लगायत अन्य ठूला सहर धाउनु पर्ने बाध्यता बिरामी र उनका आफन्तले मुक्ति पाए पछि निकै खुशि भयका छन् ।
अझै अस्पतालकाे सम्पर्कमा रहेका १३ जना बिरामीलाई सेवा दिन नसकिएको अस्पतालका अध्यक्ष हरिजङ तामाङले बताए । समुदायस्तरमा सञ्चालनमा रहेकाे अस्पताल गत वर्षको असाेजबाट गण्डकी प्रदेश सरकारले आफ्नाे माताहातमा लिइ सञ्चालन गरिरहेकाे छ । अस्पतालमा दक्ष जनशक्ति थप गरि सेवालाई अझ विस्तार गरिने याेजना रहेकाे अध्यक्ष तामाङकाे तामाङकाे भनाइ छ ।
जिल्ला अस्पताल लमजुङमा अहिले ८० बेड क्षमता छ । अस्पतालमा दैनिक ३५० देखि ४ सय सम्म विरामिहरु चेकजाँचकाे लागि आउने गर्छन् । अस्पतालले विशेषज्ञ सेवा, डेन्टल, प्रसुती , सर्जन, जनरल सर्जन ओसि एमसि, (OCMC) ल्याव लगायतका सेवाहरु प्रदान गर्दै आयको छ । अस्पतालको अन्य सेवाहरु राम्रो भए पनि व्यवस्थापन पक्षमा अलि सुधार गर्नुपर्ने स्थानीयकाे भनाइ छ ।
२०३२ सालमा १५ शय्याको जिल्ला अस्पतालका रूपमा स्थापना भएको यो अस्पताल २०५८ मा समुदायलाई हस्तान्तरण गरियकाेमा ०७९ असाेजबाट प्रदेश सरकारले सञ्चालन गरेकाे हाे ।।










