समाचार

लमजुङ सदरमुकाम बेसीशहरमा जडान गरिएको सिसी क्यामेरा र सडक बत्ती मर्मत हुन सकेन

चाडवाड नजिकिदै गर्दा लमजुङको सदरमुकाम बेसीशहरका सडकमा एकातिर सिसी क्यामेरा विग्रिएको अवस्थामा छ भने अर्काे तर्फ सडक बत्ती मर्मत हुन सकेको छैन । ठाउँ ठाउँमाम विग्रिएका सडक बत्ती र सिसी क्यामेरा मर्मत हुन नसके पछि सडक अन्धकार भएको छ भने अपाराधिक कृयाकलाप बढ्ने सक्ने त्रास स्थानीयमा बढ्न थालेका छ । सदरमुकाम बेसीशहरमा विभिन्न चोकहरुमा जडान गरिएको सिसी क्यामेराको मर्मत हुन सकेको छैन । बेसीशहर नगरापालिका, जिल्ला प्रहरी कार्यालय र लमजुङ उद्योग बाणिज्य संघ बेसीशहर इकाइले पटक पटक गरी बेसीशहर बजारका… पुरा पढौ

चाडबाडको नजिकिएको समयमा शान्ति सुरक्षा कायम गर्न रास्वपाको माग

बेसीशहर– राष्ट्रिय स्वतन्त्र पार्टी बेसीशहर नगर समितिले लमजुङ प्रहरीलाई शान्ति सुरक्षाका लागि रायसुझाव पेश गरेको छ । रास्वपाले चाडबाड नजिकिएको समयमा अवाञ्छित गतिविधि बढ्ने गरेको भन्दै बेसीशहरको शिर निहुरिने सबैखाले गतिविधि रोक्नका लागि रायसुझाव दिदै ध्यानाकर्षण गरेको हो । मंगलबार जिल्ला प्रहरी कार्यलय लमजुङ पुगेर जिल्लामा पछिल्लो समय घटेका विभिन्न घटनाहरुको स्मरण गराउँदै अबका दिनमा यस्तो क्रियाकलाप रोक्न प्रहरीले गस्ती बढाउनुपर्ने रास्वपाले माग गरेको छ । प्रहरी नायव उपरिक्षक मिनबहादुर घलेसगँको भेटघाटमा टोलीले असोज १५ गते विहान बेसशिहरको डुम्रे– नारायणगढ… पुरा पढौ

बझाङ केन्द्रबिन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गयो

बझाङको चैरपुर आसपास केन्द्रविन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार दिउँसो ३ बजेर ६ मिनेटमा भूकम्प गएको हो । भूकम्पका कारण बझाङमा केही घर भत्किएका छन् । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार दिउँसो ३ बजेर ६ मिनेटमा बझाङ चैरपुर आसपास केन्द्रविन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको हो । यस अघि २ बजेर ४० मिनेटरमा बझाङकै केन्द्रविन्दु भएर ५.३ रेक्टरस्केलको भूकम्प गएको थियो।सुदूरपहाडसहित पश्चिम नेपालका अन्य विभिन्न जिल्ला र राजधानी काठमाडौंमा… पुरा पढौ

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, ग्याँसमै प्रतिसिलिण्डर २१५ रूपैयाँ बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले शनिबार मध्यरातीबाट लागू हुने गरी मूल्यबृद्धि गरेको हो । मूल्यबृद्धिसंगै खाना पकाउने ग्यासको मूल्य अब प्रतिसिलिण्डर २१५ रुपैयाँ बढेको छ । यो वृद्धिसँगै ग्यासको मूल्य प्रतिसिलिण्डर अब २ हजार १ सय १५ रुपैयाँ पुगेको छ । निगमले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र त्यस्तै हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुबैमा प्रतिलिटर ८ रुपैयाँ मूल्य बढाएको छ । पेट्रोलको मूल्य… पुरा पढौ

आजबाट सोह्र श्राद्ध सुरु

यसपालिको सोह्र श्राद्ध सुरु भएको छ । पितृको सम्झनामा जल र अन्न दिएर गरिने श्राद्ध शनिबारबाट सुरु भएको छ ।पितृको सम्झनामा गरिने सोह्र श्राद्ध हरेक वर्ष असोज कृष्ण प्रतिपदादेखि औंशीसम्म जारी रहन्छ । एकोद्दिष्ट श्राद्ध, आभ्युदयिक श्राद्ध, तीर्थ श्राद्ध, पुष्टि श्राद्ध, यात्रा श्राद्ध, काम्य श्राद्धसँगै सोह्र श्राद्ध या पार्वण श्राद्ध नेपाली समाजमा प्रचलित छ । पितृपक्षमा मांसाहारीहरू पनि शुद्ध शाकाहारी भोजनमा रहेर आफ्ना पितृलाई फलफूल, दूध, नैवेद्य आदिले पूजा गर्दछन् । साथै ज्वाइँ, भानिज, नाति, नातिना र ब्राह्मण वर्गलाई भोजन… पुरा पढौ

