राष्ट्रिय युवा संघ लमजुङले हिरासतमा रहेका वडाध्यक्ष ऋषिराम बस्नेतको घटनाको सत्य तथ्य छानविन गरी रिहाइको माग गर्दै, जिल्ला प्रशासन कार्यालय, लमजुङमा ज्ञापन पत्र बुझाएको छ । युवा संघ लमजुङका अध्यक्ष योगबहादुर गुरुङद्धारा हस्ताक्षर गरिएको ज्ञापन पत्र बुधबार प्रमुख जिल्ला अधिकारी समक्ष बुझाइएको हो । ज्ञापन पत्रमा मिति २०८० साल आश्विन ७ गते राती १०ः३० बजे लमजुङ जिल्ला अस्पतालमा बेसीशहर नगरपालिका वडा नं ७ का अध्यक्ष ऋषिराम बस्नेत आफ्नो आमाको उपचारको लागि लैजादा निजको आमालाई डेंगु देखा परि भर्ना गर्ने क्रममा…
पुरा पढौ