राजनीति

फागनु १ गतेको जनयुद्ध दिवसको बिदा बदर

काठमाडौँ — सर्वोच्च अदालतले फागुन १ मा ’जनयुद्ध दिवस’का अवसरमा भनेर दिएको बिदालाई असंवैधानिक ठहर गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको संयुक्त इजलासले पुस १३ मा गरेको फैसलाको पूर्णपाठमा उक्त बिदा किन असंवैधानिक हो भन्ने उल्लेख छ । फैसलाको पूर्णपाठ सोमबार सार्वजनिक भएको हो । द्वन्द्वपीडित ज्ञानेन्द्रराज आरणसमेतले दायर गरेको रिट निवेदनको सुनुवाइपछि आएको फैसलामा आधिकारिक रूपमा जनयुद्ध शब्द प्रयोग नभएको भन्दै सर्वोच्चले असंवैधानिक ठहर गरिदिएको हो । ’नेपालको वर्तमान संविधान तथा प्रचलित सम्बद्ध… पुरा पढौ

चुनावमा मात्रै नेतासगँ भेट हुने कार्यकताको गुनासो

नेपाली काग्रेंसले समुदायमा काग्रेंस अभियान संचालन गरेको छ । अभियान अन्गर्तत लमजुङको मध्यनेपाल नगरपालिका वडा नं १० नेटामा छलफल कार्यक्रम सम्पन्न भएको छ । नेपाल सांस्कृतिक संघका अध्यक्ष तथा नेपाली काग्रेंस महासमिति सदस्य तिर्थ थापाको संयोजकत्वमा कार्यक्रमको आयोजना भएको हो । कार्यक्रममा सहभागी स्थानीय कार्यकर्ताहरुले जनतासगँ नेताहरु भेटेर छलफल गर्न नचाहने, चुनाव जितेपछि फेरी अर्काे चुनावमा मात्रै भेट हुने प्रवृत्तिले गर्दा कार्यकर्तामा पार्टीप्रति निराशा छाएको बताएका थिए । त्यसका लागि जिल्ला देखि केन्द्र सम्मका नेताहरु सुध्रिनुपर्नेमा उनीहरुको जोड थियो ।… पुरा पढौ

बेसीशहर नगरपालिकाको सार्वजनिक सुनुवाई

लमजुङको बेंसीशहर नगरपालिकाले शुक्रबार सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको छ । नगरपालिकाद्वारा चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो अर्धवार्षिकमा भएका स्थानीय विकास निर्माण, सेवा प्रवाह र शासकीय काम कारवाहीका सवालमा सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरिएको हो । बेंसीशहर नगरपालिकाले नगरवासीको आवाज–मेयरको जवाफ कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रममा सहभागीहरुले नरपालिका भित्रका विकास, स्वास्थ्य, शिक्षा लगायतका क्रमका देखिएका र चित्त नबुझेका कुराहरु राखेका थिए । संकलित प्रश्नहरुको जवाफ नगरप्रमुख गुमानसिंह अर्यालले र उपप्रमुख पद्मा गुरुङले दिनुभएको थियो । नगर प्रमुख अर्यालले… पुरा पढौ

लमजुङ अस्पतालमा रक्त सञ्चार केन्द्र स्थापना

जिल्ला अस्पताल लमजुङमा रक्त सञ्चार केन्द्र स्थापना गरिएको छ । केन्द्रको शुक्रवार एक कार्यक्रमका बिच पूर्व मन्त्री एवं नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले उद्घाटन गर्नुभएको हो । रक्त सञ्चार केन्द्रको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि गुरुङले अस्पतालको पूर्वाधार निर्माण साथै गुणस्तरीय स्वास्थ्य सेवाका लागि आफू हरदम सहयोग गर्न तयार रहेको बताउनुभयो । स्वास्थ्य, शिक्षा र आम जनताका सरोकारका विषयमा सबै राजनीतिक दलको साझा धारणा साथ काम गरे मात्रै चाहे जस्तो नतिजा आउने नेता गुरुङको भनाई थियो । रक्त सञ्चार… पुरा पढौ

बाख्रा फर्म देखि संसदसम्म: माननिय तामाङ

लमजुङको क्होलासोथार गाउँपालिका वडा नम्बर २ मालिङ गाउँमा २०३० साल जेठ १७ गते जन्मनु भएका पार्वती तामाङ अहिले गण्डकी प्रदेशको सभा सदस्य हुुनुहुन्छ । २०७९ साल मंसिरमा भएको प्रदेश तथा संघिय चुनावमा नेपाली काग्रेंसबाट जनजाती कोटामा छनोट भएर समानुपातिक सासंदमा पर्नुभएको हो । गाउँमा नै सामान्य खेती किसानी गरेर जिवन निर्वाह गर्दै आउनुभएका तामाङ र उहाँको परिवार तत्कालिन सशस्त्र द्धन्द्धको बेला गाउँमा बस्न नसक्ने अवस्था भएर २०५९ सालमा गाउँ छोडर सदरमुकाम बेसीशहर झर्यो । सो मकैमराङ गाउँमा १७ घर तामाङको… पुरा पढौ

