प्रजिअद्धारा पत्रकारहरुसगँ छलफल

-


     प्रमिशा बिक    
     चैत्र १३ गते २०८० मा प्रकाशित


लमजुङको जिल्ला प्रशासन कार्यालयमा नयाँ आउनुभएका प्रमुख जिल्ला अधिकारीले जिल्लामा रहेका पत्रकारहरुसगँ भेटघाट तथा छलफल गर्नुभएको छ ।

जिल्ला प्रशासन कार्यालय लमजुङमा प्रजिअ बुद्धबहादुर गुरुङले जिल्लाका सञ्चारकर्मीसगँहरुसग भेटघाट तथा परिचयात्मक कार्यक्रमको आयोजना गर्नुभएको हो ।

पत्रकार भेटघाट तथा छलफलका क्रममा जिल्ला भित्रका केहि आर्थिक, सामाजिक, भौतिक , भौगोलिक, राजनीतिक, तथा जनसमस्यहरुको बारेमा छ्लफल गरिएको थियो । नेपाल पत्रकार महासंघ जिल्ला शाखा लमजुङका अध्यक्ष परमेश्वर अधिकारीले विवादमा रहेको जिल्लाको सुन्दरबजार खण्डमा पर्ने मध्यपहाडी लोकमार्गको विषयमा, बेसीशहर नगरपालिका वडा नं १ मा पर्ने उदिपुर पहिरोको बारेमा भएका समस्या लगायतका बारेमा जानकारी गराउनुभएको थियो ।

उपस्थित अन्य सञ्चारकर्मीहहरुले जिल्लाको विकास निमार्ण कार्य शान्ति सुरक्षाको विषयमा निगरानी बढाउनु पर्ने र जिल्लालाई सुशासन युक्त जिल्ला बनाउनु पर्ने बताएका थिए । त्यस्तैगरी जिल्लाका सरकारी कार्यालयले जिल्ला भित्र भन्दा जिल्ला बाहिरका सञ्चार माध्यमलाई प्राथमिकता गरेको भन्दै आगामी दिनमा जिल्ला भित्रकै सञ्चार माध्यमलाई प्राथमिकता दिनुपर्ने कुरामा समेत जोड दिएका थिए ।

जिल्ला प्रशासनले जिल्ला भएका विकास निमार्णको काममा हुने ढिलासुस्तीको निगरानी, यातायात, बाढीपहिरो र भुकम्प पीडित लगायतका विषयमा ध्यानाकर्षण गराइएको थियो ।

छलफलमा आएका सबै कुराहरुलाइ सम्बोधन गरी आफुले सक्दो सेवा प्रबाह गर्ने प्रजिअ गुरुङले बताउनुभयो ।