
लमजुङका शिक्षकहरुलाई नविनतम् अवधारणा सम्वन्धी १ दिने अभिमुखीकरण तालिम प्रदान गरिएको छ । नेत्रहिन संघ लमजुङका अध्यक्ष दान बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको बेसीशहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममााम सामाजिक विकास कार्यालय लमजुङका प्रमुख सन्तोष पौडेलले अपाङ्ताको परिभाषा र वर्गिकरणको बारेमा जानकारी गराउनुभएको थियो । पौडेलले अपाङ्गतालाई १० प्रकारका बर्गिकरण गरिएकोमा यसलाई छुट्याएर पूर्ण अशक्त, अति असक्त, मध्यम अपाङ्गता र सामान्तय अपाङ्गता गरी ४ भागमा छुट्याएर सरकारले दिने सेवा सुविधाका बारेमा जानकारी गराउनुभएको थियो ।
त्यस्तैगरी नेत्रहिन संघका राजेन्द्र घिमिरेले अपाङ्गता अधिकारी ऐन २०७४ को बारेमा, अपाङ्गता भएका व्यक्तिहरुलाई प्रयोग गर्न नहुने शब्दहरु र प्रयोग गर्नुपर्ने शब्दहरुको बारेमा जानकारी गराउनुभएको थियो ।
बौद्धिक अपाङ्गता लमजुङका अध्यक्ष श्रीकृष्ण घिमिरेले बौद्धिक अपाङ्गता सम्वन्धी, नेत्रहिन संघ लमजुङका सचिव विष्णु पोखरेल, बहिरा संघ लमजुङका अध्यक्ष रामचन्द्र श्रेष्ठ लगायतले मन्तव्य राख्दै विद्यालयलाई अपाङ्ग मैत्री बनाउनुपर्ने र त्यस्ता फरक क्षमता भएका बालबालिकाहरुलाई अरु सरह समान गरी र माया ममता दिएर पढ्ने बातावरण बनाउनुपर्ने बताइएका थिए ।