आज देशभर शहीद दिवस मनाइँदै

देश र जनताको अधिकार प्राप्तिका लागि हाँसी हाँसी आफ्नो जीवन आहूति गर्ने शहीदप्रति सम्मान गर्दै आज देशभर शहीद दिवस मनाइँदै छ । सार्वभौमिकताको रक्षा तथा जनतालाई अधिकार सम्पन्न बनाउन विभिन्न कालखण्डमा भएका राजनीतिक आन्दोलनमा ज्यान गुमाएका बीर सपुतहरुको सम्झनामा शहीद दिवस मनाउने गरिन्छ । जहानियाँ राणा शासन, निरंकुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवं लोकतान्त्रिक जनआन्दोलनहरूमा आफ्नो जीवनको वलिदान गरेकाहरूको सम्झनामा प्रत्येक वर्ष शहीद दिवस मनाउने क्रम शुरु भएको हो । शहीद दिवसका अवसरमा सरकारी तथा विभिन्न सामाजिक… पुरा पढौ

गण्डकीमा गठबन्धनका किरण, पदम र मनरुपा विजयी

राष्ट्रिय सभा निर्वाचनमा गण्डकी प्रदेशबाट गठबन्धनका तीनजना उम्मेदवार विजयी भएका छन् । बिहीबार साँझ सार्वजनिक मतपरिणाम अनुसार अन्य क्लस्टरमा काँग्रेसका किरणबाबु श्रेष्ठ, अपांगता–अल्पसंख्यकतर्फ पदमबहादुर परियार र महिलातर्फ माओवादी केन्द्रकी मनरुपा शर्मा विजयी भएका हुन् । श्रेष्ठले ३ हजार ८ सय ८ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका चक्रबहादुर पराजुलीले २ हजार ४ सय ७७ मत पाए । अपांगता–अल्पसंख्यकतर्फ काँग्रेसका परियारले ३ हजार ७ सय ७९ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी एमालेका हेमन्द्र शेरचनले २ हजार ४ सय ५८ मत ल्याए ।… पुरा पढौ

यसरी बन्दैछ पत्रकार महासंघ लमजुङको भवन

नेपाल पत्रकार महासंघ लमजुङ शाखाको भवन निर्माणका कार्य तिब्र गतिमा अघि बढीरहेको छ । २ वर्ष अघि शिलन्यास गरि सुरु गरिएको भवनको दुई तलाको ढलान सकेर फिनिसिङको काम सुरु गरिएको हो । नेपाल पत्रकार महासंघको २०७७ सालमा निर्वाचित भएर आए पछि अध्यक्ष परमेश्वर अधिकारी नेतृत्वको समितिले भवन निर्माणको कार्यलाई पहिलो प्राथमिकतामा राखेर काम अघि बढाएको थियो । पत्रकार महासंघका अध्यक्ष अधिकारीका अनुसार भवन निर्माणका लागि हालसम्म सञ्चार मन्त्रालयबाट दुई लाख, प्रदेश सरकारबाट ३५ लाख, सुन्दरबजार नरपालिकाबाट ८ लाख, बेसीशहर नगरपालिकाबाट… पुरा पढौ

शिक्षक संघको संघिय, प्रदेश र जिल्ला अध्यक्षहरुको संयुक्त बैठक सम्पन्न

नेपाल शिक्षक संघ संघिय कार्य समिति र जिल्ला अध्यक्षहरुको संयुक्त बैठक विभिन्न निर्णय गरी सम्पन्न भएको छ । संघीय अध्यक्ष सोमनाथ गिरीको अध्यक्षता र नेपाली कागं्रेसका सहमहामन्त्री बद्री पाण्डेको प्रमुख आतित्थ्यतामा कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकाको ल्वाङ होमस्टेमा पुस २७, २८ र २९ गते बैठक बसेको थियो । बैठकले बिभिन्न प्रश्नावलीहरुका मध्यमबाट जिल्लागत सांगठनिक अबस्था बारे तथ्याङ्क संकलन गर्ने, महिला बिभाग, अर्थ बिभाग, संगठन बिभागको कार्ययोजना विभाजन, बिधान अनुरुप निर्माण गरिएको पदिय आचरण र आचार संहितालाई लागु गर्ने, साङ्गठनिक क्रियाशिलताको मूल्याङ्कन… पुरा पढौ

कालिका सहकारी ठगी काण्डमा मुख्य दोषी भनिएका संस्थापक अध्यक्ष मृगेन्द्र घिमिरे पक्राउ

लमजुङको बहुचर्चित कालिका सहकारी ठगी काण्डमा मुख्य दोषी भनिएका संस्थापक अध्यक्ष मृगेन्द्र घिमिरे पक्राउ परेका छन् ।काठमाण्डौंको धापासीमा लुकीछिपी बसेको अवस्थामा उनलाई प्रहरीले आइतबार दिउसो करिब ४ बजे पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार सहकारी ठगीमा मुख्य दोषी भनिएकी उनकी श्रीमती विनिता अधिकारी घिमिरे भने अझै फरार छन् । गएको बडादशैं अगावै उनीहरु बिरुद्ध प्रहरीले पक्राउ पूर्जी जारी गरेकोमा उनीहरु फरार रहँदै आएका थिए ।पक्राउ परेका घिमिरेलाई अहिले काठमाडौंमै प्रहरी कार्यालयमा राखिएको उनलाई सोमबारसम्म जिल्ला प्रहरी कार्यालयमा ल्याइने… पुरा पढौ