क्यान्सर पीडित युवाद्वारा सहयोगको अपिल

खुट्टामा क्यान्सर भएर लामोसमय देखि उपचार गराउँदै आएका लमजुङको मध्यनेपाल नगरपालिका ३ सुर्यपालका रामचन्द्र गोतामेले उपचारका लागि आर्थिक सहयोग जुटाईदिन अपिल गरेका छन् । तीनवर्ष अघिदेखि बाँया पिडौंला घाउ भएर उपचार गराउँदै आएका ३७ वर्षीय बिरामी रामचन्द्रलाई थप उपचार गराउनुका साथै नियमित रुपमा महँगो औषधी खानुपर्ने भएको भन्दै सहयोगको अपिल गरेका हुन् । बाँया पिंडौलाको भित्री भागमा मासुको गिर्खा आएको र बढ्दै गएर पीडा समेत हुन थालेपछि परिक्षण तथा उपचारका क्रममा क्यान्सर पहिचान भएको पीडित विरामीले बताएका छन् । तीन… पुरा पढौ

जलवायु परिवर्तन सम्बन्धी अन्तरक्रिया

जलवायु परिवर्तनको प्रभाव न्युनिकरणमा जन्मदिनमा वृक्षरोपण अभियानको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । सुन्दरबजार नगरपालिका वडा नं ७ स्थिति कृषि क्याम्पसमा उक्त कार्यक्रम सम्पन्न भएको हो । फलफूल जडिबुटी, काठजन्य उत्पादन, अक्सिजनको महत्व, सभ्य संस्कार संस्कृति साथै अभियानले जलवायु परिवर्तनको प्रभाव रोक्न खेलेको भुमिका बारे अभियानका प्रशिक्षक बिश्व बिनोद घिमिरेले जानकारी गराउनुभयो । अन्तरक्रिया कार्यक्रममा उपस्थित सहभागीहरुले जलवायु परिवर्तनको कारणले मानव सभ्यतामा चुनौती थपिएकोे बताएका थिए ।अभियानका आजिवन सदस्य एबं सयपत्रि आवासीय मा वि का प्रिन्सिपल ज्ञानेन्द्र शर्माले… पुरा पढौ

अबको केही दिन मौसम बदली र भारी वर्षाको सम्भावना

नेपालमा यस वर्षको मनसुन बाहिरिन केही दिन ढिलो हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले शुक्रबार विशेष मौसम बुलेटिन निकालेर हाल बङ्गालको खाडीको उत्तर–पश्चिम भागमा विकास भइरहेको न्यूनचापीय प्रभावले मनसुन बहिर्गमन ढिलो हुने प्रक्षेपण गरेको हो । नेपालमा मनसुन बहिर्गमनको औसत मिति अक्टोबर २ तारिख रहे पनि यस वर्षको मनसुन औसत मितिभन्दा केही दिन ढिलो बाहिरिने सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । महाशाखाका मौसमविद् सञ्जिव अधिकारीले मनसुन बाहिरिने मिति अक्टोबर २ भए पनि… पुरा पढौ

आन्दोलनरत शिक्षक र सरकारबीच पाँचबुदे सहमति, आन्दोलन फिर्ता

काठमाडौं । आन्दोलनरत शिक्षकहरु र सरकारबीच पाँचबुदे सहमति भए पछि असन्तुष्ट शिक्षकहरुको सम्पूर्ण आन्दोलनका कार्यक्रम फिर्ता भएको छ । शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको वार्तामा राहत शिक्षक, पेन्सन बञ्चित शिक्षक, अस्थायी, करार, बाल विकास शिक्षक कर्मचारी लगायतसँग सरकारले पाँचबुदे सहमति गरेको हो । सरकार र असन्तुष्ट शिक्षकहरुबीच प्रारम्भीक बाल शिक्षामा कार्यरत बाल सहजकर्ताको हकमा दरबन्दी कायम गर्ने, आन्तरिक प्रतिस्पर्धाबाट स्थायी हुने अवसर दिइने, आन्तरिकको शत प्रतिशतको व्यवस्था गरिने, राष्ट्रिय मापदण्ड तय गरी सार्वजनिक विद्यालयमा कर्मचारीको दरबन्दी कायम गरिने… पुरा पढौ

ठगी आरोपमा अभिनेता अनमोल केसी पक्राउ

काठमाडौँ — अभिनेता अनमोल केसी पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले केसीलाई शुक्रबार भक्तपुर र काभ्रेको सिमानास्थित साँगाबाट पक्राउ गरेको हो । उनलाई ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो । कार्यालयका प्रहरीका अनुसार उनलाई भक्तपुरको साँगा क्षेत्रबाट पक्राउ गरिएको हो । उनलाई १० लाख रुपैयाँ ठगी गरेको उजुरी परेको थियो । त्यसको अनुसन्धानका लागि केसीलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । रावायण फिल्मको ‘हिरो’को भूमिकामा खेल्ने सम्झौता गरेर केसीले १० लाख रुपैयाँ एडभान्स लिएका थिए ।… पुरा पढौ